प्रमुख समाचार

बागलुङ काँग्रेसले गर्यो सरकारको ध्यानाकर्षण

बागलुङनेपाली काँग्रेस बागलुङले कोभिड १९ को महामारी रोकथाम र नियन्त्रणमा सयौं नागरिकहरुले ज्यान गुमाउदा पनि सरकार पुरै उदासिन, असंवेदनशील र गैर जिम्मेवारी बनेको भन्दै नागरिकको बाँच्न पाउने अधिकारको ग्यारेन्टी गर्न ध्यानाकर्षण गरेको छ ।नेपाली काँग्रेस बागलुङका जिल्ला सचिव नवराज पौडेलले हस्ताक्षर गरेको विज्ञप्तीमा सरकार भ्रष्टचार, कमिशन, मतियार बनेर नागरिकको रोकथाम तथा उपचार गर्न नसक्दा आम नागरिकमा भयावह अवस्थाबाट मुक्त भई ढुक्क साथ बाँच्न सक्ने वातावरण सिर्जना गर्न समेत जोडदार माग गरेको छ ।जिल्ला समेत अति जोखिम अवस्था सिर्जना भएकोले नेपाली… पुरा पढौ

संसद विघटनको प्रतिबाद गर्ने विपक्षी गठबन्धनको निर्णय

नयाँ बानेश्वरमा बसेको विपक्षी गठबन्धनको बैठकले प्रतिनिधि सभा विघटनविरूद्ध सडक र अदालतमा लडाइँ लड्ने निर्णय गरेका छन्। नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमालेको (माधव नेपाल समूह), जनता समाजवादी पार्टी (उपेन्द्र-बाबुराम समूह)  र राष्ट्रिय जनमोर्चाका नेताहरूले संयुक्त वक्तव्य जारी गर्दै राष्ट्रपतिले शुक्रबार राति चालेको कदम असंवैधानिक, अलोकतान्त्रिक, प्रतिगामी र अनैतिक भएको निष्कर्ष निकाल्दै प्रतिरोधका लागि आह्वान गरेको छन्। विज्ञप्तिमा शेरबहादुर देउवा, पुष्पकमल दाहाल 'प्रचण्ड', माधवकुमार नेपाल, उपेन्द्र यादव र दुर्गा पौडेलले हस्ताक्षर गरेका छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सडकबाट… पुरा पढौ

राष्ट्रपति भण्डारीको कदमविरुद्ध सर्वोच्च अदालतमा रिट

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न संविधानको धारा ७६(५) अनुसार गरेको आह्वान संविधान विपरित भएको भन्दै सर्वोच्च अदालतमा रिट पुगेको छ । अधिवक्ता सन्तोष भण्डारीलगायतले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय र स्वयम् प्रधानमन्त्री ओली समेतलाई विपक्षी बनाएर रिट दायर गर्नका लागि अदालतमा पेश गरेका हुन् । रिट दर्ता हुने प्रक्रियामा रहेकाे सर्वोच्च अदालत स्राेतले जनाएको छ । रिटमा भनिएको छ संवैधानिक प्रावधान तथा प्राकृतिक न्यायदृष्टिले समेत उचित नदेखिने गरि राष्ट्रपतिज्यू तथा राष्ट्रपतिज्यू कार्यालयबाट भएको निर्णय सर्वोच्च अदालतबाट मिति… पुरा पढौ

प्रतिगमन भाग-२ हो, डटेर प्रतिवाद गरौं

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको बताएका छन् । शनिबार बिहान फेसबुकमार्फत प्रतिगमन दोहोरिएको टिप्पणी पनि गरेका छन् । संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उदघोष जालझेल भएको उनको दाबी छ ।  नेता नेपालले संसद् विटन गरे चुनावको घोषण गर्नु प्रतिगमन भाग - २ भएको पनि बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको यो कदमको भत्र्सना गर्दै यसको प्रतिवाद डटेर गर्न आह्वान पनि गरेका छन् ।“षड्यन्त्रकारीहरूको… पुरा पढौ

अक्सिजन प्लान्ट बनाउन धाैलागिरि अस्पताललाई ३ करोड

बागलुङ/ धाैलागिरि अस्पताल बागलुङमा काेराेनाका बिरामी बढेपछि उपचारमा समस्या भएको खबर संचार माध्यम बाट पटकपटक प्रशारण भएपछि सरकारले ३ करोड रूपैयाँ पठाउने निर्णय गरेको छ । सरकारले अक्सिजन प्लान्ट ,भेन्टिलेटर ,लगायत तत्काल चाहिने स्वास्थ्य उपकरण खरिद गर्नकाे लागि ३ करोड बजेट आएपछि अहिले भइरहेको असहज परिस्थिति सहज हुने देखिन्छ । गण्डकी प्रदेशको पहिलो काेराेना अस्पताल धाैलागिरि अस्पताल बागलुङकाे स्वास्थ्य स्तर बृद्वि गर्न सरकारले ३ करोड बजेट छुट्टाएकाे छ । बागलुङ जिल्लामा काेराेना भाइरस काेभिड १९ काे नयाँ भेरिएन्ट समुदायस्तरमा फैलिएपछि… पुरा पढौ

बागलुङमा कानुन बिषय पढ्नेमा महिलाको आकर्षण बढ्दो

संघीयता संग‌ै देशभर ७५३ स्थानीय तह बनेपछि कानुनी रूपमा काम गर्ने जनशक्तिको माग भएपछि जिल्लामा कानुन बिषयमा अध्यापन शुरू भएको छ ।कानुन बिषय संचालन भएपछि बागलुङ जिल्लामा यतिबेला बिद्यार्थीकाे आकर्षण बढेर गएको छ । देशमा कानून विषयमा जनशक्तिको अभाव बढ्दै गएपछि यसलाई पूर्ति गर्ने उद्देश्यका साथ गण्डकी प्रदेशको दाेस्राे ब्यापारी केन्द्र बागलुङमा कानुन तहको अध्ययन शुरू भएको छ ।जिल्लामै कानुन बिषय पढाइ हुन थालेपछि महिला आकर्षण बढेर गएको छ । बागलुङ सदरमुकाममा रहेकाे अमृत आदर्श माध्यमिक बिद्यालय कक्षा ११ र… पुरा पढौ

गजल

तथानामीको फेरो समाएर सलामी शुरु भो त्याग अचानो भो,आस्थाको लिलामी शुरु भो आकाश खुलेर निस्तब्ध मनहरु नखुले पछि, अध्यारा मनहरुका बस्तिहरुमा सुनामी शुरु भो । आफु र आफन्त मात्र हेर्ने लतका रोगीहरु हो, तिम्रै कारण सारा सहिदको बदनामी शुरु भो शासनहरुका बिकल्प त हुन सक्लान महासय, बुझ तिम्रै कारण व्यवस्थाको मलामी शुरु भो पुरा पढौ

नेपालको संवैधानिक इतिहास र नेपालको संविधान २०७२

आज असोज ३ अर्थात् “संविधान दिवस” देशले संविधान पाएको दिन हो । लामो बलिदानी, त्याग, तपस्या र मिहिनेत पछि देशले आज कै मितिमा एक वर्ष पहिले “नेपालको संविधान २०७२” पाएको थियो । तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले संविधान सभा भवनमा भव्य समारोहका बीच उक्त संविधान जारी गरेका थिए । वि.सं. २०७२ भदौ ३० मा संविधान सभाको बैठकमा दुई तिहाइ बहुमतले उक्त संविधानको विधेयक पारित ग¥यो । मत विभाजनका प्रक्रियामा संविधानको विधेयक पारित गर्ने पक्षमा ५०७ र विपक्षमा २५ मत परेको… पुरा पढौ

प्रतिनिधि सभा विघटन गरेकोमा विपक्षी दलको विरोध

काठमाण्डौ – प्रतिपक्षी दलले प्रतिनिधि सभा विघटन र मध्यावधि चुनाव घोषणा गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमको विरोध गरेका छन् । मध्यरातमा संसद भङ्ग गरेर कात्तिक २६ र मंसिर ३ गते मध्यावधि चुनाव घोषणा भएलगत्तै नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गर्दै संविधानको सामूहिक बलात्कार भएको भन्दै आक्रोश पोख्नुभएको छ । उहाँले महामारीको यस्तो समयमा मध्यावधिको रङ्गिन सपना महँगो पर्नेसमेत चेतावनी दिनुभएको छ ।  यस्तै कांग्रेस नेता रमेश लेखकले राष्ट्रपतिले आफ्नो पदको सम्मान, मर्यादा र गरिमा समाप्त गर्दै संविधान च्यात्ने काम… पुरा पढौ

सर्वोच्चले सोध्यो : अध्यादेशबाट संवैधानिक निकायमा सिफारिस किन ?

विभिन्न संवैधानिक निकायमा गरिएको नियुक्ति सिफारिसविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले लिखित जवाफ मागेको छ। न्यायाधीश मिरा खड्काको एकल इजलासले विपक्षीसँग लिखित जवाफ माग्दै १७ जेठमा अर्को पेशी तोकेको छ। सो दिन दुवै पक्षलाई उपस्थित हुन भनिएको छ । सरकारले हालै दोस्रोपटक अध्यादेश जारी गर्दै विभिन्न संवैधानिक निकायका नियुक्तिका लागि सिफारिस गरेको थियो। अध्यादेशबाट नियुक्ति गैरसंवैधानिक भउको दाबी गर्दै पुण्यप्रसाद खतिवडाले रिट दायर गरेका थिए। सर्वोच्चले यसरी सिफारिस गरिनुको कारण पेश गर्न प्रधानमन्त्री तथा संवैधानिक परिषद्का अध्यक्ष केपी शर्मा ओली, संवैधानिक… पुरा पढौ