प्रमुख समाचार

पूर्वाधारमा अरुलाई उछिन्दै ताराखोला गाउपालिका

शैक्षिक अन्तरक्रियामा भाग लिन सोमबार ताराखोला पुगेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल त्यहाँको सभागृह देखेर दङ्ग परे। दर्शकदीर्घाअघि उभिएर उनले भने, “यो हेर्दा, यहाँ बोलिरहँदा कुनै विकसित सहरको सभागृहमा पुगेझैँ अनुभूति भइरहेको छ ।”  उनले आन्दोलनमा होस् या विकास निर्माणमा ताराखोलाका जनसमुदायले इमान्दार भूमिका निर्वाह गरेकामा प्रशंसा व्यक्त गरे । “यहाँको जनसमुदाय मेहेनती र इमान्दार छ, कुनै छलछाम र तिकडम छैन भन्ने कुरा कामले पुष्टि गरेको छ”, उनले भने, “भौतिक पूर्वाधारदेखि समग्र विकासमा ताराखोलाको नेतृत्वले लिएको पहलकदमी सह्रानीय छ… पुरा पढौ

यस्ता छन् प्रधानन्यायाधीशमाथि महाभियोग लगाउनुको २१ कारण(पूर्णपाठसहित) 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध आइतबार संसद सचिवालयमा महाभियोग प्रस्ताव दर्ता भएको छ । प्रधानन्यायाधीश जबराविरुद्ध सत्तारुढ पाँचदलीय गठबन्धनका सांसदहरुले संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गरेका हुन् । राणाले लोकतन्त्र, मानवअधिकार, जनताको न्याय, विधिको शासन, संवैधानिक स्वतन्त्रता र जिम्मेवार न्यायापालिकाको जगेर्ना गर्न नसकेको उल्लेख गरिएको छ । त्यस्तै, सर्वोच्च अदालतलगायत न्यायपालिकाभित्र राणाको कार्यकालमा विकृति, विसंगति र भ्रष्टाचार बढेको, विचौलियाले प्रवेश पाएको र प्रभाव बढाउँदै लगेको उल्लेख गर्दै उनलाई महाभियोग लगाउनुपर्ने अवस्था सिर्जना भएको उल्लेख छ । संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका… पुरा पढौ

प्रधानन्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव दर्ता 

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको छ । आइतबार सत्ता गठबन्धनका ९८ सांसदले प्रधानन्यायाधीशविरुद्ध संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गरेका हुन् । महाभियोग प्रस्ताव लिएर कांग्रेस सांसद पुष्पा भुसाल, नेकपा एकीकृत समाजवादीका सांसद जीवनराम श्रेष्ठ, माओवादी केन्द्रका देव गुरुङ, कांग्रेस सासद गगन थापालगायत सांसद संसद सचिवालय पुगेका हुन् । नेपालको संविधानको धारा १०१(२) अन्तर्गत संसद् सचिवालयमा प्रधानन्यायधीशविरुद्ध दर्ता भएपछि उनी स्वतः निलम्बनमा परेका हुन् । यसम्बन्धी पत्र सर्वोच्चमा पुगेपछि निलम्बनले औपचारिकता पाउनेछ । नेपालको संविधानको धारामा… पुरा पढौ

सुटुक्क सदर हुने एमसिसी यसरी पुग्यो संसद् 

बोल बोल मछली, मुखभरि पानी’ भनेजस्तो हिजो अपारदर्शी काम गरेर नेताहरु बदनाम भए, अहिले बढी बोलेर आफैं हैरान हुँदैछन् । चाहे निर्वाचनको मिति घोषणा प्रकरण होस् या एमसिसी र प्रतिनिधिसभा विघटनकै सन्दर्भ किन नहोस्, देशका मुख्य नेताहरु लाजमर्दो अवस्थामा पुग्दैछन् । र, त्यसको महँगो मूल्य अस्थिरता, अराजकतासँग देशले चुकाउँदैछ । जब आन्तरिक राजनीतिमा गज्याङमज्याङ हुन्छ, तब स्वाभाविक रुपमा विदेशीले चलखेलको मौका पाउने नै भए । हिजो अमेरिकी सहायता परियोजना एमसिसी सम्झौता कसले ग¥यो ? आफूखुशी खुसुक्क क्याबिनेटबाट पास गरे हुनेमा… पुरा पढौ

एमसीसी नेपाल: सम्झौता संसद्‌मा प्रस्तुत गर्ने ‘प्रधानमन्त्री शेरबहादुर देउवाको प्रस्तावमा प्रचण्ड र माधवकुमार नेपाल असहमत’ 

एमसीसीका विषयमा सहमति जुटाउन बसेको प्रधानमन्त्रीसहित शीर्ष नेताहरूबीचको बैठक बिनानिष्कर्ष सकिएको छ । शनिबार एमसीसीमा केन्द्रित भएर प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको हो । एमसीसी सम्झौताबारे संसदमा अघि बढाउन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको प्रस्ताव सत्ता साझेदार नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)का शीर्ष नेताले अस्वीकार गरेका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमसीसी सम्झौतामा… पुरा पढौ

सुस्ताएका पर्यटकीय क्षेत्रलाई ब्युझाउन सहयोगी बन्दै टिकटक एप्स

पछिल्लो समय नेपालमा टिकटक एप प्रति मानिसहरुको रुची बढ्दै गएको छ । मनोरञ्जनका लागि तथा सूचना समाचारका लागि समेत यो माध्यम प्रभावकारी बन्दै गएको पाइन्छ । यस संगै टिकटकको माध्यमबाट सुस्ताएका पर्यटकीय क्षेत्र, ग्रामिण बस्ती तथा प्राकृतिक सौन्दर्यले भरिपुर्ण क्षेत्रहरुको प्रचार प्रसार संगै पर्यटकको आगमन बृद्धि गर्न पनि फाईदा पुगेको पर्यटन व्यवसायीहरुले बताएका छन् ।प्रतिभा प्रदर्शन गर्न, कलाकारिता, राजनीति देखि व्यक्तिगत समस्याका बिषय पनि टिकटक एप्समा अहिले छरपस्ट देख्न पाइन्छ । अहिले टिकटक सबैको रुचीको बिषय समेत बन्दै गएको छ… पुरा पढौ

राष्ट्रिय झण्डा सहित पर्यटन क्षेत्रको प्रचार, हिउँमा रमाउदै पर्यटक 

सामाजिक संजालहरु टिकटक र फेसवुकमा नेपालको झण्डा र झोला सहित हिउँमा हिडेको तस्वीर अधिकाशं आन्तरिक पर्यटकले समाजिक संजालमा पोष्ट गरेपछि एकाएक चर्चामा आए। ति सबै समाजिक संजालको पोष्टमा गरिएको प्रतिक्रिया हो, आहा कति सुन्दर, यो ठाँउ कहाँ होला ? त्यो ठाँउ हो कालिलेक । बिहिवार देखी अविरल बर्ष संगैं हिमपात भएपछि गलकोटका अधिकासं पहाडहरु हिउँले सेताम्मे भएका थिए शुक्रबार भने निरन्तर बर्षा भएकोले हिउँ खेल्न जानेहरुले योजना बनाउन सुरु गरे । कतिपयले गलकोट सहित देशका बिभिन्न ठाँउमा हिउँ खेलेको फोटो… पुरा पढौ

यस्तो छ देउवा र प्रचण्डले एमसीसीलाई पठाएको पत्र (पत्रसहित)

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पाेरेशसन (एमसीसी) संसदबाट अनुमोदन गर्ने लिखित प्रतिवद्धता गरेको खुलेको छ । देउवा र प्रचण्डले एमसीसी बोर्डलाई पत्र लेखेर संसदबाट एमसीसी अनुमोदन गर्ने प्रतिवद्धता जनाएको खुलेको हो । दुबै नेताले सेप्टेम्बर २९ अर्थात् असोज १३ गते एमसीसी बोर्डलाई पठाएको पत्र अनलाइनखबरलाई प्राप्त भएको छ । एमसीसी बोर्ड अध्यक्षलाई सम्बोधन गरेर पठाइएको संयुक्त पत्रमा एमसीसी संसदबाट अनुमोदन गर्ने दुबै नेताले प्रतिवद्धता जनाउँदै चार÷पाँच महिनाको समय मागेका… पुरा पढौ

‘एमसीसी सम्झौतामा संशोधन सम्भव छैन’

अमेरिकी सहयोग नियोग एमसीसीले नेपालसँगको सम्झौतामा कुनै संशोधन सम्भव नहुने प्रस्ट पारेको छ । संसद्बाट अनुमोदन गर्नुअघि संशोधन गर्ने विकल्पमा सत्ता गठबन्धनभित्र बहस चलिरहेका बेला एमसीसी मुख्यालयको डिपार्टमेन्ट अफ कम्प्याक्ट अपरेसन्सकी उपाध्यक्ष फातिमा सुमारले सम्झौता अनुमोदन र कार्यान्वयनको विकल्पमा जान नेपाललाई आग्रह गरेकी छन् ।एमसीसीकै सन्दर्भमा उनले भदौ २४ देखि २७ सम्म नेपाल भ्रमण गरेकी थिइन् ।  एमसीसी मुख्यालय वासिङ्टन डीसीबाट शुक्रबार बेलुकी कान्तिपुरसँग भर्चुअल संवाद गर्दै सुमारले भनिन्, ‘म स्मरण गराउन चाहन्छु कि एमसीसीलाई अन्तर्राष्ट्रिय सम्झौताका रूपमा मान्यता दिलाउन संसद्बाट पारित गराउनुपर्छ… पुरा पढौ

बागलुङमा ६२ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई कोरोनाविरूद्धको बुस्टर डोज

बागलुङका ६२ देखि ६४ वर्षभित्रका ज्येष्ठ नागरिकलाई आजदेखि कोभिड १९ विरूद्धको बुस्टर डोज दिन थालिएको छ।सो उमेर समूहका झण्डै तीन हजार ५०० जनाले खोपको थप मात्रा पाउने छन्।खोपको दोस्रो मात्रा लगाएको ६ महिना पुगेका ज्येष्ठ नागरिकलाई बुस्टर डोज दिन लागिएको जिल्ला स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर राजु खत्रीले बताए। उनका अनुसार जिल्लाका दस वटै स्थानीय तहमा अहिले कोभिड १९ विरूद्धको खोप अभियान चलिरहेको छ।‘हरेक स्थानीय तहमा सातामा दुई बार खोप सेवा सञ्चालन भइरहेको छ, बुस्टर मात्रा पनि त्यसैअन्तर्गत दिइन्छ’, उनले भने,… पुरा पढौ