प्रमुख समाचार

प्रतिनिधिसभाको समानुपातिकतर्फ २२ सय उम्मेदवार अन्तिम बन्दसूची (नामावलीसहित)

निर्वाचन आयोगले बुधबार समानुपातिक तर्फका उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ स्वीकृत निर्वाचन कार्यक्रम बमोजिम प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यको लागि राजनीतिक दलहरूले पेस गरेका बन्दसूचीको जाँचबुझ गरी बुधबार सार्वजनिक गरेको हो । प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका,२०७९ को दफा २८ तथा प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका,२०७९ को दफा २८ बमोजिम कायम गरिएको उम्मेदवारको अन्तिम बन्दसूची प्रकाशन गरिएको आयोगले जनाएको छ । प्रदेशसभा… पुरा पढौ

टोकियोको शिबुयामा सार्वजनिक रूपमा रक्सी र चुरोट पिउन प्रतिबन्ध

यस वर्षको हेलोवीनमा विदेशी पर्यटकहरू भीड लाग्ने अपेक्षा गर्दै टोकियोको शिबुया वार्डले विदेशीहरूलाई सडकमा रक्सी पिउन निषेध गरिएको जानकारी दिन अंग्रेजी भाषाका संकेतहरूसहित हेलोवीनको तयारी गरिरहेको छ।जापान सरकारले यस महिनादेखि COVID-19 कडा यात्रा प्रतिबन्धहरूलाई सहज बनाएपछि विदेशी पर्यटकको भिड बढ्ने र मादक पदार्थ सेवन धेरै हुनसक्ने पूर्वानुमानसहित अक्टोबर २० देखि नै वार्ड सरकारले शिबुया स्टेसन भित्र अङ्ग्रेजी भाषा र चिन्हहरू सहित ह्यालोवीनको समयमा सडकमा रक्सी सेवनको लागि निषेध घोषणा गरेको सूचना जारी गरेको छ । शिबुया वार्डका अनुसार अक्टोबर २८… पुरा पढौ

कविता र निबन्धमा पनि पात्र प्रयोग गर्ने देवकोटा

नटिप्नु हेर कोपिला !नचुँड्नु पाप लाग्दछ ।नच्यात्नु फूल नानि हो !दया र धर्म भाग्दछ ।।नछोप्नु है चरी बरीसराप आँसु लाग्दछ । …..चारपालामा गुल्मी दरबार जहाँ छ त्यो वास्तवमै गुल्मीभित्रको गुल्मी हो । गुल्मीको उद्गम थलो हो । यहीबाट बिस्तारित गुल्मी अर्घाखाँची, पाल्पा, स्याङ्जा, पर्वत, बागलुङ र प्युठानले वरिपरिबाट घेरिएको छ । हामी मावल गएका बेला हाम्री ९० वर्ष पुग्नु लाग्नुभएकी हजूरआमालाई को आएको ‘साइल्याँ’ भनेर कसैले सोध्यो भने भन्नुहुन्छ, ‘गुल्मीका नाति आएका छन् ।’ आज गुल्मी दरबार वडा नम्बर २… पुरा पढौ

मजदुरी गरि खाने तीन बालबालिकाकी आमा ४२ वर्षीया फूलमायाको हत्यामा संलग्न २६ वर्षीय प्रकाश पक्राउ

बागलुङमा गत असोज २९ गते राति ४२ वर्षीया फूलमाया बोटे (माझी) मृतावस्थामा फेला परिन् । उनी बागलुङ-पोखरा राजमार्गअन्तर्गत बागलुङ नगरपालिका-१ मा पर्ने गणेशघुम्ती माथि मृत फेला परेकी थिइन् । परिवारले उनलाई भेट्दा घाँटीमा सल बेरिएको थियो । हतारहतार परिवारले अस्पताल पुर्यायो तर उनको प्राण थिएन । सधैँ समयमै घरमा आउने फूलमाया त्यो दिन समयमा घर नफर्किएपछि परिवारले खोजी थालेको थियो । मजदुरी गरेर खाने फूलमाया सधैँ साँझ साढे ५ बजे घर पुग्थिइन् । ढिला भए फोन आउँथ्यो तर त्यो दिन… पुरा पढौ

सामाजिक सद्भाव मेलमिलाप र सहयोगी भावना जागृत गराउन नेपाली जनप्रगतिशील मंच जापान च्युबु मिए क्षेत्रीय समिति नागोयाले गर्यो शुभकामना आदानप्रदान कार्यक्रम

वैदेशिक भूमिमा सामाजिक सद्भाव मेलमिलाप र सहयोगी भावना जागृत गराउने उद्देश्यले नेपाली जनप्रगतिशील मंच जापान च्युबु मिए क्षेत्रीय समिति नागोयाले विजया दशमी शुभ दीपावली नेपाल सम्वत् र छठ पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा चियापान सम्पन्न भएको छ ।जापानको नेपाली समुदायमा क्रियाशील रहेका राजनैतिक दलका भातृसंगठन र विभिन्न संघ संस्थाको प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको सो कार्यक्रमका वक्ताहरूले शुभकामना आदानप्रदान जस्ता कार्यक्रमले आत्मीयता र भातृत्वको विकास गराउन सहयोग पुर्याउने बताएका थिए । कार्यक्रमका प्रमुख अतिथि रहेका नेपाली जनप्रगतिशील मंच जापान राष्ट्रिय… पुरा पढौ

कपिलवस्तुमा सशस्त्र प्रहरी सवार ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु

कपिलवस्तुमा सशस्त्र प्रहरी सवार ट्रक दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ४ पुगेको छ ।  दुर्घटनामा सशस्त्र प्रहरी हवल्दार रमेश चौधरी, सहायक हवल्दार रमेश चौधरी, जवान जनक चौधरी र साइकल यात्री बाणगंगा नगरपालिका-३ का २६ वर्षीय अमर संग्रामी मगरको ज्यान गएकाे हाे । उनीहरुकाे उपचारका क्रममा मृत्यु भएको सशस्त्र प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी तथा प्रवक्ता मिन बहादुर घलेले जानकारी दिनुभयाे । तीन जना घाइते भएका छन् । चारनम्बर जितपुरबाट शुक्रबार राति तौलिहवातर्फ जाँदै गरेको सशस्त्र प्रहरीको ना १ ग ५५४… पुरा पढौ

अझै खुलेन अवरुद्ध ग्रामीण सडक

निसीखोला गाउँपालिकाले सात वटै वडाको बस्ती–बस्तीमा सडक पुर्‍याएको छ । हिउँदको समयमा घरै अगाडि सडक गुड्ने गरे पनि वर्षात्को समय ठप्पै हुन्छन् ।   गत असार महिनादेखि अवरुद्ध भएका यहाँका ग्रामीण सडक अहिलेसम्म सञ्चालनमा आएका छैनन् । चार महिनादेखि अवरुद्ध सडक सञ्चालन नहुँदा स्थानीयवासीले सास्ती खेप्नुपरेको छ । गाउँदेखि बजार पुग्न पैदल नै हिँड्नुपर्छ भने उपभोग्य सामान पनि बोकेरै गाउँ पुर्‍याउनुपर्ने अवस्था छ । गाउँपालिकाको वडा नं ३, ४ र ७ का केही गाउँ पुग्ने सडकमा पहिराले कम क्षति पुर्‍याएको हुँदा… पुरा पढौ

बझाङमा जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु, मेला हेरेर घर फर्किँदै गरेका यात्रुको ओभरलोडले जिप भिरमा खस्यो

बझाङको मष्टा गाँउपालिकामा भएको जिप दुर्घटना परी मृत्यु हुनेको संख्या ७ पुगेको छ । १६ जना घाइते भएका छन् । सदरमुकाम चैनपुरबाट मष्टा गाउँपालिका– २, खेतकोट जाँदै गरेको सुपप्र ०१–००१ च ११७ नम्बरको जिप बुधबार अपराह्न ४ बजे दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको हो ।  जिप दुर्घटना हुँदा घाइते भएका १६ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये धेरैको अवस्था चिन्ताजनक रहेको छ । दुर्घटनामा घाइतेमध्ये धेरैजसो महिला र बालबालिका रहेका छन्… पुरा पढौ

प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनका उम्मेदवारहरुलाई भोट हाल्न पार्टीका नेता–कार्यकर्तालाई निर्देशन

प्रधानमन्त्री एवं काँग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनका उम्मेदवारहरुलाई भोट हाल्न पार्टीका नेता–कार्यकर्तालाई निर्देशन दिएका छन् ।  आफूले हँसिया–हथौडामा भोट हालिसकेको र आगामी निर्वाचनमा पनि हाल्ने उल्लेख गर्दै प्रधानमन्त्री देउवाले कांग्रेसका नेता, कार्यकर्ताले पनि त्यसै गर्ने बताए । मंगलबार ललितपुरमा आयोजित सत्तारुढ गठबन्धनको अगुवा कार्यकर्ता भेलामा बोल्दै उनले आगामी निर्वाचनमा सत्तारुढ गठबन्धनले अत्यधिक बहुमत ल्याउने गरी मतदान गर्न पनि आममतदातालाई आग्रह गरे ।  सत्तारुढ गठबन्धनले अत्यधिक बहुमत ल्याए मुलुकमा स्थायी शान्ति, स्थायी लोकतन्त्र र गणतन्त्रले पनि स्थायित्व पाउने उनको भनाइ… पुरा पढौ

पूर्व प्रधानमन्त्री आबेको हत्यासंगै चर्चामा आएको एकीकरण चर्चको छानबिन गर्न जापानका प्रधानमन्त्रीले लिए यस्तो कठोर कदम

‘युनिफिकेसन चर्च’ को सम्बन्ध र विवादबारे अनुसन्धान गर्न जापानी प्रधानमन्त्री आदेश प्रधानमन्त्री फुमियो किशिदाले सोमबार शिक्षा, संस्कृति, खेलकुद, विज्ञान तथा प्रविधि मन्त्री केइको नागाओकालाई धार्मिक समूहलाई विघटन गर्न अदालतको आदेशको अनुरोध गर्नु उपयुक्त छ कि छैन भनेर निर्धारण गर्न र युनिफिकेशन चर्चको कानुनी छानबिन गर्न निर्देशन दिएका छन् ।किशिदाले सोमबार बिहान प्रधानमन्त्री कार्यालयमा नागाओकासँगै उपभोक्ता मामिला तथा खाद्य सुरक्षामन्त्री तारो कोनो र न्यायमन्त्री यासुहिरो हानाशीसँग भेट यस्तो निर्देशन गरेका हुन ।यसअघि जाँचका लागि अनिच्छुक देखिएका प्रधानमन्त्री फुमिओले आफ्नो राजनीतिक भविष्यलाई… पुरा पढौ