श्रमस्वीकृति रद्द र सिफारिस नियम हट्यो 

-


     जनहित न्युज    
     चैत्र १७ गते २०७८


विदेशमा मृत्यु र अंगभंग भई फर्केका श्रमिकले बिमा दाबी गर्दा अनिवार्य गरिएको श्रमस्वीकृतिको सिफारिस र श्रमस्वीकृति रद्दका लागि बिचौलियाले लाखौ रुपैयाँ उठाउन थालेपछि सरकारले सिफारिसको नियम हटाएको छ ।

यसअघि वैदेशिक रोजगारीका क्रममा मृत्यु र अंगभंग भएका बिरामीले बिमा रकम भुक्तानीका लागि विभागवाट श्रमिकले श्रमस्वीकृति लिएर गएको हो भनी प्रमाणित गर्नुपर्ने अनिवार्य प्रावधान थियो । वैदेशिक रोजगार विभागले सिफारिसको नाममा ठगी बढ्न थालेपछि सम्बन्धित कामदारले श्रमस्वीकृति लिएर गएको हो भनी प्रमाणित गर्नुपर्ने प्रावधान हटाइएको जनाएको छ ।
योसँगै श्रमस्वीकृति सिफारिस र श्रमस्वीकृति रद्द सम्बन्धमा दुईवटा नियम सहज भएको छ । वैदेशिक रोजगार नियमावली बमोजिम वैदेशिक रोजगारमा जाने कामदारले बिमा कम्पनीसँग गरेको बीमाबमोजिम नियमानुसार प्राप्त गर्ने बिमा रकम भुक्तानीका लागि विभागवाट श्रमस्वीकृतिको सिफारिस लिनुपर्ने नियम थियो । यसअघि सिफारिस लिँदा बिचौलियाले मृतक आफन्त र घाइते श्रमिकसँग एक लाख रुपैयाँसम्म पैसा असुल्ने गरेका थिए । विभागका महानिर्दे शक शेषनारायण पौडेलले अब सम्बन्धित बिमा कम्पनीले विभागको अनलाइन सूचना व्यवस्थापन प्रणाली (फेमिस) बाट सिधै श्रमस्वीकृति लिएको(नलिएको रुजु गर्नसक्ने व्यवस्था गरेका कारण सिफारिसमा बिचौलियाको चलखेल र विभागमा आइरहनु नपर्ने बताए ।
बिचौलियका कारण श्रमिकले बिमा रकम दाबी र श्रमस्वीकृति रद्दमा भोग्दै आएको ठगी र सास्तीलाई हटाउन यसका लागि बनाइएका नियम सहज बनाएर विभाग नै आउनु पर्ने झन्झट हटाइएको हो । नियम सहज बनाएपछि श्रमस्वीकृति रद्द र बिमा रकम दाबीका लागि श्रमिकले काठमाडौ आउनुपर्ने बाध्यकारी नियमसमेत हटेको छ । यसका साथै विभागले श्रमस्वीकृति लिएर विदेश नगएका श्रमिकको स्वीकृति रद्द गर्ने नियमलाई समेत सहज बनाएको छ । वैदेशिक रोजगार नियमावलीमा भएको श्रमस्वीकृतिको निस्सा (स्टिकर) रद्द गर्ने विभागको अधिकार सम्बन्धित श्रम कार्यालयका प्रमुखलाई प्रत्यायोजन गरिएको विभागले जनाएको छ । यसअघि श्रमस्वीकृति रद्द गर्न टाढा टाढाबाट हजारौं खर्च गरेर काठमाडौँमा रहेको वैदेशिक रोजगार विभागमा आउनु पर्ने अनिवार्य नियम रहेको थियो ।
विभागका महानिर्दे शक पौडेलले अब श्रमस्वीकृति रद्दका लागि विभाग आउनु नपर्ने गरी सम्बन्धित कार्यालयबाट नै सेवा लिन सकिने जानकारी दिए । यसका लागि विभागका देशभर तोकिएका सातवटा कार्यालयबाट श्रमस्वीकृति रद्द गर्न सक्ने जनाएको छ । वैदेशिक रोजगार ऐनबमोजिम कुनै कामदारको राहदानीमा श्रमस्वीकृतिको निस्सा (स्टिकर) लगाइसके पछि त्यस्तो कामदार वैदेशिक रोजगारीमा नजाने भई इजाजात पत्रवालालाई लिखित जानकारी गराएमा इजाजत पत्रवालाले त्यस्तो कामदारको श्रमस्वीकृतिको स्टिकर रद्द गर्न सक्कल राहदानी विभागसमक्ष निवेदन दिनसक्ने भन्ने झन्झटिलो नियम रहेको थियो ।यसअघि विभिन्न प्रक्रिया पूरा गरेर दिएको निवेदन उपर आवश्यक छानबिन गर्दा बेहोरा सही भएमा विभागले कामदारको राहदानीमा लगाई दिएको श्रमस्वीकृतिको निस्सा ९स्टिकर० रद्द गर्न सक्ने प्रावधान थियो ।
ऐनमा कुनै व्यक्तिलाई रोजगारका लागि विदेश जान स्वीकृति दिइसके पछि वैदेशिक रोजगारीमा नजाने भएमा सम्बन्धित व्यक्तिले त्यस्तो स्वीकृति रद्द गर्न सक्कल राहदानीसहित विभागमा निवेदन दिनुपर्ने नियम थियो । यही बाध्यतालाई दुरुपयोग गर्दै बिचौलियाले श्रमिकसँग २० हजार रुपैयाँसम्म लिने गरेको पीडितले बताएका छन् ।कारोबारबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?