प्रमुख समाचार

कस्तो हुनुपर्छ जनता र जनप्रतिनिधिको सम्बन्ध ?

जनताका आवाज, विचार र भावनालाई विभिन्न निकायमा समावेश गराई आवश्यक नीति बनाएर उनीहरूको हितमा काम गर्ने दायित्व सबै तहका जनप्रतिनिधिको हो । यसैका आधारमा निर्वाचनअगाडि आम नागरिकको बीचमा गएर समुदायको हितका लागि आफ्नो सम्पूर्ण जीवन खर्चिने प्रतिबद्धता जनाइन्छ । समाजमा केही असल काम गर्ने अपेक्षाबाटै जनताले जनप्रतिनिधिलाई आफ्नो मत दिने हुन् । त्यसैले जनप्रतिनिधिले समाज र समुदायका सामूहिक उद्देश्य पूरा गर्ने क्षमता प्रस्तुत गर्न सक्नुपर्छ । त्यसो नहुँदा समाजको रूपान्तरण र विकास होइन, दुर्घटना र विद्रोह निम्तिन सक्छ । हरेक… पुरा पढौ

वैशाख ३० को चुनाव रोक्ने रिटमा अन्तरिम आदेश दिन अस्वीकार

वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचन मधेश प्रदेशमा रोक्न माग गर्दै परेको रिटमाथि सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। मंगलबार न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठको एकल इजलासले महोत्तरीको भंगहा नगरपालिकाका मेयर सञ्जिवकुमार साहले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।  सरकारले तोकेको वैशाख ३० को निर्वाचनले २०७४ असोजमा निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको ५ वर्ष कार्यकाल पूरा गर्ने संवैधानिक हक कुण्ठित हुने भन्दै महोत्तरीको भंगाहा नगरपालिकाका मेयर साहले रिट दर्ता गरेका थिए । यसअघि… पुरा पढौ

विवाहित लिभिङ टुगेदरमा बसे बहुविवाह, अविवाहितले रजिस्ट्रेशन गर्नुपर्ने कानुन बन्दै !

नेपालमा लिभिङ टुगेदरको समस्या बढ्दै गएको भन्दै त्यसलाई सम्बोधन गर्ने गरी कानून बनाउन विज्ञहरूले सुझाव दिएका छन् । संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिको सोमबार सिंहदरबारमा बसेको बैठकमा विज्ञहरूले लिभिङ टुगेदरको समस्या पनि सम्बोधन गर्ने गरी कानून निर्माण गर्नुपर्ने धारणा राखेका हुन् । अधिवक्ता मोहनलाल आचार्यले ऐन बनाउँदा विवाहित महिला र पुरुषबीचको विवाहेत्तर सम्बन्धलाई अपराधीकरण नगरी सम्बन्धविच्छेदको आधारमा मात्रै बनाइएको बताए । ‘विवाहित महिला र पुरुषबीचको विवाहेत्तर सम्बन्धलाई अपराधीकरण नगरी सम्बन्धबिच्छेदको आधारमा मात्रै बनाइएको छ, लिभिङ टुगेदर अहिले… पुरा पढौ

मध्यपहाडी लोकमार्गः २४ वर्षमा पनि सम्पन्न हुन सकेन   

नेपालको मध्यपहाडको विकासको मेरुदण्ड मानिएको पुष्पलाल (मध्यपहाडी) लोकमार्गको ट्र्याक खुलेको २४ वर्ष पुगेको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको यो लोकमार्गको सबैभन्दा लामो खण्ड बागलुङमा छ ।          जिल्ला सदरमुकाम खण्ड दुई वर्षमा कालोपत्र गर्ने भनिए पनि अझै हुनसकेको छैन । छ वर्षसम्म पनि यो सडक कालोपत्र हुन नसक्दा बिहुँका स्थानीयवासीले निर्माण व्यवसायीविरुद्ध चरणबद्ध आन्दोलन गर्दै आएका छन् । गत असारपछि रोकिएको मध्यपहाडी लोकमार्गअन्तर्गत जिल्ला सदरमुकाम खण्डको २५ किलोमिटरमा पुनः काम थालिएको छ ।          गत असोजमा बागलुङ घोडाबाँधे सडक खण्डअन्तर्गत… पुरा पढौ

एमसीसी टाइमलाइन : कहिले के भयो ? 

सत्तारुढ गठबन्धनको आइतबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) संसदमा टेबुल गर्ने निर्णय गर्यो । सत्तारुढ गठबन्धनको बैठकपछि प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बस्यो ।  बैठकले आइतबार बस्ने प्रतिनिधिसभा बैठकमा एमसिसी अनुमोदनको लागि पेश गर्ने निर्णय गर्यो र कार्यसूचीमा राखियो ।  प्रतिनिधिसभाको आइतबार नै बसेको बैठकमा एमसिसी अनुमोदनका लागि टेबुल गरियो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरोध गरिरहे पनि एमसिसी टेबुल गरिएको थियो ।  प्रतिनिधिसभाको आइतबार नै बसेको बैठकमा एमसीसी अनुमोदनका लागि टेबुल… पुरा पढौ

जापान प्रवेश नियमहरू सहज भएपछि विदेशी विद्यार्थीहरूलाई प्राथमिकता दिन नसकिने-शिक्षा मन्त्री शिनसुके

पर्यटकका लागि आगमन बन्द गर्दै १ मार्चदेखि व्यवसायी, विद्यार्थी र कामदारलाई देशभित्र प्रवेश गर्न सहजता प्रदान गर्न कोभिड नियन्त्रणका लागि जारी कडा सीमा नियमलाई जापानले खुकुलो पार्दा विदेशमा फसेका विद्यार्थीहरूलाई प्राथमिकता भने नदिने स्पष्ट पारेको छ। लामों समयदेखि जापान आउनका लागि करिब १ लाख ५२ हजार विदेशी विद्यार्थीले भिसा स्वीकृत गराइ जापान प्रवेशका लागि हतारिएका भए पनि कोभिड–१९ सम्बन्धी कडा प्रतिबन्धका कारण उनीहरू जापान प्रवेश गर्न असमर्थ भएका थिए।जापान आउन हताश विद्यार्थीहरूले सीमा प्रतिबन्ध हटाउन महिनौंदेखि नाराबाजी गर्दै आएका र… पुरा पढौ

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल यान्त्रिक परीक्षण उडान शुक्रबारदेखि, बुद्ध पूर्णिमादेखि व्यावसायिक उडान

कुनै समय आयोजना नै खारेज हुने अवस्थामा पुगेको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्ततः शुक्रबारदेखि यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) हुने भएको छ । यान्त्रिक परीक्षण उडानका लागि एरो थाईको विमान बिहीबार साँझ आइपुगेको छ । थाइल्यान्डबाट काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार बिहान आइपुगेको विमान बेलुकी ५ बजे गौतम बुद्ध विमानस्थलमा अवतरण भएको हो । परीक्षणका लागि चालक, सहचालक, प्राविधिकसहित सात जनाको टोली आएको विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिए ।ढिलै भए पनि आयोजना सम्पन्न भएर क्यालिबे्रसन उडानको अवस्थामा पुग्नु… पुरा पढौ

जापानमा नेपाली उत्पादन विस्तार गर्दै ‘आन्भी मार्केटप्लेस’ 

इन्टरनेटको व्यापकतासँगै नेपालीहरु स्वदेशी उत्पादनहरुको विश्व बजारीकरण खोजिरहेका छन्।अस्ट्रेलिया, अमेरिका, बेलायत, कोरिया, जापान जस्ता देशहरुमा अहिले प्रशस्तै नेपाली उत्पादनहरु विस्तार गर्ने उद्यमीहरु भेट्न सकिन्छ।  यसै क्रममा लामो समयदेखि जापानमा बसोबास गर्दै आइरहेका आईटी तथा साइबर सेक्युरिटी क्षेत्रमा क्रियाशील युवा पवन थापा र सामाजिक अभियानमा सक्रिय रहेका कानागावा नेपाली कम्युनिटीका अध्यक्ष हरि सापकोटाको एउटा प्रयासले सयौ नेपाली कृषि उद्यमीहरुलाई जोड्नेछ। नेपाली समुदायको लागि केही नयाँ गर्ने हुटहुटीले जन्माएको इ–कमर्स प्लाटफर्म हो,आन्भी मार्केटप्लेस। आन्भी मार्केटप्लेस यहि १७ फेब्रअरीमा सार्वजनिक भएको छ । जापानमा… पुरा पढौ

वैदेशिक रोजगार र बसाइँसराइले रित्तिदै गएको गाउँमा बाँझो खेतबारी हरियाली बनाउन किसानहरू एकजुट

बारी बाँझै पल्टिने तर उब्जनी किनेर खानुपर्ने स्थितिलाई फेर्न बाग्लुङका किसान सामूहिक खेतीमा लागेका छन् । गलकोट नगरपालिका-७ मल्म, टोक्रीका किसानले समूह नै बनाएर बाँझो बारीमा खेती सुरु गरेका हुन् । जे फल्छ त्यही लगाउने तर जग्गा बाँझो नछाड्ने भनेर सामूहिक खेती सुरु गरिएको राम्चेढुङ्गा कृषि तथा पशुपालन समूहका अध्यक्ष विष्णु थापाले बताए । वैदेशिक रोजगार र बसाइँसराइले रित्तिदै गएको गाउँ हो, टोक्री । अध्यक्ष थापाका अनुसार त्यहाँको झण्डै ९० प्रतिशत खेतीयोग्य जग्गा बाँझो छ । समूहले पहिलो चरणमा दश रोपनीमा आलुखेती… पुरा पढौ

राष्ट्रिय परिचयपत्र बारे जान्नै पर्ने १५ कुरा 

नेपालमा २०७५ साल मंसिर ३ गतेबाट राष्ट्रिय परिचयपत्र वितरण गर्न शुरू गरिएको थियो । पाँचथरकी १०१ वर्षीय जेष्ठ नागरिक भगवती देवी भण्डारीलाई औपचारिक रुपमा राष्‍ट्रिय परिचयपत्र प्रदान गरी यसको वितरण शुरु भएको थियो ।  राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले अहिले देशभरबाट राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन गर्ने काम गरिरहेको छ । महालेखापरीक्षणकको ५८ प्रतिवेदन अनुसार २०७७ असार मसान्तसम्म १ लाख १४ हजार ७३९ उत्पादन तथा छपाइ भएकोमा ७१ हजार २४ मात्रै राष्ट्रिय परिचयपत्र वितरण गरिएको छ । ई-पासपोर्टका लागि राष्ट्रिय… पुरा पढौ