प्रमुख समाचार

व्यक्तिगत श्रम स्वीकृतिमा विदेश जानेलाई स्वघोषणा अनिवार्य 

व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका अधिकांश नेपाली विदेशमा अलपत्र पर्न थालेपछि सरकारले त्यस्तो बाटोबाट वैदेशिक रोजगारीमा जाने व्यक्तिले स्वघोषणा पत्र अनिवार्यरुपमा भर्नुपर्ने व्यवस्था गरेको छ । वैदेशिक रोजगारीका नाममा भिजिट भिसा र व्यक्तिगत श्रम स्वीकृति लिएर गएका व्यक्ति अलपत्र पर्ने, ठगिने, सरकारले तोकेकोभन्दा बढी शुल्क तिर्न बाध्य पारिने जस्ता प्रवृत्ति देखिएपछि वैदेशिक रोजगार विभागले स्वघोषणा पत्र भर्नुपर्ने व्यवस्था गरेको हो । तत्कालका लागि साउदी अरेबिया, कतार, कुवेत, संयुक्त अरब इमिरेट्स (युएई), क्रोएसिया, अल्बानिया, पोल्यान्ड, रोमानिया, स्लोभाकिया, हङ्गेरी, माल्दोभा… पुरा पढौ

निर्वाचन आचारसंहिता : शुक्रवारदेखि लागु, के गर्न पाइन्छ ? के गर्न पाइँदैन ? 

निर्वाचन आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, मितव्ययी र भयरहित तुल्याउन निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा जोड दिँदै आएको छ । आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि राजनीतिक दल र सरोकारवाला पक्षसँग छलफलका आधारमा तयार गरिएको निर्वाचन आचारसंहिता हिजोदेखि लागू भइसेको छ । आचारसंहितामा निर्वाचनको प्रक्रियालाई प्रतिकूल प्रभाव पार्ने गरी कसैको पक्ष वा विपक्षमा विचार राख्न, प्रचारप्रसार गर्न, कुनै विद्युतीय सामग्री उत्पादन गर्न तथा सामाजिक सञ्जालमा प्रकाशन गर्न वा अरुले प्रकाशन गरेका सामग्री शेयर गर्न नहुने आयोगका प्रवक्ता… पुरा पढौ

बागलुङको चर्चित चैते दसैं मेलाको मौलिकता हराउँदै 

बागलुङको बडिगाड गाउँपालिका–४ जलजलाका शशिराम विक २८ वर्षदेखि चैते दसैं मेलामा चोयाका सामग्री डाला, नाग्ला र डाली बेच्न बागलुङ बजार नजिकै रहेको कालिका मन्दिर परिसरमा आउँछन्।   बिहीबारदेखि सुरू भएको चैते दसैं मेलामा उनले जम्मा ४० थान मात्रै डाला बिक्रीका लागि ल्याएका छन्। बर्सेनि डालाको व्यापार घट्दै गएपछि विकलाई डाला उत्पादनमा त्यति जाँगर नलाग्ने गरेको बताइएको छ।  कोरोना भाइरस संक्रमणले दुई वर्ष चैते दसैं मेला नभएका कारणबाहेक २८ वर्षदेखि मेलामा चोयाका सामग्री बिक्री गर्न आएका विकले चैते दसैंको मौलिकता हराउँदै गएको बताए। परम्परा धान्नकै लागि जलजलाबाट… पुरा पढौ

युक्रेन–रुस युद्धः लासहरूसँग बास बस्ताको कहाली

यहिद्‌ने नगरस्थित एउटा विद्यालयमा भूमिगत तलाको सेतो र ओसिलो भित्तामा राखिएको पात्रोमा रातो घेरा लगाइएको छ। यो घेराले मार्च ५ बाट अप्रिल २ सम्मको करिब एक महिना गाउँका बासिन्दाहरूले भोगेको अकल्पनीय आघातको समय सङ्केत गर्छ। किएभबाट १४० किलोमिटर उत्तर पश्चिममा रहेको यो गाउँ बेलारूस र रुसको सीमावर्ती सहर चेर्नीहिभसँगै जोडिएको छ। करिब एक महिना रुसी सेनाको कब्जामा रहेको यो सहरमा करिब १३० जना गाउँलेलाई करिब ६५ वर्ग मिटरको कोठामा चार साता राखिएको थियो। रुसी सेनाहरूले बन्दुक तेर्स्याएर घर बाहिर निकालेका… पुरा पढौ

अब २ दिन सरकारी बिदा,मन्त्रीपरिषद्ले गर्‍यो निर्णय 

सरकारी खर्च कटाउन सरकारले २ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले नेपाल राष्ट्र बैङ्कको सिफारिस अनुसार २ दिन बिदा दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। मन्त्रीपरिषद्ले सरकारी खर्चमा २० प्रतिशत कटौती गर्ने निर्णयसँगै सार्वजनिक बिदा दिने निर्णय गरेको हो। यसबारे थप छलफलपछि निर्णय कार्यान्वयनमा आउने ती मन्त्रीले जानकारी दिए।  सरकारी खर्च घटाउन र सरकारी कार्यालयको सेवा प्रवाहमा सुधार गर्न सरकारी कार्यालयको समय बढाउने र त्यसबापत २ दिन बिदा दिन धेरै अगाडिदेखि सुझाव गए पनि… पुरा पढौ

मालढुङ्गा–बेनी सडकखण्डमा दैनिक पाँच घण्टा यातायात बन्द हुने 

मुस्ताङ र म्याग्दीलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडकखण्डमा दैनिक पाँच घण्टा यातायात बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाको बैठकले मालढुङ्गा–बेनी सडक निर्माणलाई गति दिन आगामी वैशाख ३ देखि वैशाख २५ गतेसम्म दैनिकरुपमा सवारीसाधन चलाउन रोक लगाउने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाको अध्यक्षतामा बसेको बैठकले बिहान ११ देखि दिउँसो ४ बजेसम्म यातायात बन्द गर्ने निर्णय गरेको हो । सवारीसाधनको चापले सडक विस्तारको काम प्रभावित बनेपछि बेनी–जोमसोम–कोरला सडक आयोजना र निर्माण कम्पनी एपेक्स–खड्का कृष्ण… पुरा पढौ

पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि ,पेट्रोल प्रतिलिटर १६०, खाना पकाउने ग्यास प्रति सिलिण्डर १६०० 

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि भएको छ । नेपाल आयल निगमले मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ पुगेको छ । त्यस्तै, डिजेल र मट्टितेलको प्रतिलिटर १४३ रुपैयाँ कायम गरिएको छ । खाना पकाउने ग्यासको प्रति सिलिण्डर १६ सय रुपैयाँ पुगेको छ । निगमले हवाई इन्धन आन्तरिकतर्फ ४ रुपैयाँले बढाएर प्रतिलिटर १५६ रुपैयाँ र बाह्यतर्फ ५० डलरले बढाएर प्रतिकिलोलिटर १५४५ डलर कायम गरेको छ । पुरा पढौ

चरम आर्थिक सङ्कटको व्यवस्थापन प्रति असन्तुष्ट श्रीलङ्काका सबै मन्त्रीहरूद्वारा सामूहिक राजीनामा

चरम आर्थिक सङ्कट व्यवस्थापन प्रति असन्तुष्ट सर्वसाधारणहरूको प्रदर्शनकाबीच श्रीलङ्काका सबै मन्त्रीहरूले सामूहिक राजीनामा दिएका छन् । मन्त्रिपरिषद्का २६ सदस्यले राजीनामा बुझाएका छन् तर प्रधानमन्त्री महिन्द राजपक्ष र उनका दाइ राष्ट्रपति गोटाबय राजपक्षले भने राजीनामा गरेका छैनन् । यसअघि कर्फ्युको अवज्ञा गर्दै सर्वसाधारणहरूले सडक प्रदर्शन गरेका थिए । श्रीलङ्का सन् १९४८मा स्वतन्त्र भएयताकै खराब आर्थिक सङ्कटसँग जुझिरहेको छ । र यो आंशिक रूपमा विदेशी मुद्राको अभावले गर्दा भएको हो, जुन इन्धन आयातको भुक्तान गर्नका लागि प्रयोग गरिन्छ । लगभग आधा दिन… पुरा पढौ

श्रमस्वीकृति रद्द र सिफारिस नियम हट्यो 

विदेशमा मृत्यु र अंगभंग भई फर्केका श्रमिकले बिमा दाबी गर्दा अनिवार्य गरिएको श्रमस्वीकृतिको सिफारिस र श्रमस्वीकृति रद्दका लागि बिचौलियाले लाखौ रुपैयाँ उठाउन थालेपछि सरकारले सिफारिसको नियम हटाएको छ । यसअघि वैदेशिक रोजगारीका क्रममा मृत्यु र अंगभंग भएका बिरामीले बिमा रकम भुक्तानीका लागि विभागवाट श्रमिकले श्रमस्वीकृति लिएर गएको हो भनी प्रमाणित गर्नुपर्ने अनिवार्य प्रावधान थियो । वैदेशिक रोजगार विभागले सिफारिसको नाममा ठगी बढ्न थालेपछि सम्बन्धित कामदारले श्रमस्वीकृति लिएर गएको हो भनी प्रमाणित गर्नुपर्ने प्रावधान हटाइएको जनाएको छ ।योसँगै श्रमस्वीकृति सिफारिस र… पुरा पढौ

सार्वजनिक सवारीसाधनको भाडा बढाउने सरकारको निर्णय 

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक सवारीको भाडा बृद्धि गरेको छ । मन्त्रालयले यात्रुवाहक तथा मालवाहक सवारी साधनको सार्वजनिक सवारीसाधनको भाडादर १० देखि १४ प्रतिशतसम्म बढाएको हो । इन्धनको मूल्य बढेपछि यातायात व्यवसायीको दबाबमा सरकारले सार्वजनिक सवारीसाधनमा भाडा बढाएको हो । मन्त्रीस्तरीय निर्णयमार्फत प्रदेशस्तरमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा हाल कायम भएको दरमा १० देखि १४ प्रतिशतसम्म भाडा वृद्धि गर्ने निर्णय गरेको हो । एक प्रदेशबाट अर्को प्रदेशका लागि चल्ने मालबाहक तथा यात्रुबाहक सवारीसाधनमा मात्रै भाडा बढेको यातायात व्यवस्था… पुरा पढौ