प्रमुख समाचार

भेरी नदी किनारमा खस्यो खलंगा हिँडेको जिप, २२ जना घाइते

काठमाडौं : रुकुम पश्चिममा जीप दुर्घटना हुँदा २२ जना घाइते भएका छन्। घाइतेमध्ये ७ जनाको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ। गम्भीर घाइते दुई जना नेपालगन्ज रेफर गरिएको छ भने थप अन्य गम्भीर घाइतेलाई पनि रेफर गर्ने तयारी भइरहेको छ। चौरजहारी नगरपालिका-८ गोइरीज्युलाको कालेगाउँ पुल भन्ने ठाउँमा लु १ ज २२९७ को जिप दुर्घटनामा परेको रुकुम पश्चिमका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले उकेरालाई जानकारी दिए। ‘बिहान खलंगा जाँदै गरेको जिप दुर्घटना भएर भेरी किनारमा खस्यो,’ उनले… पुरा पढौ

पुरानै स्वरुपमा फर्कियो गलकोट दरबार

बागलुङको ऐतिहासिक गलकोट दरबार स्वरुपमा फर्किएको छ । बागलुङको पुरानो सदरमुकाम रहेको गलकोटको हरिचौर बजारमा रहेको गलकोट दरबारको पुनर्निर्माण गरिएको हो । द्वन्द्वकालमा तत्कालीन मल्ल राजाका परिवार विस्थापित भएपछि दरबार जीर्ण भएको थियो । अहिले दरबारका झ्याल ढोका पुरानै स्वरुपमा फेरिएको छ भने  रङ्गरोगनपछि चिटिक्क भएको छ । दरबारको पुनर्निर्माणसहित दरबार वरपर अहिले धमाधम भौतिक संरचना तयार भइरहेका छन् । लामो समयसम्म मर्मत सम्भार नहुँदा दरबारका झ्याल ढोका बिग्रिएका थिए । दरबार आन्तरिक पर्यटकको आकर्षणमा पर्दै गएपछि दरबारलाई पुनर्निर्माणसहित रिसोर्ट… पुरा पढौ

भारतलाई छ विकेटले स्तब्ध पार्दै अष्ट्रेलिया छैटौँ पटक विश्वकप क्रिकेट च्याम्पियन

घरेलु टिम भारतलाई छ विकेटले निराश पारेर अस्ट्रेलियाले विश्वकप क्रिकेट प्रतियोगिताको १३ औँ संस्करणको उपाधि जितेको छ । एक लाख ३२ हजार दर्शक उपस्थित भारतको अहमदाबादमा रहेको नरेन्द्र मोदी क्रिकेट रङ्गशालालाई चुप पार्दै अष्ट्रेलिया छैटौँ पटक विश्वकप क्रिकेट च्याम्पियन बनेको हो ।  यसअघि, अस्ट्रेलियाले सन् १९८७, १९९९, २००३, २००७ र २०१५ मा विश्व क्रिकेट च्यामिपयन बनेको थियो । भारतको भने १२ वर्षपछि विश्व च्याम्पियन बन्ने सपना चकनाचुर भयो । यसअघि, सन् २०११ मा आप्mनो घरमा विश्वकप हुँदा भारत च्याम्पियन बनेको… पुरा पढौ

नेपाल सरकारले प्रतिबन्ध लगाएपछि टिकटकले पठायो सातवटा बुँदे स्मरणपत्र, के छ पत्रमा, पत्रसहित? 

नेपाल सरकारले प्रतिबन्ध लगाएपछि आफ्ना असहमतिहरू व्यक्त गर्दै टिकटकले नेपाल दूरसञ्चार प्राधिकरणलाई यसै साता एउटा पत्र पठाएको प्राधिकरणका अध्यक्षले पुष्टि गरेका छन्। प्राप्त उक्त प्रत्रमा टिकटकले नेपालका सरकारी निकायहरूसँग भएका समझदारी तथा नेपालमा भएका छलफलहरूबारे सातवटा बुँदामा स्मरण गराएको छ।  सरकारले टिकटकमाथि प्रतिबन्ध लगाएकै दिन गत सोमवार उसले उक्त पत्र प्राधिकरणलाई पठाइएको बुझिएको छ।  सरकारले गत सोमवार "सामाजिक सद्भाव र वातावरणमा खलल पुर्‍याउन भूमिका खेलेको" भन्दै सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको थियो। त्यसलगत्तै प्राधिकरणले नेपालका इन्टरनेट सेवाप्रदायकहरूलाई टिकटक… पुरा पढौ

तीन महिनामा नेपालीले पिए १ अर्ब २० करोडको मदिरा

कोरोना र रुस–युक्रेनबीचको द्वन्द्वले अर्थतन्त्रमा देखिएको संकुचनको बाबजुद मदिरा आयात उच्च भएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार विगत केही वर्षको तुलनामा पछिल्लो तीन महिना साउन, भदौ र असोजमा मदिराको पैठरी उच्च भएको हो । गत वर्षको तीन महिनाको तुलनामा १८८ प्रतिशतले बढी मदिरा आयात गरेको छ । सरकारले गत वर्ष मदिरा आयातमा प्रतिबन्ध गरेका कारण आयात ठप्प भएको थियो । सरकारले उच्च आयातका कारण विदेशी मुद्रा सञ्चिती घट्दै गएको र बजारमा तरलता अभाव देखिएको भन्दै मदिरासहित अन्य ९ वटा वस्तुको… पुरा पढौ

टिकटक बन्द गर्ने सरकारको निर्णय

सरकारले सामाजिक सञ्जाल ‘टिकटक’का कारण सामाजिक सद्भाव बिथोलिने गतिविधि बढिरहेको निष्कर्ष निकाल्दै नेपालभित्र ‘टिकटक’ बन्द गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । उनले भनिन्, ‘हाम्रो पारिवारिक संरचना, सामाजिक सम्बन्धलाई खल्बल्याउने गरी टिकटकबाट लगातार प्रचारप्रसार भइरहेका छन्, यसलाई नियन्त्रण गर्न तत्कालका लागि ‘टिकटक’ बन्द गर्ने निर्णय गरेको हो ।’ उनले टिकटकले सामाजिक सद‍्भाव बिथोल्ने गरी पारिवारिक संरचना र सामाजिक सम्बन्धलाई खलबल्याउने… पुरा पढौ

गल्कोट स्पोर्ट्स क्लव टोकियो जापानको पाँचौँ अधिवेशन नोभेम्बर २१ मा हुने

जापानमा रहेका खेलाडीलाई क्रियाशील बनाई राख्न र खेलकुदको विकासमा योगदान दिन सहयोग गर्ने उदेश्यले गठित गल्कोट स्पोर्ट्स क्लव टोकियोको पाचौ अधिवेशन हुने भएको छ। “राष्ट्रका लागि खेलकूद, स्वास्थ्यका लागि खेलकूद” भन्ने मुख्य मान्यताका साथ जापानमा रहेका गलकोटे साथै नेपालीहरूलाई खेलकुदप्रति जागरूप बनाउदै खेलकुदको प्रवर्द्धन र त्यससँग सम्बन्धित क्रियाकलाप गर्नका लागि योगदान पुर्याउने उद्देश्यले स्थापना भएको क्लबको अधिवेशन नोभेम्बर २१ तारिख हुन लागेको महासचिव दिनेश थापाले जानकारी दिए । अधिवेशन टोकियोको शिन ओकुवो स्थित सोलमारीको मुरा हलमा हुने बताइएको छ। सन… पुरा पढौ

जीप दुर्घटना मृतक ४ जनाको परिचय खुल्यो

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–९ मा जीप दुर्घटनामा परी मृत्यु भएका ६ जनामध्ये चारको परिचय खुलेको छ ।  बौदीकाली गाउँपालिका माझडाँडाबाट दलदले बजारतर्फ आउँदै गरेको लु१ज ३२७० नम्बरको जीप देवचुली नगरपालिका–९ गोरेघुम्तीमा दुर्घटना हुँदा तीन महिला र तीन पुरुषको घट्नास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा जीप चालक बौदीकाली–६ माझडाँडाका २६ वर्षीय बहादुर आलेमगर, सोही ठाउँका ५५ वर्षीय टेकमान ओनटाकी मगर, ५२ वर्षीया कुमारी राना तथा बुलिङटार गाउँपालिका–४ चुलिबोझाका १२ वर्षीया करिष्मा ठाडा रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट… पुरा पढौ

फेसबुक पेजबाट मुटुरोगको रोकथामसम्बन्धी जनचेतनामूलक प्रत्यक्ष प्रसारणबाट डाक्टर ओममूर्ति अनिलले विश्व रेकर्ड

मुटुरोग विशेषज्ञ डाक्टर ओममूर्ति अनिलले विश्व रेकर्ड कायम गरेका छन् ।  चिकित्सक एवं लेखक उनले विश्व मुटु दिवसका अवसरमा गत असोज १२ गते आफ्नो फेसबुक पेजबाट मुटुरोगको रोकथामसम्बन्धी जनचेतनामूलक प्रत्यक्ष प्रसारणबाट विश्व रेकर्ड कायम गरेका हुन् । आज यहाँ आयोजित पत्रकार सम्मेलनमार्फत फेसबुकमार्फत प्रत्यक्ष प्रसारणमा ‘कार्डियोभास्कुलर स्वास्थ्य सचेतनाका लागि सबैभन्दा बढी दर्शक’ भन्ने शीर्षकमा गिनिज वल्र्ड रेकर्ड कायम गरेको डा. ओममूर्तिले जानकारी दिए ।  “गिनिज वल्र्ड रेकर्डको प्रमाणपत्र प्राप्त गर्न भने केही समय लागेको हो । व्यक्तिगत क्षमता, सीप र… पुरा पढौ

तीन महिनामा ३ खर्ब ६५ अर्ब रेमिट्यान्स

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो तीन महिनाको अवधिमा साढे ३ खर्ब बढी रकम रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रवार जारी गरेको पहिलो त्रैमासको वित्तीय रिपोर्ट अनुसार पहिलो तीन महिनामा विप्रेषण आप्रवाह ३० दशमलव ० प्रतिशतले वृद्धि भई खर्ब ६५ अर्ब ३४ करोड पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १६ दशमलव ८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २५ दशमलव ९ प्रतिशतले वृद्धि भई २ अर्ब ७६ करोड पुगेको छ । अघिल्लो वर्ष… पुरा पढौ