प्रमुख समाचार

गलकोट दरबारमा अझै छ ‘आकर्षण’

तलतिर हरिचौर बजार र दरमखोला । माथितिर घुम्टे पहाड र टेउवा । बीचमा छ गलकोट दरबार । यही दरबार परिसरमा दैनिक आगन्तुकको भिड लाग्ने गरेको छ । कुनै बेला राजाले राज गरेको यो ठाउँ अहिले पर्यटक आकर्षणको केन्द्र बनेको छ । विसं १९७९ मा ढुङ्गा, माटो, इँटा र काठ प्रयोग गरेर कलात्मकशैलीमा बनेको यो दरबार भने जीर्ण बन्दै गएको छ । पछिल्लो समय दरबारको वरपर तस्बीर खिच्ने, भिडियो बनाउने र रमाउनेको सङ्ख्या बढ्दै गएको छ । सडकको सहज पहुँचले गर्दा… पुरा पढौ

नागरिकता अवैध हो भन्ने ‘रविले नै पुष्टि गरे’

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन २ का सांसद रवि लामिछानेले निर्वाचन आयोगमा बुझाएको स्पष्टीकरण पत्रमा उल्लेखित विवरणले उनले प्रयोग गरिरहेको नागरिकता अवैध देखाएको छ। नागरिकताको वैधतामाथि प्रश्न उठाउँदै परेको उजुरीबारे निर्वाचन आयोगले सोधेको स्पष्टीकरणको जवाफमा उनले आयोगमा स्पष्टीकरण पत्र बुझाएका थिए। पत्रमा उनले आफू अमेरिकी नागरिक भएपछि नेपाली नागरिकता त्याग्न निवेदनै नदिएको अनि नेपाल सरकारले पनि आफ्नो नागरिकता रद्द गर्ने निर्णय नगरेकाले आफू नेपाल फर्कँदा नेपाली नागरिकै रहेकाले नागरिकता पुन प्राप्ति सम्बन्धी प्रक्रियामा जानै नपर्ने तर्क गरेका छन्।… पुरा पढौ

पर्यटक आकर्षणको केन्द्र बन्यो बागलुङको ‘बञ्जीजम्प’

ढोरपाटन । हेटौँडाका विकास घिमिरे बागलुङको बलेवा र पर्वतको कुश्मा बजारलाई जोड्ने गरी कालीगण्डकी नदीमाथि बनेको बञ्जीजम्पमा तीनपटक घुम्न आए । तीन पटकसम्म आउँदा पनि उनलाई घुमेर धित अझै मरेको छैन । घिमिरे तीन दिनदेखि कुश्मामै बसेर यहाँ वरपर निर्माण भएका लामा तथा अग्ला झोलुङ्गे पुल, जिपलाइन, बञ्जीसँगै स्काइ साइक्लिङको अवलोकन गरिराखेका छन् । दुईपटक त उनले बञ्जीजम्प गरिसके । परिवारसहित घुम्न आएका घिमिरे अझै केही दिन यहाँ रमाउने योजनामा छन् । यहाँ स्वच्छ वातावरण र रमाइलो गर्ने माध्यम धेरै… पुरा पढौ

जिल्ला प्रशासन कार्यालयको परिसरबाट नक्कली प्रकाशकीय अधिकृतलाई पक्राउ

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय बागलुङले नक्कली प्रकाशकीय अधिकृतलाई पक्राउ गरेको छ। गोरखाको सहिद लखन गाउँपालिका घर भई जिल्ला प्रशासन कार्यालय बागलुङको परिसरमा आफूलाई जिल्ला प्रशासन कार्यालयको प्रशासकीय अधिकृत बताउने आकाशचन्द्र परियारलाई प्रहरीले पक्राउ गरेको हो। आइतबार दिउँसो पौने चार बजेको समयमा परियारले आफूलाई प्रशासन कार्यालयको प्रशासकीय अधिकृत भएको बताई ठगी गरिरहेको भन्ने सूचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी डिएसपी गङ्गाबहादुर थापाले बताए। आफू जिल्ला प्रशासन कार्यालय बागलुङको प्रशासकीय अधिकृत बताई निजामती कर्मचारीको पोसाक सहित विभिन्न… पुरा पढौ

गलकोट समाज जापानको “वृहत सांगीतिक धमाका-२०२३” मा नेपालका चर्चित कलाकार प्रकाश सपुत,रचना रिमालसहित श्रीकृष्णबम मल्ल र इश्वर सिंहले तहल्का मच्चाउने

गलकोट समाज जापानले आयोजना गर्न लागेको “वृहत सांगीतिक धमाका-२०२३” मा नेपालमा पछिल्लो समयका बहुचर्चित कलाकारको उपस्थितिसहित प्रस्तुति हुने भएको छ ।जापानका चार वटा शहरमा गल्कोट क्षेत्रमा स्वास्थ्य क्षेत्रको सहयोगार्थ हुन लागेको कार्यक्रमका लागि भर्सटाइल कलाकारको छवि बनाएका प्रकाश सपुत, छोटो समयमै नेपाली सांगीतिक क्षेत्रमा सर्वत्र छाएकी गायिका रचना रिमाल, सुगम तथा मौलिक लोकगीतका सर्जक श्रीकृष्णबम मल्ल र आफ्नो आवाजमै मौलिकपन दिइरहेका ईश्वर सिंहको उपस्थितिमा सांगीतिक धमाका २०२३ गर्न लागिएको कार्यक्रम संयोजक रत्नसिंह बस्नेतले बताए ।"विगतदेखि नै हरेक नया वर्षहरुमा सांगीतिक… पुरा पढौ

कतार विश्वकप : दोस्रो दिन सोमबार तीन खेलहरु हुँदै

कतार फिफा विश्वकपको दोस्रो दिन सोमबार तीन खेलहरु हुँदैछन् । पहिलो खेलमा इङ्ल्यान्ड र इरानबीच प्रतिस्पर्धा हुँदैछ । यस खेल खलिफा अन्तर्राष्ट्रिय मैदानमा नेपाली समय अनुसार साँझ पौने सातबजे सुरु हुनेछ । युरोपेली राष्ट्र इङ्ल्यान्ड फिफा बरियतामा पाँचौ स्थानमा छ । एसियाली मुलुक इरान २०औं स्थानमा छ । हालसम्म इङ्ल्यान्ड एसियाली मुलुकविरुद्ध एक पटक प्रतिस्पर्धा गरेको छ । आजको खेलसँगै इङ्ल्यान्डले दोस्रो एसियाली मुलुकसँग भेट्नेछ । आजको खेलमा जित निकाल्दै समूह ‘बी’ को खेलमा इङ्ल्यान्ड महत्वपूर्ण तीन अंक जोड्ने योजनामा… पुरा पढौ

बैतडीमा  प्रहरी सवार जिप दुर्घटना, कम्तीमा ३ प्रहरीको मृत्यु

बैतडीमा  प्रहरी सवार जिप दुर्घटनामा परेको छ । दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–४ निङलाडी खोला भन्ने स्थानमा से१ज ८५४ नम्बरको जिप दुर्घटनामा परेको हो ।  मतपेटिका पु¥याएर फर्कदै गरेको नेपाल प्रहरी टोली सवार जिप दुर्घटनामा हँदा तीन प्रहरीको घटनास्थलमै मृत्युु भएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए । उनले भने, “तीन जनाको मृत्युु भएको भन्ने खबर आको छ, उद्धार जारी रहेको आएको खबर छ, म आफैँ घटनास्थल जाँदैछु ।”  जिप सडकबाट करिब तीन सय मिटर तल खसेको जनाएको छ… पुरा पढौ

१२ः४५ बजेसम्म ३२ प्रतिशत मत खस्यो

आइतबार दिउँसो पत्रकार सम्मेलन गरी आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले उक्त जानकारी दिएका हुन। उनले भने,’१२:४५ बजेसम्म ३२ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान छ।’ प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि देशैभर मतदान भइरहेको छ । केही स्थानमा भएका छिटपुट घट्नाबाहेक बाँकी स्थानमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको गृह मन्त्रालयले जनाएको छ । निर्वाचनमा मतदाताहरूको उत्साहपूर्ण सहभागिता रहेको देखिन्छ ।  बिहान ७ बजेबाट सुरु भएको मतदानमा १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता सहभागी हुँदैछन् । तर बितेको झन्डै ६ घण्टामा १२… पुरा पढौ

जापानको टोकियोमा नेपाल बिजिनेश सेमिनार-२०२२ सम्पन्न,नेपालमा लगानी गर्न उपयुक्त वातावरण रहेको सहभागी निष्कर्ष

जापान नेपाल चेम्बर अफ कमर्श र नेपाल चेम्बर अफ कमर्श,टोकियोको आयोजनामा शुक्रबार ४० भन्दा बढी नेपालमा लगानी गर्न चाहने जापानीज कम्पनीहरुको सहभागितामा नेपाल बिजिनेस सेमिनार २०२२ सम्पन्न भएको छ ❘ जापानका लागि नेपाली राजदूत डा.दुर्गा बहादुर सुबेदीको प्रमुख अतिथ्यमा सम्पन्न भएको सो सेमिनारमा बिगत १२ बर्षदेखि जापानको बिभिन्न शहरहरुमा केन्द्रित रहेर नेपालमा बिदेशी लगानी भित्र्याउन यो सस्थाले जापानिज लगानीकर्ता हरुलाई संयोजन गरि रहेको छ❘ हाल सम्म जापानमा ७ वटा औपचारिक बिजिनेस सेमिनारहरु र ५० वटा भन्दा बढी अनौपचारिक बिजिनेससेमिनारहरु सम्पन्न गरको छ भने नेपाल जापान कूटनीतिक सम्बन्धको ६०… पुरा पढौ

प्रधानमन्त्रीसहित शीर्ष नेताहरूको मतदान कहाँबाट ?

काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मङ्सिर ४ गते हुने निर्वाचनमा डडेलधुरा गन्यापधुरा गाउँपालिका–१, रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्रमा मतदान गर्दै हुनुहुन्छ । यसका लागि देउवा केही दिनदेखि डडेलधुरामा हुनुहुन्छ । प्रधानमन्त्री देउवाले बिहान ९ बजे मतदान गर्नुहुने जनाइएको छ । विसं २०४८ देखि लगातार निर्वाचित प्रधानमन्त्री देउवा पुनः सोही निर्वाचन क्षेत्रबाट उम्मेदवार हुनुहुन्छ । प्रधानमन्त्री देउवाका कानुन विज्ञ अधिवक्ता केशवराज जोशीका अनुसार प्रधानमन्त्री पत्नी डा आरजु राणा देउवाले पनि सोही मतदान केन्द्रबाट मतदान गर्नुहुनेछ । सञ्चार तथा… पुरा पढौ