प्रमुख समाचार

प्रसूति सेवा हुनु त भरतपुर अस्पतालको जस्तो पो होस !

चितवन – आफू अन्यत्र अस्पतालमा कार्यरत रहेका यहाँका चिकित्सकले आफ्नो श्रीमती र आफन्तका लागि प्रसूति सेवाका लिन भरतपुर अस्पताल रोज्ने गर्दछन्। सर्वसाधारणको पहिलो रोजाइ त छँदैछ धनाढ्य पनि यहीको प्रसूति सेवा लिन रुचाउँछन्। बिरामीको उच्च चाप भएकाले शय्या अभाव हुँदा भुईंमै बसेर भए पनि यही अस्पतालको प्रसूति सेवा लिने धेरैको चाहना हुन्छ। प्रसूतिगृहपछि सबैभन्दा धेरैले प्रसूति सेवा लिने अस्पतालको रुपमा भरतपुर अस्पताल परिचित छ। प्रसूति सेवा मात्रै होइन, नवजात शिशुका लागि आवश्यक पर्ने सम्पूर्ण उपचार सेवा रहेका कारण धेरैको रोजाइ… पुरा पढौ

भेटिन छोडे गाउँका परम्परागत घुमाउने घर 

बागलुङ- ढुङ्गाले बान्की मिलाएर छाएको छानो, ढुङ्गाकै गारो, रातो माटो र सेतो कमेरोले पोतेर श्रृङ्गार गरिएका घुमाउने घरहरू पछिल्लो समय ग्रामीण क्षेत्रबाट लोप हुँदै गएका छन्। एकाध भेटिए पनि जीर्ण अवस्थामा मात्रै भेटिन्छन्। कलात्मक शैलीका झ्याल तथा ढोका भएका र मौलिकतासँग जोडिएका घुमाउने घर बनाउने सिकर्मी डकर्मीसमेत अचेल पाइँदैनन्। पछिल्लो समय आधुनिकता हाबी हुँदा यस्ता मौलिक घर लोप हुँदै गएको स्थानीयहरूको बुझाइ छ। मगर र गुरुङ समुदायको पहिचानसँग जोडिएका यस्ता घुमाउने घर संरक्षण अभावमा लोप हुँदै गएको निसीखोला गाउँपालिका-१ का… पुरा पढौ

प्रचण्ड जब साढे ४ दशकअघि गोरखासँग जोडिएको सम्बन्धको ‘फ्ल्यासब्याक’मा पुगे

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'गोरखा- २ बाट प्रतिनिधिसभाका उम्मेदवार छन् । उनी सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । जनयुद्धकालमा प्रचण्डले गोरखामै बसेर थुप्रै योजना बनाए । तर, गोरखासँग प्रचण्डको नाता यतिमै सीमित भने छैन । आजभन्दा साढे ४ दशक (४६ वर्ष) अघि नै गोरखासँग प्रचण्डको सम्बन्ध जोडिएको थियो । प्रचण्डले वि.सं. २०३३ देखि २०३६ सम्म गोरखाको आरुघाटमा अध्यापन गरेका थिए । त्यसबेला देखि नै हो प्रचण्ड र गोरखाको सम्बन्ध जोडिएको । गोरखा पुगेका यी क्रान्तिनायकले… पुरा पढौ

आगामी पाँच वर्षका लागि कांग्रेसले ल्यायो महत्वाकांक्षी घोषणापत्र 

काठमाडौं (जीएनएन)–  आगामी मंसिर ४ गते (२० नोभेम्वर २०२२ मा) हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले घोषणापत्र सार्वजनिक गरेको छ। पार्टी केन्द्रीय कार्यालय,  सानेपा, मा शनिबार बिहान आयोजित एक कार्यक्रममा पार्टी सभापति तथा प्रधानमंत्री शेर बहादुर देउवाले आफ्नो पार्टीको घोषणापत्र सार्वजनिक गरेका हुन्।  ‘संविधानको रक्षा स्थायित्व र समुन्नतिको आधार, नेपाली काँग्रेसको नेतृत्वमा अबको सरकार’ जस्ता नारा समेटिएको घोषणापत्रमा कांग्रेसले संघीय संसद् र प्रदेशसभाले बनाउन बाँकी रहेका कानुन निर्माण र परिमार्जन गरी एक वर्षभित्र संघीय प्रणालीलाई प्रभावकारी बनाउने, संस्थागत संरचना बनाई… पुरा पढौ

मौलिकता गुमाउँदै देउसी र भैलो : बज्दैनन् मादल र खैँजडी, नाचिँदैन सोरठी र मारुनी 

तिहारमा दीप प्रज्वलन जत्तिकै महत्त्वपूर्ण पक्ष देउसी र भैलो पनि हो । परम्परागत गीतमा नृत्य गर्दै खेलिने देउसी र भैलोको मौलिकता भने पछिल्ला केही वर्षयता भने हराउँदै गएको पाइन्छ । तिहार शुरु भएसँगै टोल टोलमा देउसी र भैलो खेल्ने समूहले बालबालिकादेखि बुढापाकासम्मलाई मनोरञ्जन त दिएका छन् । तर आधुनिक शैली अङ्गाल्दा  मौलिकता भने गुमाउँदै गएको छ । देउसी र भैलोमा बज्नुपर्ने मादल, खैँजडी र बाँसुरीको साटो अचेल रेकर्डेड पप, आधुनिक र र्‍याप गीत बज्न थालेका छन् । साथै, सोरठी र… पुरा पढौ

हाचीकाेः जसले मालिककाे पर्खाइमा बितायाे १० वर्ष

यो कथा हाचीको नाम गरको एक कुकुरको हो, जसको इमान्दारीतको कथा आज पनि सुनिन्छ । हाचीकोलाई टोकियाे युनिभर्सिटीका प्रोफेसर एजाबुरो युनोले पालेका थिए । यी दुईबीच यति घनिष्ठता थियो कि, कुकुर आफ्ना मालिकलाई छोड्न र लिन स्टेशनसम्म पुग्ने गर्थ्याे । यतिमात्रै होइन, जब उसको मालिकको मृत्यु भयो कुकुरले आफ्नो पूरा उमेर मालिकको पर्खाइमा बिताइदियो । यो इमानदारीता चलिरहँदा शिबुआ ट्रेन स्टेशनमा कुकुरको शालिक बनाइएको छ । यो जापानको कुनै राष्ट्रिय हिरोभन्दा कम छैन । टोकियाे युनिभर्सिटीका प्रोफेसर एजाबुरो युनो लामो समयदेखि… पुरा पढौ

जापानमा नेपाली डायस्पोरा

नेपाल-जापान दौत्य सम्बन्ध स्थापना भएको ६ दशक बढि भएको छ । दौत्य सम्बन्ध स्थापनादेखि नै जापान सदैव नेपालको एक असल मित्रको रूपमा रहँदै नेपालको विकासमा महत्त्वपूण भूमिका खेलेको छ । धार्मिक र सांस्कृतिक पक्षमा नेपाल र जापानबीच धेरै समानता छ ।क्षेत्रफलमा जापान नेपालभन्दा करिब तीन गुणा, जनसंख्यामा करिब पाँच गुणा र अर्थतन्त्रको आकारमा करिब तीन सय गुणा ठूलो छ । उन्नत प्रविधि, उच्चस्तरीय मानव संसाधन, कठिन परि श्रम, कामप्रतिको लगाव, सांस्कृतिक रूपले धनी र अनुशासित सामाजिक व्यवहारको लागि जापान विश्वमै… पुरा पढौ

जापानमा कसरी मनाए त नेपालीले तिहार ?

टोकियो - जापानबासी नेपालीहरुले नेपालमा रहेका घरपरिवारहरुले जस्तै गरि परम्परागत ढंगले आफ्नो रीतिरिवाज अनुसार तिहार मनाएका छन् । जापानका टोकियो, ओसाका, नायोगा योकोहामा,सेन्दाई लगायतका सहरमा रहेका नेपालीहरुले लक्ष्मीपूजा, देउसीभैलो र भाइटीका लगाइ आपसी सत्भाव आत्मियता र बन्धुत्व साटासाट गर्दै तिहार मनाएका हुन् । व्यस्त देशको रुपमा परिचित जापानमा आफ्नो कामलाई केहि थाती राखेर भेट्न सम्भव परिवारजन साथीभाइहरुका बिचमा गाउँघरमा जस्तै गरि टिकाटालो गरेर सेल रोटी लगाएतका परिकारहरु खादै साथीभाइहरु मिली देउसी र भैलो खेलेर यसपालिको तिहार मनाएको दोलखा समाज जापानका… पुरा पढौ

तिहारको अन्तिम दिन आज भाइटिका, बिहान ११ः३७ बजे उत्तम साइत

प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठुलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । यमपञ्चक समेत भनिने तिहारको पाँचौँ दिन आज भाइटिका पर्व दिदी–बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदै छ । आजको दिनलाई यमद्वितीया पनि भनिन्छ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले  अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने… पुरा पढौ

६० वर्षीय दोर्जी शेर्पाले गरे किबी खेतीबाट मनग्य आम्दानी

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ मुडेका ६० वर्षीय दोर्जी शेर्पाले लगाएका किबीको बगानमा लटरम्म फलेर पाक्न लागेका करिब साढे आठ क्विन्टल किबीको फल छ।  २०७३ सालबाट व्यवसायिक किबी खेती सुरु गरेका उनको दैनिकी अहिले त्यही किबीको हेरचाह तथा गोडमेलमा बित्दै आएको छ। भारतीय सेनाका पेन्सनर उनलाई ६३ वर्षीया श्रीमती मेनुकाले समेत सहयोग गर्दै आएकी छन्। घर अगाडि रहेको ४० रोपनी खेतीयोग्य जमिनमा शेर्पाले आधिकारिक रूपमा फार्म दर्ता गरेर व्यवसायिक किबी खेती गरेका हुन्।  पहिलो वर्ष ३७५ बोट किबीको बिरुवा ल्याएर व्यवसायिक… पुरा पढौ