
नेपाल समाज एसोसिएसन र एनआरएनए क्षेत्रीय समिति कोस्टाब्लाङ्कको सयुक्त सहजिकरणमा स्पेनको बेनीड्रममा महामहिम राजदुत डा. शर्मिला पराजुली ढकाल संगको अन्तरक्रिया तथा दुई दिने घुम्ती कन्सुलर सेवा सम्पन्न भएको छ। नेपाल समाज एसोसिएसन र एनआरएनए क्षेत्रीय समिति कोस्टाब्लाङ्काको सहजिकरणमा बेनिड्रममा नेपाली राजदुतावासले संचालन गरेको दुई दिने घुम्ती कन्सुलर सेवाबाट ३ नावालकसहित कुल ९२ जनाले नेपाली राहादानी पासपोर्ट नविकरण गरेको नेपाल समाज एसोसिएसनले जनाएको छ ।
सो घुम्ती सेवाको अवसरमा स्पेनवासी नेपालीको समस्या बुझ्न र दुतावासको सेवाबारे जानकारी दिने उद्धेश्यले महामहिम राजदुत डा. शर्मिला पराजुली ढकाल संगको अन्तरक्रिया समेत सम्पन्न भएको थियो ।
घुम्ती कन्सुलर सेवा शिबिर सम्पन्न भए लगतै नेपाल समाज एसोसिएसनका र एनआरएनए क्षेत्रीय समिति कोष्टाब्लाङ्काले शिविर सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्णमा आभार समेत ब्यक्त गरेको छ ।
शुक्रबार र शनिबार बेनिड्रममा सम्पन्न घुम्ती सेवा तथा अन्तरक्रिया सफल बनाउन सहयोग गर्ने राजदुत डा. शर्मिला पराजुली, नेपाली राजदुतावासका प्रमुख प्रशासकिय अधिकृत तथा प्रवक्त्ता अर्जुन अधिकारी, तथा मेसेन्जर अनुपराज शिल्पकार, घुम्ती शिविरका संयोजक नेपाल समाज एसोसिएसनका वरिष्ठ सल्लाहकार तथा एनआरएनए केन्द्रिय समिति स्पेनका उपाध्यक्ष सुरेन्द्र भुजेल थापा सहित एनआरएनए केन्द्रिय समितिका पदाधिकारी, नेपाल समाज एसोसिएसन कोष्टाब्लाङ्काका पदाधिकारी, एनआरएनए क्षेत्रीय समिति कोष्टाब्लाङ्काका पदाधिकारी, समाजका सल्लाहकार सहित शिविरमा सहजिकरण गर्नुहुने सहजकर्तालाई धन्यवाद तथा आभार ब्यक्त गरिएको हो ।
नेपाल समाज एसोसिएसनका अध्यक्ष नवराज दुवाडी र एनआरएनए क्षेत्रीय समिती कोष्टाब्लाङ्का अध्यक्ष सुरेश बज्राचार्यद्वारा हस्ताक्षर गरि प्रकाशित वत्तब्यमा उल्लेख गरिएको छ ।
अन्तरक्रियामा सहभागि हुनुभएकोमा Concejala Residentes Alfas del Pi, Martine Mertensर Patrick de Meirsman लाई समेत धन्यवाद ब्यक्त गरिएको छ ।




