प्रमुख समाचार

दोस्रो युद्धका ‘कम्फर्ट वोमन’ लाई जापानद्वारा क्षतिपूर्ति तिर्न दक्षिण कोरियाली अदालतको आदेश, आदेश पालना नगर्ने जापानी विदेशमन्त्रीको भनाइ

दक्षिण कोरियाली एक उच्च अदालतले दोस्रो विश्वयुद्ध ताका यौनका लागि दास बनाइएका युद्धकालीन 'कम्फर्ट वोमन' र उनीहरूका आफन्तहरू भनेर चिनिने व्यक्तिहरूको समूहले दायर गरेको मुद्दालाई तल्लो अदालतले खारेज गरेपछि जापानी सरकारलाई क्षतिपूर्ति तिर्न आदेश दिएको छ।सियोल उच्च अदालतले १६ प्रतिवादीहरूको दाबी खारेज गर्दै अघिल्लो निर्णयको समीक्षा गरेपछि बिहीबार यो निर्णय सुनाएको हो। मुद्दामा भाग लिने प्रत्येकले मानसिक र शारीरिक पीडाको क्षतिपूर्तिमा २०० मिलियन वोन अर्थात लगभग १ लाख ५० हजार डलर माग गरिएको थियो ।२०२१ मा तल्लो अदालतले सार्वभौम उन्मुक्ति… पुरा पढौ

गलकोट स्पोर्टस् क्लब टोकियो जापानको पाँचौँ अधिवेशन सम्पन्न, अध्यक्षमा दुर्गाबहादुर खत्री र महासचिवमा दिनेश थापा निर्वाचित

गलकोट स्पोर्टस् क्लब टोकियो जापानको मंगलबार सम्पन्न पाँचौँ अधिवेशनले आगामी कार्यकाल २०२३-२५ का लागि दुर्गा बहादुर खत्री अध्यक्षतामा २४ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध रूपमा निर्वाचित गरेको छ।जापानमा रहेका नेपाली खेलाडीलाई क्रियाशील बनाई राख्न र खेलकुदको विकासमा योगदान दिन सहयोग गर्ने उदेश्यले सन् २०१५ मा गठित गल्कोट स्पोर्ट्स क्लवको सम्पन्न अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा प्रकाश निउरे, उपाध्यक्षमा रमेशकुमार खत्री, इश्वर बस्नेत, गणेश केसी, दिपक सुवेदी निर्वाचित भएको निर्वाचन समितिका संयोजक लक्ष्मण कार्कीले जानकारी दिए।निर्वाचन संयोजक कार्कीका अनुसार क्लवको महासचिवमा दिनेश थापा, सचिवमा… पुरा पढौ

जापानमा अध्ययनरत ७० जना नेपाली विद्यार्थीहरुलाई एनआरएनए जापानले छात्रवृत्ति प्रदान गर्ने

जापानमा अध्ययनरत ७० जना नेपाली विद्यार्थीहरुलाई गैर आवासीय नेपाली संघ राष्ट्रिय परिषद् जापानले मासिक २१ लाख येन बराबरको छात्रवृत्ति प्रदान गर्ने भएको छ।एनआरएनए जापानको समन्वयमा इन्टरनेशनल ह्युमन रिसोर्स नेटवर्क अर्गनाइजेसन फाउण्डेशन (IHNO) ( 公益財団法人 国際人材交流支援機構)को सहकार्यमा जापानमा अध्यनरत नेपाली बिद्यार्थीहरुलाई मासिक प्रतिव्यक्ति ३० हजार जापानी येन प्राप्त गर्ने गरि आइतबार एक कार्यक्रमका बिच ७० जना विद्यार्थीहरुलाई छनोट गरिएको थियो।IHNO र एनआरएनए जापानले तय गरेका बल्क मध्य ए बल्कबाट ८६ जनाको आवेदन परेकोमा ३० जना बि बल्कबाट ९८ जनाको आवेदन परेकोमा… पुरा पढौ

वैदेशिक रोजगार सन्तति छात्रवृत्तिका लागि आवेदन आह्वान

वैदेशिक रोजगार बोर्डको सचिवालयले वैदेशिक रोजगार सन्तति छात्रवृत्तिका लागि आवेदन आह्वान गरेको छ । श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा गई करार अवधिभित्र मृत्यु भएका वा पूर्णरुपमा असक्त वा गम्भीर बिरामी भएका कामदारको छोराछोरीका लागि छात्रवृत्ति प्रदान गर्न बोर्डले आवेदन आह्वान गरेको हो । वैदेशिक रोजगार छात्रवृत्ति सञ्चालन कार्यविधि २०८० को अनुसूची १ बमोजिम पुस ८ गतेभित्र निवेदन दिन आह्वान गरिएको हो । सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यालयस्तर (पूर्व प्राथमिक कक्षा वा नर्सरी वा सो सरहदेखि कक्षा १२ सम्म) का… पुरा पढौ

भेरी नदी किनारमा खस्यो खलंगा हिँडेको जिप, २२ जना घाइते

काठमाडौं : रुकुम पश्चिममा जीप दुर्घटना हुँदा २२ जना घाइते भएका छन्। घाइतेमध्ये ७ जनाको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ। गम्भीर घाइते दुई जना नेपालगन्ज रेफर गरिएको छ भने थप अन्य गम्भीर घाइतेलाई पनि रेफर गर्ने तयारी भइरहेको छ। चौरजहारी नगरपालिका-८ गोइरीज्युलाको कालेगाउँ पुल भन्ने ठाउँमा लु १ ज २२९७ को जिप दुर्घटनामा परेको रुकुम पश्चिमका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले उकेरालाई जानकारी दिए। ‘बिहान खलंगा जाँदै गरेको जिप दुर्घटना भएर भेरी किनारमा खस्यो,’ उनले… पुरा पढौ

पुरानै स्वरुपमा फर्कियो गलकोट दरबार

बागलुङको ऐतिहासिक गलकोट दरबार स्वरुपमा फर्किएको छ । बागलुङको पुरानो सदरमुकाम रहेको गलकोटको हरिचौर बजारमा रहेको गलकोट दरबारको पुनर्निर्माण गरिएको हो । द्वन्द्वकालमा तत्कालीन मल्ल राजाका परिवार विस्थापित भएपछि दरबार जीर्ण भएको थियो । अहिले दरबारका झ्याल ढोका पुरानै स्वरुपमा फेरिएको छ भने  रङ्गरोगनपछि चिटिक्क भएको छ । दरबारको पुनर्निर्माणसहित दरबार वरपर अहिले धमाधम भौतिक संरचना तयार भइरहेका छन् । लामो समयसम्म मर्मत सम्भार नहुँदा दरबारका झ्याल ढोका बिग्रिएका थिए । दरबार आन्तरिक पर्यटकको आकर्षणमा पर्दै गएपछि दरबारलाई पुनर्निर्माणसहित रिसोर्ट… पुरा पढौ

भारतलाई छ विकेटले स्तब्ध पार्दै अष्ट्रेलिया छैटौँ पटक विश्वकप क्रिकेट च्याम्पियन

घरेलु टिम भारतलाई छ विकेटले निराश पारेर अस्ट्रेलियाले विश्वकप क्रिकेट प्रतियोगिताको १३ औँ संस्करणको उपाधि जितेको छ । एक लाख ३२ हजार दर्शक उपस्थित भारतको अहमदाबादमा रहेको नरेन्द्र मोदी क्रिकेट रङ्गशालालाई चुप पार्दै अष्ट्रेलिया छैटौँ पटक विश्वकप क्रिकेट च्याम्पियन बनेको हो ।  यसअघि, अस्ट्रेलियाले सन् १९८७, १९९९, २००३, २००७ र २०१५ मा विश्व क्रिकेट च्यामिपयन बनेको थियो । भारतको भने १२ वर्षपछि विश्व च्याम्पियन बन्ने सपना चकनाचुर भयो । यसअघि, सन् २०११ मा आप्mनो घरमा विश्वकप हुँदा भारत च्याम्पियन बनेको… पुरा पढौ

नेपाल सरकारले प्रतिबन्ध लगाएपछि टिकटकले पठायो सातवटा बुँदे स्मरणपत्र, के छ पत्रमा, पत्रसहित? 

नेपाल सरकारले प्रतिबन्ध लगाएपछि आफ्ना असहमतिहरू व्यक्त गर्दै टिकटकले नेपाल दूरसञ्चार प्राधिकरणलाई यसै साता एउटा पत्र पठाएको प्राधिकरणका अध्यक्षले पुष्टि गरेका छन्। प्राप्त उक्त प्रत्रमा टिकटकले नेपालका सरकारी निकायहरूसँग भएका समझदारी तथा नेपालमा भएका छलफलहरूबारे सातवटा बुँदामा स्मरण गराएको छ।  सरकारले टिकटकमाथि प्रतिबन्ध लगाएकै दिन गत सोमवार उसले उक्त पत्र प्राधिकरणलाई पठाइएको बुझिएको छ।  सरकारले गत सोमवार "सामाजिक सद्भाव र वातावरणमा खलल पुर्‍याउन भूमिका खेलेको" भन्दै सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको थियो। त्यसलगत्तै प्राधिकरणले नेपालका इन्टरनेट सेवाप्रदायकहरूलाई टिकटक… पुरा पढौ

तीन महिनामा नेपालीले पिए १ अर्ब २० करोडको मदिरा

कोरोना र रुस–युक्रेनबीचको द्वन्द्वले अर्थतन्त्रमा देखिएको संकुचनको बाबजुद मदिरा आयात उच्च भएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार विगत केही वर्षको तुलनामा पछिल्लो तीन महिना साउन, भदौ र असोजमा मदिराको पैठरी उच्च भएको हो । गत वर्षको तीन महिनाको तुलनामा १८८ प्रतिशतले बढी मदिरा आयात गरेको छ । सरकारले गत वर्ष मदिरा आयातमा प्रतिबन्ध गरेका कारण आयात ठप्प भएको थियो । सरकारले उच्च आयातका कारण विदेशी मुद्रा सञ्चिती घट्दै गएको र बजारमा तरलता अभाव देखिएको भन्दै मदिरासहित अन्य ९ वटा वस्तुको… पुरा पढौ

टिकटक बन्द गर्ने सरकारको निर्णय

सरकारले सामाजिक सञ्जाल ‘टिकटक’का कारण सामाजिक सद्भाव बिथोलिने गतिविधि बढिरहेको निष्कर्ष निकाल्दै नेपालभित्र ‘टिकटक’ बन्द गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । उनले भनिन्, ‘हाम्रो पारिवारिक संरचना, सामाजिक सम्बन्धलाई खल्बल्याउने गरी टिकटकबाट लगातार प्रचारप्रसार भइरहेका छन्, यसलाई नियन्त्रण गर्न तत्कालका लागि ‘टिकटक’ बन्द गर्ने निर्णय गरेको हो ।’ उनले टिकटकले सामाजिक सद‍्भाव बिथोल्ने गरी पारिवारिक संरचना र सामाजिक सम्बन्धलाई खलबल्याउने… पुरा पढौ