जापानको सत्तारुढ पार्टी ‘लिवरल डेमोक्राटिक’का सांसद तथा पूर्व राज्यमन्त्री तइरा मासाजीसहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित उच्च पदस्थ नेताहरूसँग भेट गरेको छ । नेपाल–जापान सम्बन्धलाई अझै फराकिलो बनाउने उद्देश्यले बुधबार नेपाल आएको तीन सदस्यीय टोलीले शुक्रबार प्रधानमन्त्री दाहाल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेट गरी छलफल गरेको हो । उक्त भेटका अवसरमा प्रधानमन्त्री प्रचण्डले जापान नेपालको सबैभन्दा पुरानो मित्र रहेको बताउँदै नेपालको आर्थिक सामाजिक विकासमा जापानले निरन्तर रूपमा सहयोग गर्दै आएकामा धन्यवाद दिएका थिए…
पुरा पढौ