ढकाल गलकोट घुम्टे बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पुनः निर्वाचित

- गलकोट घुम्टे सहकारी सहकारीको १८ औ साधारण सभा सम्पन्न

-


     घनश्याम गौतम    
     पौष ९ गते २०७९


गलकोट घुम्टे बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा प्रशान्त ढकाल पुनः निर्वाचित भएका छन् । एकका लागि सबै र सबैका लागि एक भन्ने उद्घोषका साथ २०६१ असोजबाट संचालन गरिएको गलकोट घुम्टे गलकोट घुम्टे बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १८ औ साधारण सभा तथा छैटौं अधिवेशन आज सम्पन्न भएको छ ।

नेरिक एकेडेमी शंखमुल काठमाडौंमा भएको सभाको अवसरमा आगामी ४ बर्षे कार्यकालको लागि प्रशान्त ढकालको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति निर्वाचित भएको घोषणा गरिएको थियो । सस्थाको उपाध्यक्षमा लेम बहादुर भण्डारी, सचिवमा रुक्म प्रसाद ढकाल, कोषाध्यक्षमा थम्मन बहादुर बस्नेत, सदस्यमा जमुना थापा साहानी, गंगा चालिसे बुढाथोकी, उजिर थापा रहेका छन् ।

त्यस्तै सँस्थाको लेखा समितिको संयोजकमा ज्योती श्रेष्ठ, सदस्यमा सालिकराम शर्मा, दुर्गा बहादुर थापा निर्वाचित भएका छन् । सहकारीको ऐन २०७४, तथा सस्थाको निर्वाचन सम्वन्धी कार्यबिधी अनुसार गत मसिंर २८ गते देखि प्रक्रियागत रुपमा सुरु भएको अधिवेशनबाट संचालक तथा लेखा समिति निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत बिराज सुवेदीले बताए ।

गलकोटबाट बसाई सरि काठमाडौंमा बिभिन्न पेशा ब्यवसाय गरि बस्नुभएका गलकोटबासीको साझा बित्तिय सस्थाको रुपमा स्थापित भएको सहकारीको १८ औं साधारण सभामा संचालकको प्रतिवेदन, लेखा समितिको प्रतिवेदन, आर्थिक वर्ष २०७८÷०७९ को लेखा परिक्षकको प्रतिवेदन पारित गरिएको छ ।
२ करोड ५५ लाख ८२ हजार ९ सय शेयर पुँजि रहेको सहकारीमा ४२ करोड २१ लाख ६५ हजार ६ सय ५७ रुपैया बचत तथा ४२ करोड १६ लाख १२ हजार ९ सय ३ रुपैया कर्जा प्रवाह भएको प्रतिपेदनमा उल्लेख छ । ८३३ जना शेयर सदस्य रहेको सहकारीले गत आर्थिक वर्षमा सम्पूर्ण खर्च कटाएर १ करोड २ लाख ४६ हजार १ सय ११ रुपैया खुद मुनाफा गर्न सफल भएको छ ।
सभामा सस्थाका निर्वतमान संचालकसमितिका उपाध्यक्ष युवक गौचन, सचिव भुपिन्द्र खत्री, सदस्य टिका कुमारी बुढाथोकी, तारा न्योपाने, मनिता खत्री तथा लेखा समिति सदस्य मन बहादुर खत्री, ऋण उपसमिति सदस्य शालिग्राम शर्मा र प्रकाश खत्रीलाई सम्मान गरिएको थियो ।

१८ औं साधारण सभाको अवसरमा नेपाल राष्ट्र बैकका निर्देशकद्धय बुद्धराज शर्मा र डिलाराम सुवेदीले शुभकामना मन्तब्य दिएका थिए ।
सभा संस्थाका ज्येष्ठ शेयर सदस्य देउकुमारी भण्डारी र चन्द्र बहादुर सापकोटाको प्रमुख आतिथ्यता, अध्यक्ष प्रसान्त ढकालको अध्यक्षता लेखा समिति सदस्य मन बहादुर खत्रीको स्वागत तथा ऋण उपसमिति सदस्य प्रकाश खत्रीको संचालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?