तस्विर समाचार

एनआरएनए क्युस्यु, फुकुओकाले लिभिङ सपोर्ट सेमिनार गर्ने

एनआरएनए क्युस्यु, फुकुओका नेपाल सोसाइटी, हाम्रो नेपाल हामी नेपाली अभियान, नेपाल जापान फ्रेन्डशिप लायन्स क्लब, जनजाती महासंघ क्युस्युको संयुक्त आयोजना तथा फुकुओका सिटी, फुकुओका बाणिज्य दुताबास, फुकुओका योकातोपिया जाइदान र फुकुओका अध्यागमन ब्यूरोको सहयोगमा LIVING SUPPORT SEMINAR BY FUKUOKA IMMIGRATION कार्यक्रमको आयोजना गर्न लागेको गरिने भएको छ डिसेम्बर २१ तारिक गर्न लागिएको कार्यक्रममा अध्यागमन (इमिग्रेसन) ब्यूरोबाट बिद्यार्थी भिषा, वोर्किंग भिषा, एजुकेन भिषा तथा अन्य भिषाको इन्चार्जहरुबाट भिषा आबेदन र यसका प्रक्रियाका बारेमा जानकारी गराउनु हुनेछ। त्यस्तै भिषा सम्बन्धि आफ्नो समस्याबारे… पुरा पढौ

प्रतिनिधिसभामा समानुपातिकबाट निर्वाचित ११० सांसदको नामावली सार्वजनिक

काठमाडौँ- निर्वाचन आयोगले प्रतिनिधिसभामा समानुपातिकबाट निर्वाचित ११० सांसदको नामावली सार्वजनिक गरेको छ । मंसिर ४ गते भएको निर्वाचनमा थ्रेसहोल्ड कटाएका ७ दलले पठाएको सूचीका आधारमा आयोगले समानुपातिकबाट निर्वाचित भएका सांसदको नामावली सार्वजनिक गरेको हो । निर्वाचनमा समानुपातिकतर्फ नेकपा एमालेले सबैभन्दा धेरै ३४ सिट जितेको छ भने दोस्रो भएको कांग्रेसले ३२ सिट प्राप्त गरेको छ । त्यस्तै, समानुपातिकबाट प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्रले १४, राप्रपाले ७, राष्ट्रिय स्वतन्त्र पार्टीले १३ सिट पाएको आयोगले जानकारी दिएको छ । त्यसैगरी जनता समाजवादी पार्टी जसपा र… पुरा पढौ

विश्वकप फाइनलमा अर्जेन्टिना भर्सेज फ्रान्स, मेसी भर्सेज एम्बाप्पेको रोचक भिडण्त

२०१८ को विश्वविजेता फ्रान्स कतारमा जारी विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा मोरोक्कोलाई २–० गोलले पराजित गर्दै फ्रान्स विश्वकपको फाइनलमा प्रवेश गरेको हो ।  विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी देशको इतिहास बनाएको मोरक्कोलाई खेल सुरु हुनुअघि नै झड्का लागेको थियो । सुरुवाती टिममा नाम भए पनि मुख्य डिफण्डर नायेफ एग्यूर्ड चोटका कारण बाहिरिए । खेलको पाँचौं मिनेटनै थियो हर्नाण्डेजको गोलबाट फ्रान्सले अग्रता बनाइराख्न सक्याो ।कतारको अल बेत रंगशालामा भएको सेमिफाइनलमा फ्रान्सले मोरोक्कोविरुद्ध सहज जित निकाल्यो । फ्रान्सको… पुरा पढौ

नागरिकता अभावमा जापान पढ्न जान नपाएपछि चिया पसल

धनुषाको मिथिला नगरपालिका–६, ढल्केबरका २१ वर्षीय युवा चन्दनकुमार चौधरीको जापान गएर कम्प्युटर साइन्समा दक्षता हासिल गर्ने धोको थियो । कम्प्युटर साइन्स विषय लिएर १२ कक्षा पास गर्नुभएका उहाँ नागरिकता अभावमा उच्च शिक्षा हासिल गर्न जापान जान पाउनुभएन ।  स्थानीयस्तरमा पढाइअनुसारको जागिर पाए पनि नागरिकता समस्याका कारण जागिरबाट वञ्चित भएका चौधरी धनुषाको ढल्केबर चौकमा चिया पसल खोल्नुभएको छ । उहाँ त्यही चिया पसलमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ ।  बुबाको जन्मसिद्ध नागरिकता भएको कारण आफ्नो नागरिकता बन्न नसकेको चौधरीले सुनाउनुभयो ।  उहाँले भन्नुभयो,… पुरा पढौ

जर्मनीकी जस्मिनलाई मिस इन्टरनेसनलको उपाधि , नेपालकी न्यान्सी अन्तिम १५ मै परिनन्

मिस इन्टरनेसनल २०२२' को उपाधि जस्मिन सेलबर्गले जितेकी छिन्। मंगलबार जापानको टोकियोमा आयोजित फिनालेमा जर्मनकी २२ वर्षीया सेलबर्गले ताज पहिरिएकी हुन्। त्यसैगरि, काबो भर्डेकी स्टेफनी अमाडो फस्ट रनरअप, पेरुकी ट्याटियाना काल्मेल, कोलम्बियाकी नतालिया लोपेज कार्डोना थर्ड र डोमिनिकन रिपब्लिककी सेलिनी सान्तोस फोर्थ रनरअफ भए। मिस इन्टरनेसनलको ६० औं संस्करणको प्रतिस्पर्धामा विश्वका ६६ सुन्दरीले सहभागिता जनाएका थिए। यसपटकको पेजेन्टको नारा दिगो ‘विकासका लागि सौन्दर्य’ राखिएको थियो। जस्मिन विजेता बनेसँगै मिस इन्टरनेसनलले तीन वर्षपछि नयाँ सुन्दरी पाएको हो। सन् २०२० र सन् २०२१ को… पुरा पढौ

क्रोएसियालाई हराउँदै अर्जेन्टिना फाइनलमा: अल्भारेजको दुई गोल, मेस्सीको एक गोल

कतारमा जारी फिफा विश्वकप फुटबलको पहिलो सेमिफाइनलमा क्रोएसियालाई हराउँदै अर्जेन्टिना फाइनलमा पुगेको छ। क्रोएसियालाई ३-० ले हराउँदै अर्जेन्टिना फाइनलमा पुगेको हो।  दोहाको लुसेल रङ्गशालामा जारी खेलको पहिलो हाफ सकिदा अर्जेन्टिनाले २-० गोलको अग्रता बनाएको थियो। खेलको ३४ औँ मिनेटमा लियोनल मेस्सीले पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाए। खेलको ३९ औँ मिनेटमा जुलियन अल्भारेज गोल गर्दै अर्जेन्टिनालाई पहिलो हाफमा २-० गोलको अग्रता दिलाएका थिए। मेसीको सुन्दर पासमा दोस्रो हाफमा अल्भारेजले गोल थप्दै ३ गोल पुर्‍याए। बुधवार फ्रान्स र मोरक्कोविचको दोस्रो… पुरा पढौ

ब्रतबन्धमा गएर फर्केको रिजर्भ बस बेथानचोकमा दुर्घटना, मृतकको सङ्ख्या १८ पुग्यो २१ जना घाइते

काठमाडौँ । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ चलाल गणेस्थानमा मंगलवार साँझ ६ बजे बस दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ। बा ३ ख ४३८५ बस दुर्घटना हुँदा २१ घाइते भएका छन्। मंगलबार साँझ ६ बजेतिर बनेपा नगरपालिका वडा नम्बर ११ बाट व्रतबन्धका लागि बेथानचोक-५ स्थित च्याल्टी पुगेर फर्किँदै गरेको बस दुर्घटना हुँदा हालसम्म मृतकको सङ्ख्या १८ पुगेको बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान् अधिकारी बताए । बसमा ३९ सवार थिए। मृतकमध्ये १३ जनाको दुर्घटनास्थल तथा अन्य पाँचको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको… पुरा पढौ

रोल नम्बर अनुसार पानी ओसार्ने पालो, मूल पुगेर गाग्री बोक्छन् विद्यार्थी

सुर्खेत : २०२४ सालमा स्थापना भएको विद्यालय हो विजयश्वरी माध्यमिक विद्यालय। बराह ताल गाउँपालिका–२ हरिहरपुर पाग्म स्थित उक्त विद्यालयमा बाल शिक्षादेखि कक्षा १२ सम्म पढाई हुन्छ। २०७१ सालको बाढीबाट विस्थापित भएको उक्त विद्यालयको मुहार अहिले फेरिँदै छ। भेरी नदीको छेउमै रहेको विद्यालयमा  ३ सय ९१  विद्यार्थी १९ जना शिक्षक र दुई जना कार्यालय सहयोगी छन्। यहाँका विद्यार्थीहरू गाग्रीमा पानी ल्याएर पिउने गर्छन्। विद्यालयमा पानी त आउँछ। तर, ट्याङ्कीमा जम्मा भएको पानी शुद्ध नहुने भएपछि उनीहरू गाग्रीमै पानी ल्याएर कक्षा कोठामा… पुरा पढौ

राजनीतिक समूहका मुद्दा फिर्तासम्बन्धी अध्यादेश ल्याउने सरकारको निर्णय

काठमाडौं । विभिन्न राजनीतिक समूह आवद्ध रही विभिन्न कसुरमा संलग्न भएर कारागारमा रहेका कैदीबन्दीको मुद्दा फिर्ताका लागि सरकारले अध्यादेश ल्याउने भएको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले मुलुकी फौजदारी संहिता संशोधन गरी मुद्दा फिर्ता लिने सहज हुनेगरी अध्यादेश ल्याउने निर्णय गरेको बताइएको छ। यो अध्यादेशपछि नागरिक उन्मुक्ति पार्टीका सल्लाहकार रहेका रेशम चौधरी र उनीसहित टिकापुर घटनामा मुछिएका व्यक्तिहरूलगायत छुट्न सक्छन् । यस्तै, यो अध्यादेश आएपछि विभिन्न मुद्दामा कारागारमा जनमत पार्टी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ता पनि छुट्न सक्छन् । पुरा पढौ

नेपालमा बेरोजगारीको भयावह दृश्य,वैदेशिक रोजगारीमा जानेको संख्या उच्च

वैदेशिक रोजगारीमा जानेको संख्या उच्च दरमा बढेकाले नेपालमा बेरोजगारीको भयावह दृश्यलाई देखाएको छ । गत आर्थिक वर्ष २०७८/७९ मा वैदेशिक रोजगारीमा जानेको संख्या झण्डै ६ लाख ३७ हजार थियो । विदेशमा श्रमका लागि जान अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत/नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ३ लाख ५४ हजार ६६० पुगेको थियो । एक वर्षमा वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या १९८.५ प्रतिशतले बढेर २ लाख ८२ हजार ४५३ पुगेको थियो । चालु आर्थिक वर्षमा पनि वैदेशिक… पुरा पढौ