
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई र जापानको तोचिगी नगरपालिकाका नगरप्रमुख ओखावा हिदेकोबिच ‘मेयरसँग मेयर संवाद’ कार्यक्रम अन्तर्गत औपचारिक भेटघाट भएको छ ।
गत मंसिर ९ गतेको मन्त्रीस्तरीय निर्णय अनुसार एन आर एन ए क्षेत्रीय समिती तोचिगी जापान ,नेपाली कम्युनिटी तोचिगी जापान र शेर्पा ट्रेडलिंक कम्पनी जापानको निमन्त्रणामा १५ दिने जापान भ्रमणका लागी माघ १ गते जापान आएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका नगरप्रमुख तीर्थराज भट्टराई र तोचिगी नगरपालिकाका नगरपमुख ओखावा हिदेकोबिच दुई नगरपालिकाको सम्बन्ध थप मजवुत गराउने प्रयत्न स्वरुप तोचिगी नगरपालिकाको कार्यालयमा बिहिबार ‘मेयरसँग मेयर संवाद’ कार्यक्रम अन्तर्गत औपचारिक भेटघाट भएको हो ।

दुवै नगरप्रमुख तथा उनका साथमा रहेका प्रतिनिधि मण्डलवीचको भेटघाट र संवाद कार्यक्रममा फोहरमैला व्यवस्थापन, शिक्षा, स्वस्थ्य, कृषि, युवा जनशक्तिको रोजगारीको सम्भावना लगायतका विषयमा दुईपक्षीय छलफल भएको जानकारी एनआर एन ए क्षेत्रीय समिती तोचिगीका उपसंयोजक रेडियोकर्मी पत्रकार सन्तोष घिमिरेले गराएका छन।
नगरप्रमुख भट्टराईले भेटघाटको क्रममा दिक्तेलरुपाकोट मझुवागढी नगरपालिकाका तर्फबाट माछापुच्छ्रे हिमालको कलात्मक तस्विर, गौतम वुद्धको तामाको मूर्ति, एकसिँगे गैँडा, मौलिक सँस्कृति झल्किने विभिन्न प्रकारका स्थानीय सिपमा तयार भएका कलात्मक सामाग्रीहरु उपहारका रुपमा तोचिगी नगरपालिकाका नगरप्रमुख ओखादा हिदेकोलाई हस्तान्तरण गरेका थिए ।
त्यसैगरी तोचिगीका नगरप्रमुख हिदेको ले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईलाई त्यहाँको प्रचलन अनुसार उच्च सम्मानका साथ प्रदान गरिने अंगुरको बोट तस्बिर अँन्कित प्लेट र स्थानीय हस्तलिपीबाट बनेको पंखा लगाएतका सामग्री उपहार स्वरुप प्रदान गरेका थिए ।
भेटका क्रममा दिक्तेलरुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख भट्टराईले त्यहाँका नगरप्रमुख हिदेकोलाई आफ्नो नगरपालिकाका भ्रमणका लागि औपचारिक रुपमा निमन्त्रणा गर्नु भएको छ र यस भेटघाट कार्यक्रमको व्यवस्थापन तोचिगी प्रिफेक्चरमा विदेशीहरुका तर्फबाट प्रतिनिधि तोकिएका महेश लुइटेल र तोचिगी शिक्षा शाखाका कर्मचारी केइची यामागुचीले गरेका थिए ।
यस अवसरमा नगरप्रमुख हिदेकोले नेपाल र जापानवीच लामो समयदेखि घनिष्ट सम्बन्ध रहेको र यस्ता भेटघाटले दुई देशवीचको सम्बन्ध अरु मजवुत बन्ने बताए । नगरप्रमुख भट्टराईको टोलीमा गैर आवासीय नेपाली संघ (NRNA) जापान तोचिगीका क्षेत्रीय संयोजक मन्दिप क्षेत्री, तोचिगी प्रिफेक्चरमा विदेशीहरुका तर्फबाट तोकिएका प्रतिनिधि महेश लुइटेल,सामाजिक अभियन्ता निमा शेर्पा तथा रेडियोकर्मी पत्रकार सन्तोष घिमिरे सहभागी थिए भने तोचिगीका नगरप्रमुख हिदेकोका साथमा तोचिगी नगरपालिकाका अन्तराष्ट्रिय समन्वय प्रमुख आओकी हिरोसी र निर्देशक आकिहिरो ओबोकाता, नीति निर्माण विभाग प्रमुख केवुकावा वातारु, शाखा प्रमुख ओसिताका ओसियामा तथा शिक्षा शाखाका उपप्रमुख केनइची यामागुची रहनुभएको थियो ।
दुई नगरप्रमुखहरुको भेटघाटका अवसरमा नगरको प्रमुखद्धारदेखि नेपाल र जापानका झण्डाहरु फहराइएका थिए ।
यो भेटघाटबाट देशको गौरव वढाउन र विकास निर्माणमा छिमेकी राष्ट्रहरुलाई आकर्षित गराउन स्थानीय सरकारहरुको पनि महत्वपूर्ण भूमिका रहने प्रमाणित भएको भेटघाटको अवसरमा सहभागी गैर आवासीय नेपाली संघ जापान तोचिगीका क्षेत्रीय संयोजक मन्दिप क्षेत्री बताए ।
जापानको तोचिगीमा १५ वर्षदेखि रहनु भई एसएमएस कर्पोरेशन कम्पनी लि. सञ्चालन गर्दै आउनुभएको तोचिगी प्रिफेक्चरमा विदेशीहरुका तर्फबाट प्रतिनिधि तोकिनु भएका महेश लुइटेल सरकारी स्तरबाट महत्व दिइएको यो भेटघाटले हामी नेपालीको शिर उचो भएको बताए साथै नगरप्रमुख भट्टराईले कार्यक्रममा सहयोग गर्नु हुने सम्पूर्ण लाई धन्यवाद दिएका थिए ।



