
अर्जेन्टिना नेदरल्यान्ड्सलाई पराजित गर्दै विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । क्वार्टरफाइनलमा नेदरल्यान्ड्सलाई फेरि एक पटक पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा पुगेको हो ।
शनिबार बिहान कतारस्थित लुसाइल रंगशालामा भएको खेलमा अर्जेन्टिनाका लागि मोलिनाले खेलको ३५ औं मिनेटमा पहिलो गोल गर्दै टीमलाई अग्रता दिलाएका थिए । यसैगरी खेलको ७३ औं मिनेटमा मेस्सीले पेनाल्टीमार्फत गोल गर्दै टीमलाई २–० को अवस्थामा पुर्याए । अर्जेन्टिनी खेलाडीलाई डी बक्सभित्र लडाएपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो ।
खेलको अतिरिक्त समयमा वेग्होस्र्टले गोल गर्दै २–२ को बराबरी गरेका थिए।
निर्धारित समयमा दुवैतर्फबाट बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो।
अर्जेन्टिनाका लागि नाहुएल मोलिना तथा कप्तान लियोनल मेस्सीले एक-एक गोल गरे । नेदरल्यान्ड्सका लागि दुबै गोल उट वेघर्सले फर्काए ।
मोलिनाले ३५ औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । ७३ औँ मिनेटमा मेस्सीले पेनाल्टीमार्फत गोल गर्दै अर्जन्टिनाको अग्रता दोब्बर बनाए ।
तर उटले नेदरल्यान्ड्सका लागि ८३ औँ मिनेट तथा दोस्रो हाफको इन्जरी समयमा गोल गर्दै खेललाई बराबरीमा पुर्याए ।
अर्जेन्टिनाले सेमिफाइनलमा क्रोएसियाविरुद्ध खेल्ने भएको छ । क्रोएसियाले ब्राजिललाई पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो ।
निर्धारित ९० मिनेटको खेल सकिन सात मिनेट बाँकी रहँदा वाउट वोगहस्र्टले हेडरमार्फत गोल गर्दै नेदरल्यान्ड्सलाई खेलका फर्काएका थिए। अर्जेन्टिनाविरुद्ध २–० ले पछि परेपछि आक्रामक बनेको नेदरल्यान्ड्सले अविश्वसनीय पुनरागमन गर्यो।
इन्जुरी समयको अन्तिम मिनेटमा वोगहर्स्टले पुनः गोल गर्दै खेल बराबरीमा पुर्याएका थिए। त्यसपछि अतिरिक्त समयमा पुगेको खेलको थप ३० मिनेटमा पनि कुनै गोल हुन नसकेपछि पेनाल्टी सुटआउटमा पुगेको थियो।
समूह ‘सी’को विजेता बन्दै अन्तिम १६ मा पुगेको अर्जेन्टिनाले क्वार्टरफाइनल प्रवेशका लागि अस्ट्रेलियालाई २–१ कै नतिजामा पराजित गरेको थियो। समूह ‘ए’को विजेता बन्दै अन्तिम १६ मा पुगेको नेदरल्यान्ड्सले प्रि–क्वार्टरफाइनलमा अमेरिकालाई ३–१ गोलको नतिजामा पराजित गरेका थियो।
अर्जेन्टिनाले फाइनल प्रवशेका लागि साविक उपविजेता क्रोएसियासँग खेल्ने छ। शुक्रबार राति नै भएको पलिहो क्वार्टरफाइनलको पेनाल्टी सुटआउटमा ब्राजिललाई पराजित गर्दै क्रोएसिया अन्तिम चारमा पुगिसकेको छ।
अर्जेन्टिना सन् २०१४ मा फाइनलसम्म पुगेर जर्मनीसँग अतिरिक्त समयमा १–० ले पराजित हुँदा उपविजेतामा सीमित बनेको थियो। चार वर्षअघि रुसमा अन्तिम १६ फ्रान्ससँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो।



