प्रतिनिधिसभामा समानुपातिकबाट निर्वाचित ११० सांसदको नामावली सार्वजनिक

-


     जनहित न्युज    
     मंसिर २९ गते २०७९


काठमाडौँ- निर्वाचन आयोगले प्रतिनिधिसभामा समानुपातिकबाट निर्वाचित ११० सांसदको नामावली सार्वजनिक गरेको छ ।

मंसिर ४ गते भएको निर्वाचनमा थ्रेसहोल्ड कटाएका ७ दलले पठाएको सूचीका आधारमा आयोगले समानुपातिकबाट निर्वाचित भएका सांसदको नामावली सार्वजनिक गरेको हो ।

निर्वाचनमा समानुपातिकतर्फ नेकपा एमालेले सबैभन्दा धेरै ३४ सिट जितेको छ भने दोस्रो भएको कांग्रेसले ३२ सिट प्राप्त गरेको छ ।

त्यस्तै, समानुपातिकबाट प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्रले १४, राप्रपाले ७, राष्ट्रिय स्वतन्त्र पार्टीले १३ सिट पाएको आयोगले जानकारी दिएको छ । त्यसैगरी जनता समाजवादी पार्टी जसपा र जनमत पार्टीले समान ५ सिट पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?