प्रमुख समाचार

पर्वतमा बन्यो नेपालकै पहिलो ‘स्काई क्याफे’ 

पर्वत, २१ माघ – सामान्यतः क्याफे भन्दासाथ बजारमा देखिरहेका क्याफेलाई नै हामी सम्झिन्छौँ । पसलमा जान्छौँ, चिया, कफी, खाजा के खाने हो खाइन्छ । जमिनमा घर निर्माण गरेर चलिरहेका ‘क्याफे’ मा त हामी सबै छिरेका नै हौँला । तर विश्वकै दोस्रो अग्लो दाबी गरिएको कालीगण्डकी नदीमाथि निर्माण भएको बञ्जीजम्पको निर्माण तथा सञ्चालक कम्पनी ‘द क्लिफ’ ले नेपालमै पहिलो पटक ‘स्काई क्याफे’ सञ्चालनमा ल्याएको छ । साहसिक खेलहरू बञ्जीजम्प, स्वीङ, स्काई चेयर, स्काई साइक्लिङ लगायतका पूर्वाधार निर्माण गरेर व्यावसायिक सफलता पाइरहेको… पुरा पढौ

जापानमा गाडीको ठक्करबाट गुल्मीकी एक महिलाको निधन

जापानको ओताकुको स्यान्नो बस्ने नेपालको गुल्मी घर भएकी एक महिलाको शुक्रबार बिहान गाडीको ठक्करबाट निधन भएको छ ।३० वर्षीय मृतक महिला बिहान ९ बजेको काममा जानको लागि साइकलमा हिडिरहेको अवस्थामा गाडीले ठक्कर दिएपछि घटनास्थलमै निधन भएको बताईएको छ ।श्रीमानसँग जापानमा बस्दै आएकी मृतकको नेपालमा ७ वर्षीय एक छोरी रहेकी छन ।जापानमा नै मृतक अर्यालको अन्तिम संस्कार गरिने पनि बताईएको छ । कोभिड-१९ कोरोनाको महामारीलाई ध्यानमा राखेर निश्चित व्यक्तिहरूलाई मात्र स्वास्थ्य सुरक्षाका मापदण्डहरू अपनाउदै अन्तिम संस्कारमा सहभागी हुन सकिने बताईएको छ… पुरा पढौ

१० वर्ष रित्तिएको घर फर्केपछि… 

गाउँको घर रुग्ण र बारी बञ्जर भइसकेको थियो । कुशल राना परिवारसहित काठमाडौँ बस्थे । भविष्य खोज्दै १० वर्षअघि सहर पसेका थिए, उनि । काठमाडौँ छँदै राना कतार पुगे ।  त्यहाँ टिक्न नसकेपछि दुई वर्षमै फर्किए । चार वर्ष म्याग्दीको जलविद्युत् परियोजनामा काम गरे । त्यसपछि भने रानाले जागिरे मनस्थिति त्यागे । जैमिनी नगरपालिका–७ जैदी बोरका रानाले गाउँ फर्कने निधो गरे । १० वर्षपछि थातथलो फिर्दा घर बस्न लायक थिएन । बारी घाँस र झाडीले ढाकिएको थियो ।  तैपनि रानाको… पुरा पढौ

२१ लाख ६९ हजार नेपाली विदेशमा, १० वर्षमा विदेशिने महिला ७१ प्रतिशतले बढे 

नेपालको जनसंख्या दश वर्षअघिको भन्दा १० प्रतिशतले बढेको छ। राष्ट्रिय जनगणना-२०७८ को प्रारम्भिक नतिजाअनुसार दश वर्षमा नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४  बाट बढेर २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ। यसपटक जनसंख्या वृद्धिदर भने घटेको विभागले जनाएको छ । अघिल्लो जनगणनामा १.३५ प्रतिशत जनसंख्या वृद्धिदर रहेकोमा यसपटक भने ०.९३ प्रतिशत पुगेको छ । १० वर्षमा नेपालको जनसंख्या २६ लाख ९७ हजार ९ सय ७६ बढेको विभागले जनाएको छ । यसपटकको जनगणनामा महिलाको संख्या १… पुरा पढौ

सबै स्वरोजगार बनेको एउटा गाउँ ‘बयलीडाँडा’ 

हाल गलकोट नगरपालिका २ बयलीका सबै स्वरोजगार छन् । बयली आसपासमा रहेका सबै ४५ घरधुरीले नै तरकारी बेचेरै लाखौं कमाउन थालेका छन् । अन्न बेसाएर खाने गरेको बयलीडाँडाले हाल लाखौंको तरकारी बजार पठाउन थालेको छ । वैदेशिक रोजगारबाट हैरानी खेपेर फर्केका हिराबहादुर पुनले यहाँ सुरु गरेको हाइटेक प्रविधिको खेती अहिले अरु घरले पनि थालेका छन् ।  पहिले पुनले टनेल बनाउन मात्रै एक लाख खर्चेको देखेर गाउँलेले गाली गर्थे । ‘नहुने ठाउँमा खर्च गरेको भनेर धेरैको गाली खाएँ, काम छाडिनँ’ उनले भने… पुरा पढौ

पैसा तिर्न क्यूआर कोड स्क्यान गर्दै हुनुहुन्छ? ख्याल गर्नुहोस् यी चार कुरा

क्यूआर (क्विक रेसपोन्स) कोड प्रयोगमा आएको धेरै समय भइसकेको छ। अझ कोभिड-१९ पान्डेमिकको समयमा झन ‘क्यासलेस’ भुक्तानीको लागि यसको उपयोगिता बढेको छ। क्यूआर कोड भनेको एक प्रकारको वर्गाकार बारकोड हो जसलाई हाम्रो स्मार्टफोनको क्यामेराबाट स्क्यान गरेर अनलाइन भुक्तानी गर्न, छिटो वेबसाइट एक्सेस गर्न, एपहरु डाउनलोड गर्न तथा रेस्टुरेन्टहरुमा मेनु हेर्न समेत सकिन्छ। फोन नम्बर, इमेल लगायतका सूचना र डाटाहरु सेयर गर्न तथा पैसा ट्रान्सफर गर्न समेत क्यूआर कोडको प्रयोग बढिरहेका बेला आपराधिक मानसिकता भएका व्यक्तिहरुले यसको गलत प्रयोग गरी ठगी… पुरा पढौ

‘हाइपर फन्ड’ नेटवर्किङको नयाँ धन्दा ! यसरी फस्दै छन् बिदेशका नेपाली !

हाइपर फन्ड’ नेटवर्किङको अर्को धन्दा ! यसरी फस्दै छन् नेपाली ! काठमाडौं : कुनै समय हर्बो, युनिटीलगायतका नेटवर्किङ व्यवसायबाट धेरै जना ठगिए। कतिपयको त घरबास नै उठ्यो। लाखौं सर्वसाधारण ठगीमा परेपछि मात्रै सरकारले सञ्चालकलाई कारबाही गर्‍यो। तर, अझै पनि सर्वसाधारणको लगानी भने उठ्न सकेको छैन। अहिले त्यस्तै प्रकृतिको ‘हाइपर फन्ड’ देखा परेको छ। डिसेम्बरदेखि ‘हाइपर भर्स’को रूपमा रूपान्तरण भएको छ। कुरै नबुझी सर्वसाधारण ‘हाइपर भर्स’ मा लगानी गरिरहेका छन्। यो फन्डमा भएको अन्धाधुन्ध लगानीले पनि मुलुकमा आर्थिक संकट निम्तिएको जानकारहरू… पुरा पढौ

देशव्यापी कोरोनाभाइरस संक्रमणका संख्या बढ्दै गएपछि जापानले ४७ प्रान्तमध्य ३४ प्रान्तमा अर्ध आपतकाल विस्तार गर्दै

देशव्यापी कोरोनाभाइरस संक्रमणका संख्या बढ्दै गइ रहेको अवस्थालाई मध्यनज़र गर्दै फैलावटलाई रोक्नको लागि सरकारले अन्य प्रान्तहरूमा अर्ध आपतकाल विस्तार गर्ने योजना गरिरहेको प्रधानमन्त्री फुमियो किशिदाले बताएका छन ।जापानले मंगलबार कोरोनाभाइरसको ओमिक्रोन संस्करणको द्रुत प्रसारलाई रोक्न थप १८ क्षेत्रहरू थपेर देशका ४७ प्रान्तहरू मध्ये ३४ मा कोभिड-१९ अर्ध-आपतकालीन अवस्था विस्तार गर्ने भएको छ।देशका ४७ वटा प्रान्त मध्ये ३४ वटा प्रान्तहरूमा अर्ध आपतकाल विस्तार गर्ने योजनालाई सरोकारवाला निकायसँगको आवश्यक परामर्शपछि औपचारिक रूपमा घोषणा गर्न लागिएको प्रधानमन्त्री किशिदाको भनाइलाई उदृत गर्दै सरकारी अधिकारीहरूले… पुरा पढौ

बागलुङ गलकोटका युवा रमेश बस्नेतले जापानबाट फर्केर गाउँमै बाख्रापालन व्यवसाय सुरु

गलकोटे युवाहरुको रोजाइको थलो बनेको छ जापान । यहाँका प्रत्येक घरका युवा जापानमा छन् भन्दा फरक नपर्ला । गाउँमा खेतियोग्य भूमि बाँझिएका छन् । गाउँको जायजेथा छोडेर दिनदिनै युवाहरु जापानमा पलायन भइरहेका छन् । केहीले सबै परिवारनै जापान लगेका छन् त केहीले बुढा बाआमालाई छोडेर विदेशीयका छन् । युवाहरुको जापान मोहले गाउँ उजाडिएको छ । अहिले गाउँमा वृद्धवृद्धा र बालबालिका बाहेक अरुलाई भेट्याउनै मुस्किल पर्छ । तर पछिल्लो समय केही युवाहरु विदेशबाट फर्किएर गाउँमै व्यवसाय गर्न थालेका छन् । त्यस… पुरा पढौ

प्रधानमन्त्रीको सम्बोधन: अर्को वर्ष तीनै तहको निर्वाचन (पूर्णपाठसहित)

प्रधानमन्त्री शेरबहादुर देउवाले एकवर्षभित्र तीन तहका निर्वाचन गर्नुपर्ने बाध्यता रहेकाले निर्वाचनको पूर्वतयारीका कामहरु सम्पन्न गर्न निर्देशन दिएका छन् । शुक्रबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एक वर्षभित्र तीनै तहको निर्वाचन सम्पन्न गरिसक्नु पर्ने भएकाले सम्बन्धित पक्षलाई निर्वाचनको पूर्वतयारीका काम सम्पन्न गर्न निर्देशन दिएका हुन् । प्रधानमन्त्रीले भने, ‘एक वर्षभित्रै तीन तहको निर्वाचन गर्नुपर्ने दायित्व सरकारमाथि रहेको छ । निर्वाचनका पूर्वतयारीका कामहरू सम्पन्न गर्न म सम्बन्धित सबैसँग अनुरोध गर्न चाहन्छु।’ प्रधानमन्त्रीले राजनीतिक दलहरुसँगको आपसी सहमतिमा संसदको गतिरोध अन्त्य गरिने बताए… पुरा पढौ