प्रमुख समाचार

हेर्दा हेर्दै शहर बनेको बागलुङको एउटा गाउँको कथा

विकास हुन धेरै समय लाग्दो रैनछ, यो गाउँ यति छिट्टै फेरियो, विगतलाई सम्झिँदा यस्तो होला भन्ने कसैले कल्पाना गरेका थिएनौँ', बडिगाड गाउँपालिका–५ का ७१ वर्षीय चूडामणि घिमिरे गाउँ फेरिएकोमा दङ्ग छन् ।  दुई दशकअगाडिसम्म सनुसान गाउँ रहेको खौलारा अहिले स्वरुप बदलेर बजार बनेको छ । मध्यपहाडी लोकमार्ग खौलाराको मध्यभागबाट हुँदै गए पछि यहाँ थुप्रै विकासका सम्भावना पनि खुलेका छन् । करिब २३ वर्ष अगाडि मध्य पहाडी लोकमार्गको ट्रयाक खुले पनि एक दशक अगाडिसम्म बस्ती विस्तार भएको थिएन । अहिले बजार… पुरा पढौ

टोकियो महानगरले १८ वर्ष र सोभन्दा कम उमेरका बालबालिकालाई प्रति महिना ५ हजार येन प्रदान गर्ने

टोकियो महानगर सरकारले घट्दो जन्मदरसँग लड्नका लागि १८ वर्ष र सोभन्दा कम उमेरका व्यक्तिहरूलाई प्रति महिना करिब ५,००० येन (लगभग $३८.२८) रकम सुविधा उपलब्ध गराउने योजना बनाएको टोकियोका गभर्नर युरिको कोइकेले बताएकी छन । गभर्नर कोइकेले टोकियो महानगरीय सरकारको मुख्यालयमा बुधबार नयाँ वर्षको अवसरमा आयोजित पत्रकार सम्मेलनमा देशकै घट्दो जन्मदरलाई सन्तुलित राख्नका लागि महानगर सरकारले सो सुविधा उपलब्ध गराउन लागेको जानकारी गराएकी हूँ । उक्त प्रदान गरिने लागेको सुविधामा आम्दानीको सीमा लगाउने कुनै योजना नरहेको बताइएको छ। महानगरीय सरकारले उच्च… पुरा पढौ

१२ औं तलाबाट हाम फाल्नु अघि निराकार पाण्डेले भने ‘सानु, मेरो आँखाको बाबु, म तिमीलाई धेरै माया गर्छु। बाबा अलवेज लभ्स यू।’

थाइल्याण्डको सिमानास्थित कम्बोडियाको पोइपेट सहरको ग्राण्ड डायमण्ड सिटी होटल र क्यासिनोमा भएको आगलागीमा परेर झापा बिर्तामोडका ४० वर्षीय निराकार पाण्डेको मृत्यु भएको छ। उनले आफ्नो ज्यान जोगाउन क्यासिनोको १२ औं तलाबाट हाम फालेका थिए। हामफाल्नुअघि उनले झापामा रहेका आफ्ना परिवारका विभिन्न सदस्यहरूसँग भाइबरमा डेढ घन्टा भिडिओमा कुराकानी गरेका थिए। पाण्डेले आफ्ना बुबा अग्नि पाण्डे, आमा, श्रीमती, ९ वर्षीय छोरा, दाइ र भाइहरूसँग कुराकानी गरेका थिए।  पाण्डेले आफ्ना छोरा आर्मन शुभ पाण्डेसँग अन्तिम समयमा गरेको भिडिओ कुराकानी परिवारले उपलब्ध गराएको छ। उनले छोरासँग… पुरा पढौ

बसाइसराइले सुनसान बन्दै गाउँ 

सल्ला र सालका काठले बारेर चिटिक्कै पारिएका बार्दली (कौसी) ।  फराकिला आँगन र कठबार लगाइएका पिँढी । घर नजिकै पानीको धारा, वरिपरि खेतबारी । उत्तरतर्फ आँखा लगाउँदा आँखैमा ठोक्किन आउँछन् की जस्ता देखिने हिमशृङ्खला । चारैतिर हरियाली । अजिङ्गरको भीर छिचोलेर गाउँमै पुगेको सडक र आवतजावत गरिरहने मोटर गाडी । आफ्नै रीतिथिति र जीवनशैलीमा रमाएको सल्यान पछिल्लो समय बसाइसराइका कारण उजाडिँदै जान थालेको छ । एक दशक अघिसम्म बाक्लो बस्ती भएका गाउँ बसाइसराइका कारण पातलिँदै गएका छन् । बितेको एक… पुरा पढौ

गलकोट समाज जापानको आयोजना हुने ‘सॉंगीतिक धमाका-२०२३’ को सम्पूर्ण तयारी पुरा, प्रकाश, रचना, श्रीकृष्ण र इश्वर धमका मच्चाउन जापान आइपुगे

“हाम्रो गाँउ हाम्रो ठाँउ, हातेमालो गरी समृद्ध बनाऔ”भन्ने मूल मान्यताका साथ स्थापित NPO法人 गलकोट समाज जापानको आयोजना, प्रभु बैंकसंगको सहकार्यमा गलकोट क्षेत्रमा स्वास्थ्य क्षेत्रका लागि सहयोगार्थ हुने ‘सॉंगीतिक धमाका-२०२३’ को तयारी अन्तिम चरणमा पुगेको छ । जापानका चार शहर अन्तरगत फुकुओकामा डिसेम्बर २७, तारिक ओसाकामा डिसेम्बर ३१, नागोयामा जनवरी १ र टोकियोमा जनवरी २ तारिक नेपालका चर्चित कलाकारहरूको साथमा गरिन लागेको कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको गलकोट समाज जापानकी अध्यक्ष कालिका थापाले जानकारी दिइन । ‘कार्यक्रमका लागि सोमबार नै कलाकार… पुरा पढौ

ढकाल गलकोट घुम्टे बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पुनः निर्वाचित

गलकोट घुम्टे बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा प्रशान्त ढकाल पुनः निर्वाचित भएका छन् । एकका लागि सबै र सबैका लागि एक भन्ने उद्घोषका साथ २०६१ असोजबाट संचालन गरिएको गलकोट घुम्टे गलकोट घुम्टे बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १८ औ साधारण सभा तथा छैटौं अधिवेशन आज सम्पन्न भएको छ । नेरिक एकेडेमी शंखमुल काठमाडौंमा भएको सभाको अवसरमा आगामी ४ बर्षे कार्यकालको लागि प्रशान्त ढकालको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति निर्वाचित भएको घोषणा गरिएको थियो । सस्थाको उपाध्यक्षमा लेम बहादुर भण्डारी, सचिवमा रुक्म प्रसाद… पुरा पढौ

३० वर्षदेखि नेपालमै रमाएका जापानी ‘ओके बाजे’

अर्काको देशमा आएर सामाजिक कार्यमा आफ्नो जीवन समर्पण गर्ने व्यक्ति बिरलै हुन्छन्। मानिसले भरसक धन सम्पत्ति कमाउनका लागि आफ्नो जन्मभूमि छाडेर केही समयका लागि अन्यत्र जान्छन्। आफूलाई पुग्ने सम्पत्ति आर्जन भएपछि आफ्नै थाकथलोमा फर्केर घर जग्गा, गाडीलगायतका विभिन्न सम्पत्ति जोडेर आरामको जीवन जिउने प्रायः सबैको चाहना हुन्छ। जीवनलाई सुखसयलमा आनन्ददायकपूर्वक बिताउने सबैले सपना बुनेर बस्छन्। तर जापानी नागरिक काजुमासा काकिमी (ओकेबाजे) भने तीन दशकदेखि नेपालमै बसेर सामाजिक कार्यमा समर्पित छन्। देश, परिवार, धन–सम्पत्ति, आफन्त छाडेर नेपालमा निस्वार्थभावले सामाजिक काममा उनी… पुरा पढौ

कलाकारलाई देखाएर ठगी गर्ने सूर्य कर्पोरेसनको जालोमा परेकी निरु, न जापान पुगिन् न पैसा फिर्ता भयो

राम्रै गैर सरकारी संस्थामा काम गर्थिन गर्थिन् निरु लामा। पढाइ ब्याचलर पास। आम्दानी पनि ठिकै। साथीहरू सबै विदेश गइरहेकै थिए। उनले पनि जापान जाने सोच बनाइन्। जापानी भाषा सिकिन्। भाषा उर्तिण गरे पनि बैङ्क स्टेटमेन्ट मिलेन भनेर उनको भिसा आएन। विदेश जाने योजनामा उनले नेपालको जागिर छाडिसकेकी थिइन्। एक पटक असफल भए पनि जापान जान्छु नै भन्ने भयो उनलाई। २०७६ सालको सुरुवाततिर फेसबुक चलाउँदै गर्दा सूर्य कर्पोरेसनको फेसबुक पेज देखिन्। विभिन्न साङ्गीतिक अनि पुरस्कार कार्यक्रमभन्दै उसले नेपालबाट विभिन्न कलाकारलाई विभिन्न… पुरा पढौ

माइक्रोसफ्टका संस्थापक विल गेट्स सँगै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पाए जापानको राजकीय सम्मान

नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख रामचन्द्र पौडेललाई जापान सरकारले राजकीय सम्मानले विभूषित गरेको छ । सन् २०२० अप्रिल २९ मा घोषणा भएको उक्त सम्मान उनलाई बिहिबार जापानी राजदूतको निवासमा विशेष कार्यक्रम गरी प्रदान गरिएको हो । जापानी सम्राट मेइजीले सुरु गरेको राजकीय सम्मान ‘अर्डर अफ द राइजिङ सन’ आज वरिष्ठ नेता पौडेलले ग्रहण गरेका हुन । विश्वका विशिष्ट व्यक्तिहरूलाई प्रदान गरिने यो सबैभन्दा उच्च सम्मान वरिष्ठ नेता पौडेल र माइक्रोसफ्टका संस्थापक विल गेट्सलाई प्रदान गरिने घोषणा गरिएको थियो ।… पुरा पढौ

विश्वकपका अतिथिलाई खाना खुवाउँछन् विनोद

काठमाडौँ- यतिबेला संसारभरका मानिसहरूको ध्यान फुटबलको सबैभन्दा ठूलो चाड विश्वकपमा केन्द्रित छ । आज रातिदेखि सुरु हुने क्वाटरफाइनलका खेलहरूका कारण कतारमा भइरहेको यो प्रतियोगिता हेर्नका लागि संसारका खेल पारखीहरू आ–आफ्नै तयारीमा जुटेका छन् । सबैलाई यतिबेला खेलको रोमाञ्चक क्षणको व्यस्तताले भुलाएको छ । तीमध्ये सबैभन्दा बढी व्यस्त देखिन्छन्, कतारको एउटा सेन्टर किचेनमा बसेर कुन खेल हेर्न कुन स्टेडियममा को को अति विशिष्ट पाहुनाको आगमन हुन्छ र उनीहरूलाई के खुवाएर स्वागत गर्ने भन्ने जिम्मा पाएका विनोद बराल । पाँच सय ५० जना… पुरा पढौ