प्रमुख समाचार

जापानको सीपले जन्माएको ‘बर्गर हब’

छोरी निक्कीको भविष्यका लागि नवराज सिलवाल निकै चिन्तित थिए- हुर्किंदै जाँदा जापानकै रहनसहनमा घुलेर नेपाल फर्किन नमान्ने पो हो कि ? उनलाई यो चिन्ताले सधैँजसो पिरोलिरहन्थ्यो । १० वर्षकाे जापान बसाइका क्रममा उनले त्यस्ता घटना देखेका पनि थिए ।  एक दिन नवराजले श्रीमती कल्पनालाई नेपाल फर्किने योजना सुनाए । उनले पनि त्यो निर्णय सहजै स्वीकारिन् । उनीहरू २०१९ मा नेपाल फर्किए ।  जापानमा उनले दाम मात्रै कमाउँथे । त्यो दिनको निर्णयले उनलाई दाम, नाम र त्योभन्दा धेरै सन्तुष्टि दिएको छ । अहिले उनले काठमाडाैंकाे पुतलीसडक चोकमा… पुरा पढौ

पल शाहविरूद्धको अभियोगपत्र: नाबालिग गायिकाबारे यस्तो छ पल शाहको बयान

अभिनेता पल शाहविरुद्ध एकजना नाबालिग गायिकामाथि बलात्कार अभियोगमा बिहीबार नवलपुर जिल्ला अदालतमा मुद्दा दर्ता भएको  छ। अभिनेता पल शाहविरुद्ध एकजना नाबालिग गायिकामाथि बलात्कार अभियोगमा बिहीबार नवलपुर जिल्ला अदालतमा मुद्दा दर्ता भएको  छ। शाहविरुद्ध मुद्दा चलाउने क्रममा जिल्ला सरकारी वकिलको कार्यालयले १६ पृष्ठ लामो अभियोग पत्र तयार पारेको छ।  अभियोग पत्रमा पीडित भनिएकी नाबालिग गायिकाका बुवाले दिएको जाहेरीलाई प्रमुख आधार मानिएको  छ। तनहुँमा जस्तै गायिकाका बुवाले इलाका प्रहरी कार्यालय गैँडाकोटमा पनि जाहेरी दिएका थिए। जहाँ पहिलो पटक घटना भएको बताइएको छ। … पुरा पढौ

१४ सांसदविरुद्धको रिट अन्तिम सुनुवाइका लागि पेश गर्न सर्वोच्चको आदेश

काठमाडौं– सर्वोच्च अदालतले माधव नेपालसहित १४ सांसदहरू विरुद्धको मुद्दाको पूर्ण सुनुवाइ चैत २० गतेदेखि गर्ने भएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिटको सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडा र डा. कुमार चुडालको संयुक्त इजलासले पूर्ण सुनुवाइका लागि २०७८ चैत २० गते आइतवारको पेशी तोक्न आदेश दिएको हो। इजलासले रिट निवेदकबाट उठाइएका संवैधानिक तथा कानुनी प्रश्नहरूको निरुपण छिटो छरितो निरुपण गर्नुपर्ने भएकाले रिटलाई पूर्ण सुनुवाइका निम्ति पेश गर्ने आदेश गरेको हो । संयुक्त इजलासले मुद्दाको पक्ष र विपक्ष दुवैको… पुरा पढौ

दुई वर्षदेखि बन्द मलेसियाको श्रम स्वीकृति खुला

सरकारले नेपाली श्रमिकको प्रमुख गन्तव्य मुलुक मलेसियाको श्रम स्वीकृति खुल्ला गर्ने निर्णय गरेको छ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले दुई वर्षदेखि बन्द मलेसियाको श्रम स्वीकृति खुल्ला गर्ने निर्णय गरेको मन्त्रीका प्रेस संयोजक तेजप्रसाद वाग्लेले जानकारी दिए।  मलेसियाबाट प्राप्त हुने रोजगारी गुम्न नदिन तत्काल श्रमस्वीकृति दिन थाल्नेनिर्णय गरेको मन्त्री श्रेष्ठले बताएका छन्।  वैदेशिक रोजगार ऐन, २०६४ तथा नेपाल–मलेसिया श्रम सम्झौता प्रतिकुल नहुने गरी दूतावासबाट प्रमाणिकरण भएर आएका मागपत्र अनुसार श्रम स्वीकृति दिने निर्णय भएको छ। कोरोना महामारीका कारण सन्… पुरा पढौ

‘काँग्रेस–एमाले’को कित्ताकाटले एनआरएनए फुट्यो, एकै समयमा दुई समूहको चुनाव घोषणा 

विदेशमा रहेका नेपालीहरुको साझा संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) मा विभाजन आएको छ । सामाजिक संस्थाको रुपमा रहेको एनआरएनएमा चर्को राजनीति हुँदा उक्त संस्था अन्ततः विभाजित बन्न पुगेको हो ।  विशेषगरी चुनावको मुखमा काँग्रेस र एमाले गरी एनआरएनएका अभियन्ताहरु कित्ताकाट हुँदा विवाद चर्किँदै विभाजनको अवस्था निम्तिएको हो । एमाले निकटका अध्यक्ष कुमार पन्त र उनको समूह तथा अध्यक्षका प्रत्यासी कुल आचार्य बीचको बढ्दो अन्तरद्वन्द्वले करिब २० वर्षे इतिहास बोकेको संस्था विभाजित बनेको हो ।  पन्त समूहबाट नयाँ नेतृत्वका लागि बद्री… पुरा पढौ

विदेशबाट नेपाल आउँदा खोप कार्ड वा पीसीआरमध्ये एउटा भए पुग्ने 

अब विदेशबाट आएका यात्रुले कोरोनाको पूर्ण खोप लगाएको प्रमाणपत्र पेस गर्नुपर्ने भएको छ। गत फागुन १६ गते बसेको मन्त्रिपरिषद बैठकले हवाई मार्ग तथा स्थल मार्ग भई आउने यात्रुका लागि सो मापदण्ड बनाउने निर्णय गरेको हो। विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशी यात्रुसँग पूर्ण मात्राको खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने भएको छ । खोप कार्ड वा पछिल्लो ७२ घण्टाको पीसीआर नेगेटिभ भएको प्रमाणपत्र ल्याउने व्यक्ति क्वारेन्टाइन पनि बस्नु नपर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । अध्यागमन विभागले आज विज्ञप्ति… पुरा पढौ

संखुवासभा दुर्घटनाका मृतक १४ मध्ये १० को सनाखत नामावलीसहित

संखुवासभामा आज बिहान भएको बस दुर्घटनामा मृत्यु भएका १४ जना मध्ये १० जनाको सनाखत भएको छ ।  दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस आज बिहान साढे ७ बजे संखुवासभाको मादी नगरपालिका- ६ सातघुम्तीमा दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै मृत्यु भएको थियाे ।  दुर्घटनामा अहिलेसम्म १४ जनाकाे मृत्यु भइसकेको छ। तीमध्ये १० जनाको मात्र नाम र ठेगाना खुलेको छ, बाँकी २ महिला, एक पुरुष र एक बालकको भने पहिचान खुल्न बाँकी रहेको १ नम्बर प्रदेश ट्राफिक कार्यलय इटहरीले जनाएको छ। मृतकमा… पुरा पढौ

अभिवादन, अनुशासन र जापानको शिक्षा

शायद तपाईले टेलिफोनमा कुराकानी गरिराखेको जापानीहरु देख्नुभएको हुनुपर्छ । टेलिफोनमा कुराकानी भईराखेको दुई व्यक्तिबीच एकआपसमा देखादेख हुँदैनन् तर पनि शिर निहुराएर अभिवादन गर्दै कुराकानी गर्ने गर्दछन् । भनिन्छ अभिवादन वार्तालापको शुरुवाती हो । जापानीहरु कसैसँग प्रत्यक्ष भेट हुँदा नचिनेको व्यक्ति भए पनि ‘ओहायो गोजाइमास’, ‘कोन्निचिवा’ भनेर अभिवादन गर्ने गर्दछन् । त्यसो त जापानीहरु चिनजानकै साथीसँग भेट भएको अवस्थामा पनि अभिवादन गरेर ‘आज त राम्रो मौसम छ है’ भन्ने खालको कुराकानीबाट अन्य कुराकानी शुरु गर्ने गर्दछन् । अभिवादनबाट नै अन्य कुराकानी… पुरा पढौ

जापानले गर्दै आएको सिमा नियन्त्रणको कडाइमा थप सहज बनाइने, विद्यार्थीलाई प्राथमिकताका साथ प्रवेश दिने

जापानले तीन महिनादेखि लगाउदै आएको सीमा प्रतिबन्ध मार्च १४ बाट सीमा नियन्त्रणहरूमा थप सहज बनाई देशमा प्रवेश गर्न अनुमति दिने दैनिक सीमा हालको ५,००० बाट बढाएर ७,००० पुर्याउदै विद्यार्थीलाई प्राथमिकताका साथ प्रवेश दिने भएको छ ।धेरै विद्यार्थीहरू अप्रिलबाट विद्यालयको अध्ययन सुरु हुनु अघि जापान प्रवेश लागि लामो समयदेखि पर्खिरहेकाले विदेशी नागरिकहरूलाई सीमाको पर्वाह नगरी हालको दैनिक ५००० जना प्रवेशको सिमालाइ बढाएर ७००० जना सम्मलाई स्वीकार गर्दै विद्यार्थीलाई प्राथमिकताका साथ जापान प्रवेश दिने प्रधानमन्त्री फुमियो किशिदाले बिहीबार आयोजित पत्रकारमा बताए ।विगत… पुरा पढौ

जापान टोकियोसहित अन्य नौ प्रान्तहरूमा जारी अर्ध-आपतकालिन उपायहरूको थप दुइ हप्ता विस्तार गर्ने योजनामा

जापानका १० प्रान्तहरूमा कोभिड-१९ का गम्भिर प्रकृतिका बिरामीहरूका लागि अस्पतालको बेड उपयोगको दर उच्च रहेकोले हाल जारी अर्ध-आपतकालिन अवस्थालाई अझ दुई हप्ता विस्तार गर्ने योजना गरिरहेको छ ।हाल ३१ प्रान्तहरूमा रहेको अर्ध-आपतकालीन उपायहरूको अवधि आगामी आइतबार अर्थात् मार्च ६ तारिकका दिन सकिने भएकोले सरकारले टोकियो, साइतामा, चिबा, कानागावा, गिफु, आइची, मि, क्योटो, ओसाका र ह्योगोमा मार्च २१ सम्म विस्तार गर्ने योजना गरिरहेको सरकारी अधिकारीहरूले बताएका छन। यस सम्बन्धी सरकारले यहि हप्ताको अन्त्यमा कुन प्रान्तमा उपायहरू विस्तार गर्ने र कति समयको… पुरा पढौ