प्रमुख समाचार

वर्ल्ड पासपोर्ट र्‍याङकिङ सार्वजनिक : जापानको सबैभन्दा शक्तिशाली, नेपालको १०३ औं स्थानमा

हेन्ली पासपोर्ट इन्डेक्सले नयाँ वरियता सार्वजनिक गरेको छ । यसले विश्वभरका देशहरूको पासपोर्ट (राहदानी) को शक्ति देखाउँछ । जसमा १९९ देशका राहदानीहरू समावेश छन् । तर धेरै देशहरू एउटै वरियतामा रहेकाले १०९ औँसम्मको र्याङ्किङ जारी गरिएको हो । नयाँ वरियतामा पाकिस्तान विश्वको चौथो सबैभन्दा खराब पासपोर्ट भएको छ । सन् २०२२ को वरियतामा पाकिस्तानको स्थानमा कुनै परिवर्तन भएको छैन । गत वर्ष पनि यो विश्वको चौथो सबैभन्दा खराब पासपोर्टको सूचीमा परेको थियो । यो वर्ष पाकिस्तानको वरियतामा १०६ औँ स्थानमा… पुरा पढौ

जापान पठाइदिने भन्दै लाखौं ठगी

वैदेशिक रोजगारीका लागि जापान पठाइदिने भन्दै सर्वसाधारणको लाखौं रूपैयाँ ठगी गरेर मोरङको सुनवर्षीका एकै परिवारका ४ जना फरार भएका छन्। राम्रो कमाई हुने प्रलोभन देखाउँदै जापान पठाइदिने भनेर सर्वसाधारणसँग रकम असुल्दै आएका सुनवर्षी नगरपालिका-६ का अजय राजवंशी, उनका भाइ रञ्जित राजवंशी, बहिनी विद्या राजवंशी र बुहारी (रञ्जितकी पत्नी) अनुराधा राजवंशी फरार बनेको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ। प्रशासनका अनुसार अजयको अगुवाइमा विभिन्न व्यक्तिसँग २ करोड ७९ लाख २० हजार रूपैयाँभन्दा बढी रकम असुली गरेको देखिन्छ। पीडित मोरङको सुनवर्षी र… पुरा पढौ

अझै जीवित छ तत्कालीन बाइसे चौबिसे राजाले प्रयोग गरेको तोप

बागलुङको जैमिनी नगरपालिकाको तीन  वडाको सङ्गमस्थलमा रहेको माइकोस्थान नजिकैको तल्लो डाँडामा सानो सत्तलसँगै ढुङ्गाले छाएको मन्दिर छ । मन्दिरको भित्र बाइसे चौबिसे राजाको पालामा प्रयोग गरेको हतियार तोपको मुख्य भाग राखिएको छ । भुरे टाकुरे राजाहरुले तत्कालीन अवस्थामा राज्य गरेको स्थानमा रहेको तोप सङ्कटमा परेको छ । जिल्लाको सबैभन्दा ठूलो राज्य रहेको तत्कालीन गलकोटे राजाहरुसँग लडाइँपश्चात् राज्य एकीकरण गरिएको भन्ने स्थानमा अहिले मन्दिरसँगै तोप रहे पनि संरक्षण हुन नसकेको स्थानीयको गुनासो रहेको छ ।   कोतमा राखिएको तोप संरक्षण अभावमा केही… पुरा पढौ

मलेसियामा बन्धक बनाइएका नेपालीको उद्धार गर्न सरकारले थाल्यो पहल

काठमाडौं। सरकारले वैदेशिक रोजगारीका क्रममा मलेसियामा बन्धक बनाइएका १९ नेपालीको उद्धार गर्न पहल गरेको छ । वैदेशिक रोजगारको सिलसिलामा मलेसिया पुगेका उनीहरुलाई विगत आठ दिनदेखि बन्धक बनाइएको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अवस्था बुझेर उद्धार गर्न पहल थालेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यो विषय गम्भीर भएकाले तत्काल उद्धारका लागि आवश्यक सबै पहल गर्न मुख्यसचिव शङ्कदास वैरागीमार्फत सम्बन्धित निकायलाई निर्देशन दिनुभएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरण शर्माले जानकारी दिनुभयो । वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका उनीहरुलाई एजेन्टले… पुरा पढौ

संघीय संसद्को पहिलो अधिवेशन आज सोमबारदेखि सुरू

गत मंसिर ४ गते सम्पन्न भएकाे आम निर्वाचनबाट बनेको संघीय संसद्को पहिलो अधिवेशन आज सोमबारदेखि सुरू हुने भएकाे छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार दिउँसो १ बजेका लागि संसदको पहिलो अधिवेशन बोलाउनुभएको हो । सोमबार बस्ने बैठकका लागि सम्पूर्ण तयारी पूरा भएको संसद सचिवालयले जनाएको छ । सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले अधिवेशनका लागि आवश्यक प्रशासनिक, व्यवस्थापकीय र प्राविधिक पक्षका सबै कामहरू पूरा भएको जानकारी दिनुभएको छ । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपति शमशेर जबराले… पुरा पढौ

भारतको पन्जाबमा तीन नेपाली युवाको मृत्यु

दुर्घटनामा परी भारतको पन्जाबमा तीन नेपाली युवाको मृत्यु भएको छ भने अन्य दुई नेपाली युवा घाइते भएका छन्।  घटना दुईदिन पहिलेको हो। तीव्र गतिमा रहेका कारको ठक्करबाट सडकमा पैदल हिँड्दै गरेका ती नेपालीको पन्जाबको भुल्लार गाउँमा मृत्यु भएको हो।  भारतीय दैनिक ट्रिब्युनका अनुसार मृत्यु हुनेमा रोहित आचार्य, दिलन थापा र सन्तोष थापा छन्। भुल्लारस्थित एक विवाह पार्टी प्यालेसमा कामदार रहेका उनीहरु सबै २५ वर्षमुनिका छन्। त्यस्तै घाइते हुनेमा रोहित थापा र समीर चौहान छन्।  ट्रिब्युनले सो घटनाबारे समाचारमा जनाएअनुसार कार… पुरा पढौ

बागलुङका प्रहरी प्रमुख ज्ञवाली नगद सहित पुरस्कृत

बागलुङ, गण्डकी प्रदेश प्रहरी कार्यालय कास्कीले बागलुङ जिल्लाका प्रहरप्रमुख (एसपी) दयानिधी ज्ञवालीसहित ७ जिल्लाका प्रहरी प्रमुखहरु सहित १० जना प्रहरी अधिकृतलाइ नगदसहित पुरस्कृत गरेको छ । प्रदेश प्रहरी कार्यालयबाट पुरस्कृत हुनेमा बागलुङ जिल्लाका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक दयानिधी ज्ञवाली सहित तनहुँका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक राजेन्द्रबाबू रेग्मी, कास्कीका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक अजय केसी, गण्डकी प्रदेश प्रहरी गण पोखराका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक जनादन जिसी रहनुभएको छ । त्यस्तै, म्याग्दीका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक… पुरा पढौ

जापानको साइतामामा आफ्नै ग्याङ्को साथीमाथि गोली प्रहार गर्दा एक जना गम्भिर घाइते

शुक्रबार राती साइतामा प्रिफेक्चरको सायमा सहरमा ५० वर्ष उमेर समूहका एक व्यक्तिलाई हाते बन्दुक जस्तै देखिने हटियारले गोली प्रहार गरी गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ ।एकै समूहका सदस्य बिचको द्वन्द्वले गोली प्रहार भएको हुन सक्ने भन्दै शंकास्पद व्यक्ति हातहतियार लिएर भागेको आशंकामा प्रहरीले नजिकका बासिन्दालाई सतर्क रहन आह्वान गरिरहेको छ ।शुक्रबार साँझ ७ बजेतिर सायमा सहरको हिरोसेदाईबाट "मेरो श्रीमानलाई पेस्तोलले गोली हानेको" भन्ने घाइतेकी श्रीमतिले आपत् आपतकालिन सेवा दमकललाई खबर गरिएपछि प्रहरी र एम्बुलेन्स टोली घटनास्थलमा पुगेका थिए ।उनीहरूले… पुरा पढौ

जापानको सांगीतिक कार्यक्रममा प्रकाशले गाउदा परदेशी नेपाली दर्शकको भक्कानो छुट्यो, इश्वरले सबैलाई नचाए

एकातिर गीत र अर्कातिर गीतमार्फत सन्देशप्रद विचार राखेर गलकोट समाज जापानद्वारा आयोजना गरिएको सांगीतिक धमाका-२०२३ मा कलाकार प्रकाश सपुतले दर्शकको मन जितिरहे । राजनीतिज्ञ र प्रशासकलाई देशको वर्तमान अवस्थाका कारण लाखौ नेपाली जनशक्ति विदेशिन वाध्य हुनुपरेको बारेमा चोटिलो प्रहार गर्दै त्यस तर्फ विशेष ध्यान पुर्याउन आग्रह गर्दै भने- मेरो पनि हैन र यो देश मेरो पनि हैन र ……..प्रकाशले कोही पनि नेपाली रोजरोटीका लागि विदेश जान नपरोस् भनेर गीत संगीतमार्फत अनुनय गरे। विदेशमा जतिसुकै सुविधायुक्त वातावरण रहेपनि पनि हरेक नेपालीलाई… पुरा पढौ

ओसाकी र इकेबुकुरो स्टेशनबिचका क्षेत्रमा आइतबार र सोमबार जेआर यामानोते लाइनको सेवा बन्द हुने

टोकियोमा संचालित रेल सेवा अन्तर्गत अति व्यस्त लाइन मध्यपर्नेमा पर्ने जेआर यामानोते लाइनको सेवाहरू शनिबार र आइतवार बन्द हुने भएको भाएको छ ।टोकियोको जेआर ओसाकी र जेआर इकेबुकुरो स्टेशनहरू बीचको जेआर शिबुया स्टेशनमा निर्माण कार्य भइरहेकोले दुई दिनका लागि यामानोते सेनको सेवा निलम्बित गरिएको पूर्वी जापान रेलवे कम्पनी (जेआर ईस्ट) ले घोषणा जनाएको छ ।‘सो सेन( लाइन) का सेवाहरू दुवै दिनमा भित्री ट्र्याक र निलम्बित खण्ड बाहिर ट्र्याकमा घटाइने छ ।’ कम्पनीले जारी गरेको सूचनामा जनाईएको छ । JR East… पुरा पढौ