प्रमुख समाचार

आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुँदै

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुँदैछ । निर्वाचन आयोगले मतदान कार्यमा उल्लासका साथ सहभागी हुन सम्पूर्ण मतदातालाई आह्वान गरेको छ । आयोगले काठमाडौँमा पत्रकार सम्मेलन गरी आईतबार हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा भाग लिई आफ्नो मताधिकार प्रयोग गर्न सबै मतदातालाई आग्रह गरेको हो । पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदान कार्यमा भाग लिई आफूले रोजेको प्रतिनिधि मार्फत् शासन सञ्चालन गर्न पाउने अधिकार प्रयोग गर्न सबै मतदातालाई… पुरा पढौ

मजदुरलाई कामकै पिरलो, छोएन चुनावले

ढोरपाटन।“गाउँमा काम पाइएन, मेरो परिवार निकै गरिब छ, नेताहरूलाई भोट हालेर हामीलाई रोजगार दिएनन्, त्यही भएर यसपालिको चुनावमा भोट हाल्न गएनौँ, यहाँबाट गाउँ पुग्दा सात हजार खर्च हुन्छ, यति धेरै खर्च गरेर भोट हालेर जिताए पनि नेताहरूले हाम्रो मुखमा फर्किएर हेर्दैनन्, बरु यहाँ काम गरियो भने दुई–चार हजार कमाइ हुन्छ ।” सिन्धुपाल्चोकका २७ वर्षीय भीम पगरी दुई महिनादेखि मध्यपहाडी लोकमार्गको घोँडाबाँधे–गलकोट खण्डमा काम गर्दै आएका छन । गाउँमा कुनै काम नपाएपछि बागलुङ आएका पगरीलाई मङ्सिर ४ मा प्रदेशसभा तथा प्रतिनिधिसभा… पुरा पढौ

नेपालको निर्वाचनको पर्यवेक्षणको लागि जापानका विदेश राज्यमन्त्री सुनशुके ताकेई नेपालमा जाने

मित्र राष्ट्र जापानका विदेश राज्यमन्त्री सुनशुके ताकेई नेपालमा यही मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पर्यवेक्षणका लागि नेपाल जाने भएका छन् । उनी निर्वाचन पर्यवेक्षणका लागि यही मङ्सिर ४ गते नेपाल आउन लागेकाे नेपालस्थित जापानी दूतावासले जनाएको छ । नेपालमा यसअघि विसं २०७४ को आमनिर्वाचनमा जापान सरकारले पूर्व उपमन्त्री होरी इवाओ एचईको नेतृत्वमा निर्वाचन पर्यवेक्षण टोली पठाएको थियो । मन्त्री ताकेई जापानबाट नेपाल निर्वाचन पर्यवेक्षकका रूपमा पठाइने उच्च अधिकारी छन् । ‘नेपालको थप विकास र समृद्धिका… पुरा पढौ

जापानको इसेसाकी शहरमा बस्ने गलकोट माइत रहेकी ४२ वर्षीय लक्ष्मीकुमारी बस्नेत अधिकारीमाथि चक्कु प्रहार गरि हत्या

जापानको इसेसाकी शहरको अपार्टमेन्टमा बस्ने ४२ वर्षीय लक्ष्मीकुमारी बस्नेत अधिकारीमाथि चक्कु प्रहर गरि हत्या गरिएको छ ।जापानको सार्वजनिक संचारमाध्यम एनएचकेको आफ्नो समाचारमा उल्लेख गरे अनुसार चक्कु बोकेका एक व्यक्ति उक्त घटनास्थलबाट निस्केको देखिएकाले अधिकारीको हत्या भएको हुन सक्ने आशंकामा अनुसन्धान भैरहेको र ती व्यक्तिको खोजी भैरहेको प्रहरीले जनाएको छ ।बुधबार राति करिब ११:३० बजे इसेसाकी शहरको ओटा-चोमा रहेको सो अपार्टमेन्टमा बस्ने अर्कों एकजनाले ‘कुनै समस्या भएको जस्तो देखिन्छ’ भनेर प्रहरीलाई जानकारी गराएसंगै सो हत्या गरेको भेटिए प्रहरीले जनाएको छ ।प्रहरीले… पुरा पढौ

निर्वाचनका लागि मंसिर ४ र ५ गते सार्वजनिक विदा

आगामी निर्वाचनका लागि मतदानस्थल रहेका शिक्षण संस्थाहरु मंसिर २ गतेदेखि ५ गतेसम्म बन्द हुने भएका छन् । सरकारी कार्यालय र सार्वजनिक संस्थानहरु भने मंसिर ४ र ५ गते बन्द हुनेछन् । गृहमन्त्रालयले आज सूचना जारी गरी विदासम्बन्धी जानकारी दिएको हो । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको सूचनामा सरकारी कार्यालय र सार्वजनिक संस्थानहरु ४ र ५ गते तथा मतदानस्थल रहेका शिक्षण संस्थाहरु २ गतेदेखि ५ गतेसम्म बन्द हुने उल्लेख छ । आगामी मंसिर ४ गते देशभर एकैचरणमा प्रतिनिधि सभा… पुरा पढौ

५७ अर्ब कुल पुँजीसहित देशकै सबभन्दा ठूलो बैंक बन्दै ग्लोवल बिओके

आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडबीच एक आपसमा गाभिनका लागि सोमबार अन्तिम समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ।समझदारीपत्रमा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा बैंक अफ काठमाण्डू लिमिटेडका अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गरेका छन्।यसअघि ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूबीच गाभ्ने/गाभिने (मर्जर) प्रयोजनका लागि मूल्यांकन कर्ताबाट प्राप्त चल/अचल सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकन प्रतिवेदनका आधारमा निर्धारण गरिएको सेयर स्वाप अनुपात १ः१ दुवै बैंकका सञ्चालक समितिले अनुमोदन गरिसकेका छन्। मर्जरपश्चात बैंकको कुल पुँजी ५७ अर्ब, चुक्ता पूँजी ३५.७७… पुरा पढौ

जेहेन्दार तथा मेहनती विद्यार्थी प्रोत्साहनका गर्न स्थापित अक्षयकोषको लागि एनआरएनए जापानका अध्यक्ष पौडेलद्वारा कोष हस्तान्तरण

पोखरा महानगरपालिका वडा न. २५ शिक्षा समितिको आयोजनामा कोष हस्तान्तरण कार्यक्रम शुक्रबार पोखरा २५ हेम्जा सम्पन्न भएको छ। कार्यक्रममा बोल्दै प्रमुख अतिथि एनआरएनए जापानका अध्यक्ष शिवप्रसाद पौडेलले जेहेन्दार तथा मेहनती विद्यार्थी प्रोत्साहनका लागि अक्षयकोष स्थापना गरेको बताउदै सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे । विदेशमा रेहर पनि देशको भौतिक लगाएत अन्य बिकासको लागि अहोरात्र चिन्तित रहने पौडेलले कास्की वरिपारिका पदमार्ग लगायत अन्य देश विकासका लागि एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषद ( आइसीसी) का कार्यकारी अध्यक्ष रबीना थापासँग पहल गरी बैंकमा फ्रिज… पुरा पढौ

मतदाता शिक्षालाई प्रभावकारी बनाउन आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन निर्देशन दिएको छ । आयोगले सखुवानान्कारकट्टी गाउँपालिका सिराहाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत राजिव कुमार झा र सुखीपुर नगरपालिकाका नगरप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत चन्द्रेश्वर प्रसाद यादवलाई मतदाता शिक्षा कार्यक्रम सञ्चालन नभएकोमा मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन निर्देशन दिएको छ । नेपालको संविधानको धारा २४७ मा ‘यस संविधान बमोजिम निर्वाचन आयोगलाई आफ्नो काम पूरा गर्न आवश्यक पर्ने कर्मचारी र अन्य सहयोग नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारले उपलब्ध गराउनेछ’ भन्ने व्यवस्था… पुरा पढौ

श्रम शोषण गरेको अभियोगमा रेष्टुरेण्ट व्यावसायी नेपाली दम्पतिलाई जेल सजाय

हेल्सिन्की (जीएनएन)- फिनल्याण्डको एक अदालतले मानव तस्करी गरी आफ्नो रेस्टुरेन्टमा श्रम शोषण गरेको अभियोगमा दोषी ठहर गर्दै एक नेपाली दम्पतिलाई जेल सजाय सुनाएको छ।पिर्कन्मा जिल्ला अदालतले गुल्मी घर भइ लामो समयदेखि फिनल्याण्डमा रेस्टुरेन्ट व्यवसायमा संलग्न डिलाराम सापकोटा तथा उनकी श्रीमती रिमा सापकोटालाई दोषी ठहर गर्दै फैसला सुनाएको हो । हेलसिन्कीबाट झन्डै डेढ घण्टा टाढा रहेको ताम्पेरे शहरस्थित आफ्नो रेस्टुरेन्टमा बाध्यकारी श्रममा लगाएकोमा उनीहरु दोषी पाइएका हुन् । उनीहरुले नेपालबाट कामदारहरु ल्याएर बिहानदेखि राती अबेरसम्म हप्तामा ६ दिन वा सातै दिन… पुरा पढौ

सुदूरपश्चिममा ६.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प, ६ जनाको मृत्यु, पाँच घाइते

डोटीको पुर्विचौकी गाउँपालिका–३ गैरागाउँमा भूकम्पमा परेर ६ जनाको मृत्यु भएको छ । मंगलबार राति गएको भूकम्पले अन्य पाँच जना घाइते भएका छन् । मृत्यु हुनेमा चार जना बालबालिका र अन्य दुई जना रहेका छन् । भूकम्पमा परेर स्थानीय ५० वर्षीय प्रेम बोहरा, ४० वर्षीया भगवती बोहरा, १३ वर्षीया सीता बोहरा, आठ वर्षीय हर्क बोहरा र १४–१४ वर्षीया धनसरी र तुल्सी बोहोराको मृत्यु भएको इलाका प्रहरी कार्यालय सानागाउँका प्रहरी सहायक निरीक्षक नयनसिंह भाटले जानकारी दिए। भूकम्पमा परेर अन्य पाँच जना घाइते… पुरा पढौ