क्रोएसियालाई हराउँदै अर्जेन्टिना फाइनलमा: अल्भारेजको दुई गोल, मेस्सीको एक गोल

-


     जनहित न्युज    
     मंसिर २८ गते २०७९


कतारमा जारी फिफा विश्वकप फुटबलको पहिलो सेमिफाइनलमा क्रोएसियालाई हराउँदै अर्जेन्टिना फाइनलमा पुगेको छ। क्रोएसियालाई ३-० ले हराउँदै अर्जेन्टिना फाइनलमा पुगेको हो। 

दोहाको लुसेल रङ्गशालामा जारी खेलको पहिलो हाफ सकिदा अर्जेन्टिनाले २-० गोलको अग्रता बनाएको थियो।

खेलको ३४ औँ मिनेटमा लियोनल मेस्सीले पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाए।

खेलको ३९ औँ मिनेटमा जुलियन अल्भारेज गोल गर्दै अर्जेन्टिनालाई पहिलो हाफमा २-० गोलको अग्रता दिलाएका थिए। मेसीको सुन्दर पासमा दोस्रो हाफमा अल्भारेजले गोल थप्दै ३ गोल पुर्‍याए।

बुधवार फ्रान्स र मोरक्कोविचको दोस्रो सेमिफाइनलको विजेतासँग अर्जेन्टिनाले फाइनल खेल्ने छ।हारसँगै अघिल्लो संस्करणको उपविजेता क्रोएसियाको यो पटक विश्वकप जित्ने सपना चकनाचुर बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?