टिकटक बन्द गर्ने सरकारको निर्णय

-


     जनहित न्युज    
     कार्तिक २७ गते २०८०


सरकारले सामाजिक सञ्जाल ‘टिकटक’का कारण सामाजिक सद्भाव बिथोलिने गतिविधि बढिरहेको निष्कर्ष निकाल्दै नेपालभित्र ‘टिकटक’ बन्द गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

उनले भनिन्, ‘हाम्रो पारिवारिक संरचना, सामाजिक सम्बन्धलाई खल्बल्याउने गरी टिकटकबाट लगातार प्रचारप्रसार भइरहेका छन्, यसलाई नियन्त्रण गर्न तत्कालका लागि ‘टिकटक’ बन्द गर्ने निर्णय गरेको हो ।’

उनले टिकटकले सामाजिक सद‍्भाव बिथोल्ने गरी पारिवारिक संरचना र सामाजिक सम्बन्धलाई खलबल्याउने गरी प्रचारप्रसार हुनथालेपछि  बन्द गर्न निर्णय  गरिएको बताइन्।

‘क्याबिनेटले टिकटक बन्द गर्ने निर्णय गरेको छ, उनले भने अब टिकटकका कर्मचारीलाई औपचारिक निर्देशन दिए पछि केही घण्टामा नेपाल टेलिकमले औपचारिक सुचना प्रकाशित गर्ने छ । ‘

बैठकले टिकटक बन्द गर्न सञ्चारमन्त्रालयलाई निर्देशन दिएको बताउँदै मन्त्री शर्माले सञ्चारमन्त्राय र दूरसञ्चार प्राधिकरण तयारी अवस्था रहेको उनले बताइन्।

केहि दिन अगाडि पछिल्ला दिनमा अभिव्यक्ति स्वतन्त्रताको आडमा छाडा, घिनलाग्दा, उत्तेजक, व्यक्तिको मानमर्दन गर्नेजस्ता गतिविध बढेको भन्दै सरकारले निर्देशिका ल्याएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?