प्रमुख समाचार

बागलुङमा मिल्यो गठबन्धन कुरा , हुदै छ यसरी

सत्ता साझेदार दलहरुबीच बागलुङमा पनि चुनावी गठबन्धन हुने पक्का भएको छ । लामो समयको छलफल र कसरत पछि हिजो राती मात्र दलहरुबिच सहमती गर्ने निर्णय भएको छ । सहमति अनुसार जिल्लाका १० स्थानीय निकाय मध्ये ६ ठाउँमा नेपाली काँग्रेसलाई प्रमुख, अध्यक्ष दिने सहमति भएको छ । त्यस्तै नेकपा माओवादी केन्द्रलाई २ वटा प्रमुख र राष्ट्रिय जनमोर्चालाई पनि २ वटा प्रमुख दिने सहमती भएको माओवादी केन्द्र बागलुङका प्रमु्ख राजीव घिमिरेले बताए । बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका गल्कोट नगरपालिका,बडिगाड गाउँपालिका, निसीखोाल गाउँपालिका… पुरा पढौ

ऋषि धमलाले आचारसंहिता उल्लंघन गरेको काउन्सिलको ठहर, लिइयो २ घण्टा कक्षा

आचारसंहिता उल्लंघन गरेको भन्दै सञ्चारकर्मी एवं मिडिया व्यवसायी ऋषि धमलालाई प्रेस काउन्सिल नेपालले कक्षा लिन लगाएको छ । शुक्रबार धमलाले प्रेस काउन्सिलको कार्यालयमा पुगेर २ घण्टा पत्रकार आचार संहिताबारे कक्षा लिएका छन् । उनले अगामी दिनमा पत्रकार आचारसंहिता विपरितका काम नगर्ने प्रतिबद्धता समेत जनाएको प्रेस काउन्सिल नेपालले जनाएको छ ।  हवाई जहाजमा जबर्जस्ती क्यामेरासहित प्रवेश गरेर लाइभ प्रसारण गरेको, कर्मचारीमाथि गलत व्यवहार गरेको विषयलाई गम्भीर रुपमा लिई काउन्सिलले धमलालाई आचारसंहिता अभिमुखीकरण कक्षामा सहभागी गराएको हो । हवाई जहाजभित्रबाटै जबर्जस्ती टिभीमा… पुरा पढौ

नेपाल निर्वाचनः मतदाता परिचयपत्र हराएमा मतदान गर्न पाइन्छ कि पाइँदैन

वैशाख ३० गते देशैभरि एकै चरणमा हुन लागेको चुनावका लागि त्यसको अघिल्लो दिनसम्म १८ वर्ष पूरा भएका एक करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाता रहेका छन्।  तीमध्ये ८७ लाख ४१ हजार ५३० जना महिला, ८९ लाख ९२ हजार १० जना पुरुष र १८३ जना अन्य मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ।  सात प्रदेशका कुल ७५३ स्थानीय तहअन्तर्गत छ महानगर, ११ उपमहानगर, २७६ नगरपालिका तथा ४६० वटा गाउँपालिकामा ४० हजारभन्दा बढी जनप्रतिनिधि चुनिनेछन्। नेपालमा सङ्घीय व्यवस्थाअन्तर्गत तीन तहको सरकार… पुरा पढौ

अमेरिकी उच्चस्तरीय संसदीय टोली काठमाडौंमा, किन र के का लागि?

नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्धको ७५औं वर्षगाँठको उपलक्ष्यमा सेनेटर क्रिस्टन जिलिब्रान्ड नेतृत्वको टोली तीन दिने नेपाल भ्रमणमा नेपाल आएको छ। टोलीमा सेनेटरहरु (माथिल्लो सदनका) शेल्डन ह्वाइटहाउस, कोरी बुकर र मार्क केली, प्रतिनिधिसभा सदस्य मोन्डेयर जोन्स पनि छन् । उनीहरु सबै डेमोक्र्याटिक पार्टी आबद्ध हुन् । युक्रेनमाथि रुसी हमालाविरुद्धको एकमत बनाउन, हिमालय क्षेत्रमा जलवायु परिवर्तनबारे छलफल गर्न र द्विपक्षीय सम्बन्धलाई मुख्य एजेन्डा बनाएर उनीहरु शुक्रबार बेलुका काठमाडौं आइपुगेको छन् । अमेरिकी संसदीय टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा र अन्य सरकारी अधिकारी तथा… पुरा पढौ

जापानमा पनि युक्रेन युद्धको ‘साइड इफेक्ट’ रुसविरुद्ध आक्रामक बन्दा संकटमा जापान– कुरिल टापुसमूहमा तनाव चर्किने संकेत

रुसले युक्रेनविरुद्ध सैन्य कारवाही चलाएपछि जापान र रुसको सम्बन्धमा तिक्तता आउन थालेको छ ।  अमेरिकाको साझेदार मुलुक जापानले हालैका दिनमा रुसमाथि विभिन्न किसिमका प्रतिबन्ध लगाएको छ । आजै (२० अप्रिलमा) मात्र जापानले रुसलाई व्यापारमा दिँदै आएको ‘उच्च प्राथमिकताको मुलुक’ को हैसियत खारेज गरिएको घोषणा गरेको छ । रुसले युक्रेनमा सर्वसाधारणमाथि ज्यादती गरेको आरोप लगाउँदै जापानले विभिन्न प्रतिबन्ध लगाउने क्रममा मोस्ट फेवर्ड नेसनको हैसियत समेत खोसेको हो । अब रुसबाट जापान आउने सबै वस्तुमा उच्च आयातशुल्क लगाइनेछ ।  त्यसअघि जापानका प्रधानमन्त्री… पुरा पढौ

माओवादी पहिचान : विकास र समृद्धि हेर्न रोल्पा जाम

रोल्पा नाम जत्तिकै रापिलो छ यसको पहिचान । १० वर्षे जनयुद्धको उद्गम थलोको रुपमा परिचित रोल्पा अहिले पनि माओवादी पहिचान कायम गराउन सफल छ । रोल्पाले माओवादीको साख राख्न सकेको छ भन्दा अत्युक्ति नहोला । माओवादी साख कायम हुनुमा रोल्पामा माओवादीको नेतृत्वमा रहेका स्थानीय तहका सरकारहरु नै हुन् । जसले माओवादीले उठाएका एजेण्डालाई सार्थकता दिने अधिकतम प्रयास गरेका छन् । त्यसैमध्येको जिल्लाको एक मात्र नगरपालिका हो- रोल्पा नगरपालिका ।०७४ को स्थानीय तह निर्वाचनमा रोल्पा नगरपालिकामा १० वटा वडामध्ये ९ वटा… पुरा पढौ

ऊर्जामा माओवादी नेतृत्वले गरेको सार्थक प्रयास-विशेष रिपोर्ट

काठमाडौं । जब जब माओवादी नेतृत्वको सरकार गठन हुन्छ वा संयुक्त सरकारमा माओवादी सहभागी हुन्छ, त्यतिबेला केही न केही महत्वपूर्ण निर्णय भएका छन्।  नेपालको संविधानले नै समाजवाद उन्मुख अर्थतन्त्रको परिकल्पना गरेको छ। सोही आधारमा सबै नागरिकले राज्यबाट समान रुपमा सेवा र सुविधा पाउने वातावरण तयार पारेको छ।  अघिल्लो पटक माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुँदा सामाजिक र आर्थिक रुपमा कलङ्कको रुपमा लोडसेडिङ अन्त्य भयो। प्रधानमन्त्री प्रचण्ड, ऊर्जामन्त्रीका रुपमा जनार्दन शर्माले खेल्नुभएको भूमिका नेपालको इतिहासमा महत्वपूर्ण परिघटनाको रुपमा स्थापित छ।  यस्तै, अघिल्लो… पुरा पढौ

पालिका भवन : केहीले बनाए, कहीँ बन्दै

विद्युतीय भर्‍याङ (लिफ्ट)सहितका सुविधायुक्त प्रशासकीय भवन बनाएर ताराखोला र बडिगाड गाउँपालिकाले बागलुङका अरू स्थानीय तहलाई उछिनेका छन्। काठेखोला गाउँपालिकाको भवन बनाउने योजना अधुरै रहँदा गलकोट र जैमिनी नगरपालिकाले जेनतेन जग्गाको जोहो गरेर भवनको जग हाले। तमानखोला र निसीखोला गाउँपालिकाले पनि प्रदेश सरकारसँगको साझेदारीमा प्रशासनिक भवन बनाए। ढोरपाटन नगरपालिका र बरेङ गाउँपालिका जग्गा जुटाएर भवन निर्माणको सुरसारमा छन्। जिल्लाको जेठो बागलुङ नगरपालिका भने सेवाग्राहीलाई पायक नपरेको भन्दै आफ्नो भवन छाडेर अर्काेमा आश्रित छ। यसरी आफ्नो पाँचवर्षे कार्यकालको आखिरीमा आइपुग्दा केहीले पालिकाका भवन… पुरा पढौ

पछिल्लो समय लोकप्रिय सामाजिक संजाल ‘टिकटक’ घातक बन्दै 

पुनरावेदन अदालतले जनवरी २०२१ मा माहदा अधामलाई जेल पठाउन गरिएको निर्णयलाई उल्ट्याएको छ। उनकै अर्की साथी होसामलाई पनि निर्दोष साबित गरेको छ। अधाममाथि मानव बेचबिखनको गम्भीर अभियोग लगाइएको थियो। उनीहरूमाथि केही लाभका लागि केटीलाई इजिप्टको मूल्य र मान्यताको विरुद्धमा प्रयोग गरेको आरोप लगाइएको थियो। अधामले टिकटक र इन्सटाग्राममा पोस्ट गरेका भिडियोलाई लाइक र सेयर गरेका होसामलाई यस किसिमको गम्भीर आरोप लगाइएको हो। अधामले टिकटक र इन्सटाग्राममा पोस्ट गरेका भिडियोलाई लाइक र सेयर गरेका होसामलाई यस किसिमको गम्भीर आरोप लगाइएको हो।… पुरा पढौ

कोन्ज्योसोम नामै काफी छ (रिपोर्ट)

उपत्यकामा बसोबास गर्ने धेरैलाई ‘कोन्ज्योसोम’ नाम कठीन लाग्न सक्छ । ललितपुर जिल्लामा बसोबास गर्नेलाइ नै पनि यो नाम अनौठो लाग्न सक्छ । ललितपुर जिल्लाका ६ स्थानीय तह एक महानगरपालिका (ललितपुर), दुई नगरपालिका (महालक्ष्मी र गोदावरी), तीन गाउँपालिका (महांकाल, बाग्मती र कोन्ज्योसोम)मध्येको कोन्ज्योसोम एउटा महत्वपूर्ण गाउँपालिका हो । कुनै बेला उपत्यकाको ‘कर्णाली’ नामले चिनिने यो गाउँपालिकाले आफ्नै ऐतिहासिक तथा सांस्कृतिक पहिचान प्राप्त गरेको छ कोन्ज्योसोम । साविक नल्लु, भारदेउ, चौघरे, शंखु र दलचौकी गाविसको चौहद्धि मिलाएर बनेको कोन्ज्योसोमको अर्को राजनैतिक परिचय… पुरा पढौ