पोखरा विमान दुर्घटना : ३२ जनाको शव निकालियो, विमानमा को- को थिए सवार (नामावलीसहित)

-


     जनहित न्युज    
     माघ १ गते २०७९


पोखरामा भएको विमान दुर्घटनामा ३२ जनाको शव निकालिएको छ । काठमाडौँबाट बिहान १०ः३३ बजे पोखराका लागि उडेको यति एयरलाइन्सको एटीआर-७२ विमान दुर्घटना भएको हो ।

उद्धार कार्यमा खटिएका सुरक्षा स्रोतकाअनुसारअहिलेसम्म दुर्घटना स्थलबाट ३२ जनाको शव निकालिएको हो । यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार विमानमा दुई पाइलट, दुई जना एयर होस्टेस र ६८ जना यात्रु सवार थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?