प्रमुख समाचार

भेटिँदैनन् अचेल कुवा र पोखरी

बागलुङ।निसीखोला गाउँपालिका–४ को झिम्पा, बडाचौर र खाडाखौर गाउँमा दुई दशक अगाडिसम्म कुवा र पोखरी ठाउँठाउँमा भेटिन्थे । पोखरीमा भैँसीलाई आहाल खेलाउने र त्यहाँको पानी पशुचौपायालाई खुवाउने गरिन्थ्यो । कुवाको पानी भरेर स्थानीयवासीले उपभोग गर्थे । अहिले हरेक घरमा खानेपानीको धारा बनेका छन् । त्यसले गर्दा कसैले पनि कुवा र पोखरीको पानी बोक्नु परेको छैन । स्थानीयले कुवा र पोखरीको पानी बोक्न छोडेको पनि दशक बितिसक्यो । प्रयोग हुन छोडे पनि पोखरी सुक्खा जमिनमा परिणत भए । गाउँमा जथाभावी सडक निर्माण… पुरा पढौ

नैतिकताको प्रश्न के हुन्छ ?-प्रधानमन्त्री
म फेस गर्छु- रवि लामिछाने

एमाले अध्यक्ष केपी ओलीलाई समेत भन्न लगाएर गृहमन्त्रीमा दोहोरिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि लगातार दबाब बढाइरहेका रवि लामिछानेले हिजो बालुवाटारमा प्रधानमन्त्रीसँग 'झगडा' गरेको खुलेको छ । बिहान १०:२५ बजे प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका उनी 'मलाई जसरी पनि गृहमन्त्री चाहियो,अरु कुरा थाहा भएन' शैलीमा प्रचण्डसँग अस्वभाविक रुपमा प्रस्तुत भएको कुरा दिउँसो माओवादी केन्द्रको पदाधिकारी बैठकमा रिपोर्टिङ भएको हो । माओवादी केन्द्रको अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष र लामिछानेको भूमिकाप्रति असन्तुष्टि जनाउँदै बैठकमा उक्त विषय खुलस्त राखेको बताइएको छ । एक… पुरा पढौ

पोखरा-बाग्लुङ राजमार्गमा यातायात बन्द गरेर काम गरिने

पोखरा—बाग्लुङ राजमार्गमा यातायात बन्द गरेर सडक स्तरोन्नतिको काम गरिने भएको छ । पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजनाले सो सडक खण्ड फराकिलो बनाउने कार्य सुरु गरेसँगै कामलाई तीव्रता दिन राजमार्गमा यातायातका साधन बन्द गरेर काम गर्न लागिएको हो । आयोजनाका अनुसार प्रत्येक दिन बिहान ११ देखि १५ सम्म र बेलुका २१ देखि बिहान १ बजेसम्म सवारी साधनलाई रोकेर आयोजनाको कामलाई तीव्रता दिइनेछ । रोकिएका सवारी साधनलाई आधा घण्टाको फरकमा सञ्चालनको व्यवस्था मिलाइएको छ । पोखरा—बाग्लुङ राजमार्गअन्तर्गत हाल पोखराको हरिचोकदेखि याम्दीपुलसम्मको सडक स्तरोन्नतिको… पुरा पढौ

अनलाइन राहदानी आवेदनमा यस्तो छ नयाँ व्यवस्था दैनिक १५०० अग्रिम आवेदन लिने

काठमाडौं । राहदानी विभागले विद्युतीय राहदानी (ई–पासपोर्ट) वितरणलाई सहज बनाउन नयाँ व्यवस्था गरेको छ । विभागले अब प्रत्येक दिन एक हजार ५०० अग्रिम आवेदन लिने भएको छ ।  अहिले विभागले दैनिक एक हजार ८०० आवेदन लिइरहेको छ । यसमा अब थप दैनिक एक हजार ५०० आवेदन लिने भएको हो । अहिले विभागले दैनिक ६ हजार राहदानी छपाइ गरिरहेको छ ।  विभागले अहिले नियमित सेवाअन्तर्गत ७७ वटै जिल्ला प्रशासन कार्यालय, १७ वटा इलाका प्रशासन कार्यालय र ३८ वटा विदेशस्थित नेपाली नियोगहरूबाट… पुरा पढौ

रेमिटान्सको आम्दानीले जीवनस्तरमा सुधार त भयो कमाईको दुई तिहाइ घरखर्च मै सकिएको तथ्य सार्वजनिक

चितवन स्थायी घर बताउने बिन्दु अर्याल छ वर्षीया छोरीसहित काठमाडौँमा भाडामा बस्नुहुन्छ । उहाँका पति दिनेश न्यौपाने भने विगत पाँच वर्षदेखि वैदेशिक रोजगारीका लागि कतारमा हुनुहुन्छ । प्रत्येक वर्ष एक महिना घर बिदामा नेपाल आउने न्यौपानेले काठमाडौँमा कोठा भाडामा लिएर छोरीसहित बस्ने श्रीमती र छोरीको सबै खर्च धान्नुपर्छ ।  कास्की स्थायी घर भएकी रीता अधिकारी पनि काठमाडौँमै बस्नुहुन्छ । उहाँका श्रीमान् कैलाश थापा वैदेशिक रोजगारीका क्रममा दुई वर्षदेखि संयुक्त अरब इमिरेट्स (यूएई)मा हुनुहुन्छ । थापासँग प्रेम विवाह गरेकी अधिकारीको काठमाडौँको… पुरा पढौ

आफ्ना नीति सचिवले मदिरा पिएर सवारी साधन चलाउदा पक्राउ परेपछि जापानका मन्त्रिपरिषद्का मुख्य सचिव मात्सुनोले राजिनामा दिने

जापानका मन्त्रिपरिषद्का मुख्य सचिव मात्सुनोले आफ्नो नीति सचिवलाई मदिरा सेवन गरी सवारी चलाएको आशंकामा २७ गते राति प्रहरीले पक्राउ गरेको खुलासा गर्दै आफ्नो पदबाट राजीनामा दिने बताए ।४९ वर्षीय नीति सचिवले रक्सी सेवन गरेर सवारी चलाएको र चेकजाँचका क्रममा ‘रातो टिकट’ भनिने ट्राफिक टिकट दिएपछि गत २७ गते राति पक्राउ गरिएपछि नैतिकताको आधारमा आफूले मन्त्रिपरिषद्का मुख्य सचिव पद बाट राजिनामा दिन लागेको शनिबार पत्रकार सम्मेलन गरेर जानकारी दिएका हुन । जापानमा तोकिए भन्दा बढि मादक पदार्थ सेवन गरेर सवारी साधन… पुरा पढौ

जापानमा पहिलो पटक नक्कली एयरब्यागसहित ४ जना पाकिस्तानी नागरिक पक्राउ

जापानमा पहिलो पटक ठूला कार निर्माता कम्पनीहरूको लोगोसहितको नक्कली एयरब्याग राख्ने र बेच्ने अभियोगमा चार जनालाई जनवरीमा पक्राउ गरिएको छ।महानगरीय प्रहरी विभाग (MPD) ले पाकिस्तानी नागरिक कार बिक्रेता इसरार मियाँ अलीसहित अन्यले गुन्मा प्रान्तको इसेसाकीमा प्रयोग हुने आयातित पार्टपुर्जाहरूबाट एयरब्यागहरू बनाएर टोयोटा,निसान र होन्डा जस्ता स्वदेशी अटोमोबाइलको लोगो जोडेर वास्तविक उत्पादनको रूपमा भन्दै अनलाइन बेचेको विश्वास गरेको छ। प्रहरीले अप्रिल २०२१ र अक्टोबर २०२२ को बीचमा करिब १,००० नक्कली एयरब्यागहरू बेचेर करिब १७ मिलियन येन (लगभग ०००)आम्दानी गरेको अनुमानमा प्रहरीले… पुरा पढौ

जापानको तोचिगीमा नेपाल र जापानका नगर प्रमुखका बिचमा ‘मेयरसँग मेयर संवाद’ कार्यक्रम अन्तर्गत औपचारिक भेटघाट

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई र जापानको तोचिगी नगरपालिकाका नगरप्रमुख ओखावा हिदेकोबिच ‘मेयरसँग मेयर संवाद’ कार्यक्रम अन्तर्गत औपचारिक भेटघाट भएको छ । गत मंसिर ९ गतेको मन्त्रीस्तरीय निर्णय अनुसार एन आर एन ए क्षेत्रीय समिती तोचिगी जापान ,नेपाली कम्युनिटी तोचिगी जापान र शेर्पा ट्रेडलिंक कम्पनी जापानको निमन्त्रणामा १५ दिने जापान भ्रमणका लागी माघ १ गते जापान आएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका नगरप्रमुख तीर्थराज भट्टराई र तोचिगी नगरपालिकाका नगरपमुख ओखावा हिदेकोबिच दुई नगरपालिकाको सम्बन्ध थप मजवुत गराउने प्रयत्न… पुरा पढौ

गृहमन्त्री रविको नागरिकता अवैध; मन्त्री, सांसद र सभापति पद गयो

सर्वोच्च अदालतले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने गैरनागरिक रहेको ठहर गरेको छ। अमेरिकी नागरिकता त्यागेपछि नेपालको नागरिकता पुनः प्राप्ति नगरी खारेज भइसकेको नागरिकता प्रयोग गरेको भन्दै अदालतले रविले नेपाली नागरिकका रुपमा गरेका सबै कार्य अवैध हुने भनेको छ । संवैधानिक इजलासको यो फैसलासँगै रवि लामिछानेको मन्त्री तथा सांसद पद खारेज भएको छ । त्यस्तै उनी राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति बन्न समेत अयोग्य भएका छन् । नागरिकता सन्दर्भमा नेपालको अदालतबाट भएको यो अहिलेसम्मकै ठूलो फैसला हो । लामिछानेविरुद्ध अधिवक्ता रविराज बसौलाले सर्वोच्चमा मुद्दा… पुरा पढौ

जापानमा आपराधिक घटनामा सेल्फ-डिफेन्स फोर्सका अफिसरको संलग्नता रहेको प्रहरीको भनाई

जापानको कान्तो क्षेत्रका विभिन्न स्थानमा एकपछि अर्को गरी घटेका लुटपाटका घटनामा आपराधिक समूहको संलग्नता रहेको आशंकामा अनुसन्धान अधिकारीहरुद्वारा अनुसन्धान भइरहेको खुलेको छ ।टोकियोको कोमाई सिटीमा बिहिबार अर्थात् १९ गते दिउँसो वृद्धमाथि लुटपाटपछि भएको हत्याको अनुसन्धानका क्रममा यस क्षेत्रमा यस वर्षको सुरुदेखि नै आपराधिक समूहका नेतृत्वमा रहेका तीनजनाको संलग्नताका बारेमा खुलेको हो । जसमा इबाराकी, तोचिगी, साइतामा र कानागावाका पाँचवटा घर र चिबामा दुई पसलमा क्षति पुर्याइ लुटपाट गरिएको थियो । आपराधिक क्रियाकलापमा संलग्नहरूले घटनामा पीडितलाई टाँसिने टेपले बाँध्ने जस्ता केही… पुरा पढौ