एनआरएनए क्युस्यु, फुकुओकाले लिभिङ सपोर्ट सेमिनार गर्ने

-


     जनहित न्युज    
     मंसिर २९ गते २०७९


एनआरएनए क्युस्यु, फुकुओका नेपाल सोसाइटी, हाम्रो नेपाल हामी नेपाली अभियान, नेपाल जापान फ्रेन्डशिप लायन्स क्लब, जनजाती महासंघ क्युस्युको संयुक्त आयोजना तथा फुकुओका सिटी, फुकुओका बाणिज्य दुताबास, फुकुओका योकातोपिया जाइदान र फुकुओका अध्यागमन ब्यूरोको सहयोगमा LIVING SUPPORT SEMINAR BY FUKUOKA IMMIGRATION कार्यक्रमको आयोजना गर्न लागेको गरिने भएको छ

डिसेम्बर २१ तारिक गर्न लागिएको कार्यक्रममा अध्यागमन (इमिग्रेसन) ब्यूरोबाट बिद्यार्थी भिषा, वोर्किंग भिषा, एजुकेन भिषा तथा अन्य भिषाको इन्चार्जहरुबाट भिषा आबेदन र यसका प्रक्रियाका बारेमा जानकारी गराउनु हुनेछ। त्यस्तै भिषा सम्बन्धि आफ्नो समस्याबारे इमिग्रेसनसंग प्रत्यक्ष प्रश्न गर्न समेत सकिने व्यवस्था गरिएको एनआरएनए क्युस्युका संयोजक अर्जुन बगालेले जानकारी दिए ।

कोरोनाको कारणले उक्त कार्यक्रममा जम्मा १०० जना मात्र सहभागी गराउन सक्ने हुदा समयमै सहभागीताको लागि गुगल सिट मार्फत आबेदन फारम भर्नका लागि समेत आग्रह गरिएको छ । १०० जना पछि आबेदन आएमा कार्यक्रममा सहभागी गराउन नसकिने पनि बताइएको छ ।
अन्य जानकारीको लागि एनआरएनए क्युस्यु सम्पर्कको गरि
गुगल फर्म भर्नको लागि फारम समेत सार्वजनिक गरिएको छ ।

https://docs.google.com/forms/d/e/1FAIpQLScVqIeNJB3bIbQohCn4v1rCN4-EakRUq7pRctwdjwNR7pKdjw/viewform

नेपालीहरु लागि लक्षित गरिएको हुँदा उनीहरूलाई प्राथमिकता दिइने र थप जानकारीको लागि ०९०-८४०७ -१४०३ मा सम्पर्क गर्न पनि पानी आग्रह गरिएको गैरिएको छ ।

福岡市博多区博多駅東1丁目16-14 リファレンス駅東ビル 5 F मा हुने कार्यक्रम साझ ५:०० बजे बाट सुरु हुनेछ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?