अन्ततः एमाले अध्यक्ष केपी शर्मा ओलीले संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता विरोधी गठबन्धनको नेतृत्व गर्दै स्थानीय चुनावी मोर्चा बनाएका छन्। नेपाली जनता ऐतिहासिक जनआन्दोलनमा होमिएर सडकमा रगत बगाइरहँदा ‘बयलगाडा चढेर अमेरिका पुगिन्न’ भन्दै टिप्पणी गर्ने ओलीले अहिले गणतन्त्रकै स्वाद चाख्दै परिवर्तनकारी शक्तिका विरुद्ध चुनावी मोर्चा तयार गरेका छन्। एकातिर गणतन्त्रको स्वाद चाख्ने र अर्कोतिर गणतन्त्रविरोधी शक्तिसँग चुनावी गठबन्धन गर्दै जनयुद्ध, जनआन्दोलन र विभिन्न आन्दोलनहरुबाट प्राप्त उपलब्धिहरुमाथि धावा बोल्ने ओली प्रवृत्ति हिजोका राजावादी, घोर दक्षिणपन्थी, प्रतिगामी र हिन्दू अतिवादी शक्तिहरुसँग प्रष्ट रुपमा विलय हुन पुगेको छ।…
पुरा पढौ