तस्विर समाचार

जापानको अदालतले आप्रवासी विदेशीलाई देश निकाला गर्ने अध्यागमनको कार्यलाई असंवैधानिक ठहर 

टोकियो जिल्ला अदालतले एक विदेशी नागरिकलाई शरणार्थी स्थिति खोज्ने उनको आवेदन खारेज गरि देश निकाला गर्ने अध्यागमन अधिकारीहरूको कार्य असंवैधानिक भएको फैसला गरेको छ ।सन् २०१९ मा एक अफ्रिकी व्यक्तिलाई शरणार्थीको रूपमा जापानमा रहनका लागि गरेको आवेदन खारेज गर्ने न्याय मन्त्रीको निर्णयको बारेमा जानकारी दिएकै दिनमा निर्वासन गर्ने प्रयासलाई जापानको क़ानून विपरित रहेको ठहर गर्दै असंवैधानिक भएको फैसला गरेको हो ।अध्यागमन अधिकारीहरूले ३० वर्ष उमेरका जापानको संविधानको धारा ३२ ले गरेको ग्यारेन्टीलाई कानुनी अदालतमा जानबाट रोकेको आधारमा व्यक्तिले जापानी सरकारलाई… पुरा पढौ

जापानका प्रमुख कम्पनीहरूमा हिउदे बोनस ९ प्रतिशतसम्म बढ्यो

यस वर्ष प्रमुख जापानी कम्पनीहरूमा औसत हिउदे बोनस एक वर्ष अघिको तुलनामा ८.९२ प्रतिशतले बढेको छ । कोभिड-१९ को महामारी पछिको प्रतिबन्धहरूबाट अर्थतन्त्र पुन: खोल्दा कम्पनीहरूको वित्तीय अवस्थामा सुधार हुँदा तीन वर्षमा पहिलो पटक औसत हिउँदे बोनस बढेको हो । जापान बिजनेस फेडरेसनले बिहीबार गरेको सर्वेक्षणका अनुसार बोनस वितरणलाई व्यवस्थित बनाईएको १९८१ पछि पछिकै पच्चिकाई सबैभन्दा तीव्र वृद्धि भएको बताइएको छ । यस वर्षको वसन्तमा मासिक तलब २ प्रतिशत भन्दा बढि बढेपछि "उच्च तलबको लागि गति जारी छ", देशको सबैभन्दा… पुरा पढौ

जापानमा कोभिड-१९ सङ्क्रमण बढेसंगै टोकियो क्षेत्रको स्वास्थ्य प्राणाली ‘हाइ अलर्ट’ मा

जापानको टोकियो महानगर सरकारले कोभिड सङ्क्रमण बढेसंगै बिहिबार सेप्टेम्बर ८ पछि पहिलो पटक चार-स्तरीय स्केलमा चिकित्सा तयारीको लागि आफ्नो सतर्कतालाई उच्च स्तरमा बढाएको छ ।जापानमा कोरोना भाइरसको आठौँ लहर चलिरहेको छ । यो लहरमा दुई लाख ५० हजार भन्दा बढि सङ्क्रमित भएका छन् । स्वास्थ्य मन्त्रालय र स्थानीय सरकारका अनुसार आठौँ लहरमा देशभर दुई लाख ५० हजार जना सङ्क्रमित थपिएका हुन् । कोभिड–१९ का गम्भीर बिरामीको सङ्ख्या बढ्दै गएको र थप स्वास्थ्यकर्मीहरू भाइरसबाट संक्रमित भएका वा नजिकको सम्पर्कमा आएकाले राजधानीमा चिकित्सा… पुरा पढौ

नेपाल तामाङ समाज, जापानले वृहत सास्कृतिक साँझ-२०२३ कार्यक्रम गर्ने

तामाङहरूको राष्ट्रिय पर्व मञ्जुश्री सम्वत २८५९ सोनाम ल्होछारको अवसरमा नेपाल तामाङ समाज, जापानले वृहत सास्कृतिक साँझ-२०२३ कार्यक्रम गर्ने भएको छ ।प्रवासमै रहेर पनि आफ्नो भाषा, धर्म, परम्परा, संस्कार, संस्कृति र पहिचानलाई जगेर्ना गर्ने उदेश्यले मञ्जुश्री सम्वत २८५९ सोनाम ल्होछार (तावर ल्हो/बिरालो वर्ष) राष्ट्रिय पर्वमा नेपालबाट आमन्त्रित र स्थानीय कलाकारहरुको साथमा जनवरी २२ मा सास्कृतिक कार्यक्रम गरिन लागेको समाजका अध्यक्ष कर्साङ तामाङले जानकारी दिए ।टोकियोको नाकानो जिरो हलमा गरिने उक्त कार्यक्रमले आफ्नो जातीय पहिचानसहित सस्कृति र परम्परालाई बचाई राख्न पुस्तान्तरण गर्न… पुरा पढौ

कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित, गगनले पाए २५ मत

नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित भएका छन् । महामन्त्री गगनकुमार थापालाई ३९ मतान्तरले पराजित गर्दै देउवा दलको नेतामा निर्वाचित भएका हुन् । मतदानमा कुल मत ८९ खसेको र त्यसमध्ये सभापति देउवाले ६४ तथा महामन्त्री थापाले २५ मत प्राप्त गरेको कांग्रेसको ‘संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समिति’ले जनाएको छ । मतदान आज बिहान भएको थियो । सभापति देउवाको उम्मेदवारीको प्रस्तावकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र समर्थक पार्टी उपसभापति पूर्णबहादुर खड्का रहेका थिए । यसैगरी महामन्त्री थापाको उम्मेदवारीको… पुरा पढौ

३० वर्षदेखि नेपालमै रमाएका जापानी ‘ओके बाजे’

अर्काको देशमा आएर सामाजिक कार्यमा आफ्नो जीवन समर्पण गर्ने व्यक्ति बिरलै हुन्छन्। मानिसले भरसक धन सम्पत्ति कमाउनका लागि आफ्नो जन्मभूमि छाडेर केही समयका लागि अन्यत्र जान्छन्। आफूलाई पुग्ने सम्पत्ति आर्जन भएपछि आफ्नै थाकथलोमा फर्केर घर जग्गा, गाडीलगायतका विभिन्न सम्पत्ति जोडेर आरामको जीवन जिउने प्रायः सबैको चाहना हुन्छ। जीवनलाई सुखसयलमा आनन्ददायकपूर्वक बिताउने सबैले सपना बुनेर बस्छन्। तर जापानी नागरिक काजुमासा काकिमी (ओकेबाजे) भने तीन दशकदेखि नेपालमै बसेर सामाजिक कार्यमा समर्पित छन्। देश, परिवार, धन–सम्पत्ति, आफन्त छाडेर नेपालमा निस्वार्थभावले सामाजिक काममा उनी… पुरा पढौ

कलाकारलाई देखाएर ठगी गर्ने सूर्य कर्पोरेसनको जालोमा परेकी निरु, न जापान पुगिन् न पैसा फिर्ता भयो

राम्रै गैर सरकारी संस्थामा काम गर्थिन गर्थिन् निरु लामा। पढाइ ब्याचलर पास। आम्दानी पनि ठिकै। साथीहरू सबै विदेश गइरहेकै थिए। उनले पनि जापान जाने सोच बनाइन्। जापानी भाषा सिकिन्। भाषा उर्तिण गरे पनि बैङ्क स्टेटमेन्ट मिलेन भनेर उनको भिसा आएन। विदेश जाने योजनामा उनले नेपालको जागिर छाडिसकेकी थिइन्। एक पटक असफल भए पनि जापान जान्छु नै भन्ने भयो उनलाई। २०७६ सालको सुरुवाततिर फेसबुक चलाउँदै गर्दा सूर्य कर्पोरेसनको फेसबुक पेज देखिन्। विभिन्न साङ्गीतिक अनि पुरस्कार कार्यक्रमभन्दै उसले नेपालबाट विभिन्न कलाकारलाई विभिन्न… पुरा पढौ

वैदेशिक रोजगारीका लागि गएका ७ सय भन्दा बढी नेपाली जेलमा

वैदेशिक रोजगारीका लागि विभिन्न देशमा गएका ७ सय भन्दा बढी नेपाली जेलमा रहेको पाइएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सार्वजनिक गरेको नेपाल श्रम आप्रवासन प्रतिवेदन २०२२ का अनुसार ७३५ नेपाली विभिन्न जेलमा रहेका छन् । जसमा ६९६ पुरुष र ३९ जना महिला छन् । सन् २०२१/०२२ मा सबैभन्दा बढी ३४७ जना पुरुष र २४ जना महिला गरी ३७१ जना युएईको जेलमा रहेका छन् । त्यस्तै साउदी अरेबियाको जेलमा १२७ जना पुरुष र १ जना महिला गरेर १२८… पुरा पढौ

गुल्मीको कफी जापान र फ्रान्स निर्यात हुन थालेपछि बढ्यो किसानको आकर्षण

रेसुङ्गा – गुल्मीमा उत्पादन भएको कफी जापान र फ्रान्समा माग बढ्न थालेपछि यहाँका किसान कफीखेतीमा आकर्षित हुन थालेका छन्। यहाँ उत्पादन भएको कफी जिल्ला सहकारी सङ्घमार्फत् निर्यात हुँदै आएको छ। संघका सचिव युवराज आचार्यका अनुसार जापान र फ्रान्समा मात्रै वार्षिक पाँच मेट्रिक टन कफी निर्यात हुँदै आएको छ। किसान, समूह र सहकारीबाट खरिद गरिएको कफी प्रशोधन गरी संघले निर्यात गर्दै आएको छ। जसबाट संघले वार्षिक ६० लाख आम्दानी गर्दै आएको सचिव आचार्यको भनाइ छ। कफी विकास केन्द्र गुल्मीका प्रमुख जीवन… पुरा पढौ

विश्वकप २०२२ः अर्जेन्टिनाले ३६ वर्षपछि जित्यो विश्वकप

अर्जेन्टिनाले कतारमा सम्पन्न विश्वकप फुटबलको उपाधि जितेको छ । फाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै अर्जेन्टिनाले विश्वकप फुटबलको उपाधि जितेको हो । निर्धारित ९० मिनेटसम्म दुवै टिमले २–२ गोलको बराबरी खेलेपछि ३० मिनेटको समय थप गरिएको थियो । खेलको १०८औँ मिनेटमा कप्तान लियोनल मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई ३–२ को अग्रता दिलाएका थिए । तर खेलको ११८औँ मिनेटमा एमबाप्पेले पेनाल्टीबाट गोल गर्दै फ्रान्सलाई ३–३ गोलको बराबरी दिलाए । योसँगै थप गरिएको ३० मिनेटमा पनि दुवै टिमले ३–३ गोलको बराबरी खेलेपछि पेनाल्टीतर्फ… पुरा पढौ