
वैदेशिक भूमिमा सामाजिक सद्भाव मेलमिलाप र सहयोगी भावना जागृत गराउने उद्देश्यले नेपाली जनप्रगतिशील मंच जापान च्युबु मिए क्षेत्रीय समिति नागोयाले विजया दशमी शुभ दीपावली नेपाल सम्वत् र छठ पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा चियापान सम्पन्न भएको छ ।
जापानको नेपाली समुदायमा क्रियाशील रहेका राजनैतिक दलका भातृसंगठन र विभिन्न संघ संस्थाको प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको सो कार्यक्रमका वक्ताहरूले शुभकामना आदानप्रदान जस्ता कार्यक्रमले आत्मीयता र भातृत्वको विकास गराउन सहयोग पुर्याउने बताएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि रहेका नेपाली जनप्रगतिशील मंच जापान राष्ट्रिय समितिका अध्यक्ष भवानी पन्तले जापानमा यसरी सबै समाजिक संघ सस्थाहरुलाई एउटै मन्चमा उपस्थित गराएर शुभकामना आदान प्रदान गरेको पहिलो कार्यक्रम भएकोले राम्रो कार्यको सुरुवात भएको भन्दै खुशी व्यक्त गरे । उनले समाजको विकास र परिवर्तनका लागि एकता र सहकार्य अपरिहार्य रहेको समेत बताए ।

कार्यक्रमका बोलदै प्रवासी नेपाली मंच एसिया संयोजक डाक्टर सरोज कडेलले जापान भित्र भएका हरेक बिपत र दुखद घटनाहरुमा सबै संघ संस्था हरुले एकजुट भएर सहयोग गर्नु पर्नेमा जोड दिए ।
नेपाली जनप्रगतिशील मंच जापानका सल्लाहकार संयोजक हवलचन्द्र लामाले जापानमा नब आगन्तुक विद्यार्थीहरुले भोग्नु परेका समस्याको समाधानमा जापानका सबै संघ संस्थाले आवश्यक सहयोग पुर्याइनु पर्ने बताए ।

नेपाली जनप्रगतिशील मंच जापानका सल्लाहकार सालिकराम भण्डारीले जुनसुकै राजनैतिक तथा सामाजिक संस्थामा आबद्द भए पनि सामाजिक सद्भाव कायम राख्न र भाइचारा सम्बन्ध कायम राख्नको लागि यस खालका कार्यक्रम फलदायी हुने बताए ।
च्युबु मिए क्षेत्रीय समितिका अध्यक्ष हरि दोङ तमाङले नागोया क्षेत्रमा नेपाली राजदुताबासबाट प्रदान गरिने सेवालाई सहज र सरल बनाउन घुम्ति सेवा संचालन गरि सेवा प्रदान गर्न राजदुताबास लाई आह्यान गरेका थिए ।

प्रवासी नेपाली मन्च नागोया अध्यक्ष कृष्ण भुसालले
बाम एकताको लागि आह्वान गरेका थिए भने जन सम्पर्क समिति नागोया क्षेत्रीय समिति सभापति कुशल धितालले आपसी सत्भावको लागि सबैको सहभागिताको अपरिहार्यता रहेको बताएका थिए ।

सो कार्यक्रममा मञ्चका केन्द्रीय सदस्य राज पूरी, एनआरएनए जापान क्षेत्रीय समिति उपाध्यक्ष राजकुमार अधिकारी, नेपाली प्रवासी मंच क्षेत्रीय समिति नागोया अध्यक्ष कृष्ण भूषाल, गल्कोट समाज जापानका निवर्तमान अध्यक्ष याम खत्री, सोही समाजका क्षेत्रीय अध्यक्ष अजय थापा, नेपाली ब्यवसायी संघ, नगोया क्षेत्रीय अध्यक्ष नरबहादुर थापा, तामाङ समाज जापान नागोया क्षेत्रीय समिति अध्यक्ष रकम लामा, दर्शन समाज जापानका संरक्षक सूरज मल्ल लगायत झण्डै एक दर्जन भन्दा बढी संघसंस्था र समाजका प्रतिनिधिहरूले शुभकामना आदानप्रदान गरेका थिए ।
उक्त कार्यक्रममा जापानमा उच्च शिक्षाका लागी आएका नवआगन्तुक बिद्यार्थीको समेत बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रमको व्यवस्थापकीय पक्षमा सहयोग पुर्याउने उद्देश्यले तमाङ समाज जापानका सल्लाहकार लाल बहादुर तमाङ ले १ लाख आर्थिक सहयोग समेत उपलब्ध गराएका थिए ।

किसानलाल उप्रेतीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रम क्षेत्रीय समिति उपाध्यक्ष नबराज चापागाई स्वागत मन्तब्य र सचिब रन्जित गौतमले कार्यक्रम संचालन गरेका थिए ।




