प्रमुख समाचार

घरदेशमा जस्तै घर घरमा टिका र जमरासहित जापानमा पनि मनाइयो उत्साहका साथ दशैं

हर्लक्क बढेका जमरा काटेर थालीमा मिलाउदै टिकाटालोको चादोपाजो मिलाउनमा व्यस्त सात वर्षदेखि परदेशमा बस्दै आएका गुल्मीकी रेखा र पार्वती आचार्यमा छुट्टै उत्साह थियो । जापानमै रहेका तीन भाइ र नातिनीलाई १२ वर्षपछि सँगै राखेर टिका लगाइदिदा हेमराजका आँखामा हर्षका आशुँ छचल्किए । शीरभरि दशैंका जमरा र निधारभरि टिकामा सजिएर छोरा बुहारी र नातिनीहरुलाई टिका लगाइदिदा साच्चिकै घरमा भएजस्तो लागेको मंगलबार मात्र दशैं मनाउन जापान आएकी मुन्नी आचार्यलाई लाग्यो । उनको यो रमझम नेपालमा भने होइन, यो त समुद्रपारीको देश जापानमा… पुरा पढौ

कामको बोझका कारण प्रेम सम्बन्धमा रहने युवतीको संख्यामा कमी

टोकियो– यौवन अवस्थामा पुगेका ६० प्रतिशत जापानी युवतीहरु कामको बोझका कारण माया र प्रेमको सम्बन्धमा रम्न इच्छुक नभएको एक सर्वेक्षणले देखाएको छ ।एक अनलाइनले गरेको सर्वेक्षणका अनुसार जापानमा पुरुष जत्तिकै महिलाहरु पनि काममा व्यस्त रहेकोले पुरुषसँग रोमाण्टिक भई प्रेम गर्नुको सट्टा घरमा नै आरमदायी सोफामा बसेर टेलिभिजनमा सिरियल हेर्न खुशी हुने गरेको देखाएको छ ।सर्वेक्षणले काममा थकित चार जना युवतीमा एक जना मात्र प्रेमको सम्बन्धमा रहेको देखाएको छ । साथै केटीहरु केटासँग डेटिङ जान छाड्नेको संख्या बढ्दै गएको पनि देखाएको… पुरा पढौ

जापानमा कामदारहरु लामो समय बस्नमा रुचि कम

टोकियो–विदेशी कामदारहरुले भाषाको समस्या र बच्चाहरुको शिक्षाको विषयले गर्दा जापानमा लामो समयसम्म बस्ने रुचि कम देखाएको एक अध्ययनले देखाएको छ ।लामो समयसम्म विदेशी कामदारका विषयमा अध्ययन गरेका अकासीले जापानी कम्पनीहरुले कामदारहरुको उपलब्धी र क्षमताको मुख्य मापन संचार निपूर्णतामा जोड दिएकाले यो विदेशी विद्यार्थी र कामदारहरुका लागि मुख्य चिन्ताको विषय भएको बताएका छन् ।‘जापानको घट्दो जन्मदर र वृद्धहरुको संख्यामा वृद्धिको बिचबाट अर्थव्यवस्थामा भएको विकासलाई कायम राख्नका लागि श्रमशक्तिको सुनिश्चितता गर्नु प्रमुख समस्या हो’ आकासीले आफ्नो अध्ययन पश्चात् भनेका छन् – रोजगारीको… पुरा पढौ

नेपाली लोकभाकाः सधैं लोकप्रिय सधैं उपेक्षित

हिमाल खबरपत्रिकाको २०६१ मंसीर १-१५ को अङ्कमा ‘भाकाको जीत’ शीर्षकको आवरण रिपोर्ट प्रकाशन भएको थियो। रिपोर्टमा त्यति वेला चर्चित पप अल्बम २० हजार र लोकदोहोरी अल्बमहरू ५० हजारभन्दा बढी बिक्री भएको उल्लेख थियो। नेपाली श्रोतामाझ स्थापित हिन्दी फिल्मी गीतहरूको वर्चस्व तोड्दै स्वदेशी लोकभाकाले पकड बलियो बनाएको अवस्थालाई रिपोर्टमा ‘सांस्कृतिक महत्त्वको ठूलो उपलब्धि’ भनिएको छ। मार्टिन चौतारीद्वारा प्रकाशित रेडियो नेपालको सामाजिक इतिहास पुस्तक (२०६१) मा शेखर पराजुलीको ‘रेडियो नेपाल र श्रोता सर्वेक्षण’ लेखको चर्चा पनि यहाँ जोडौं। लेख अनुसार, सन् १९७१,… पुरा पढौ

सामाजिक सञ्जाल टिकटकको लाइभले फेरिएको अंश वर्माको जीवन

बुवा अधिवक्ता, काका न्यायाधीश। अंश वर्मा आफू पनि कानुन व्यवसायी नै बन्ने योजनामा दृढ थिए। आफूले चाहेकै संस्थामा कानुन पढ्नका लागि उनले दुई वर्ष कुरेका थिए। पढाइ सुरु गरेको केही समयमै कोरोनाभाइरसको महामारी फैलियो। उनी काठमाडौंबाट महेन्द्रनगरस्थित घर फर्किए। लकडाउनका कारण घरभित्रै थुनिएका उनले भिडिओ साझा गर्ने एप टिकटक चलाउन थाले। त्यसपछि उनको अधिवक्ता बन्ने उद्देश्यको रफ्तार केही धिमा भयो। टिकटककै कारण उनले बीएएलएलबी पढ्नका लागि दुई वर्ष पर्खिएर भर्ना पाएको कलेज त्यागे। नेपाली टिकटक प्रयोगकर्ताहरू माझ अंश अहिले निकै… पुरा पढौ

म्याग्दीमा चार जनाको प्रयासले ४२ जनालाई रोजगारी

म्याग्दीका केही युवाको प्रयासले गर्दा युवालाई रोजगारको अवसर सिर्जना भएको छ । सदरमुकाम बेनीमा पाँच जना युवाले थालेको छुट्टाछुट्टै पेशा तथा व्यवसायबाट उनीहरू आफू स्वरोजगार हुँदै अन्य युवालाई पनि रोजगारी प्रदान गरेका हुन् ।  बेनीबजारको गणेशटोलमा डिजी प्रिन्टका सञ्चालक भीमनाथ शर्माले थालेको डिजी प्रिन्टिङ एण्ड सोलुसनबाट अहिले नौ जनाले रोजगारी पाएका छन् ।  शर्मा आफैँ पनि यही व्यवसायमै आबद्ध हुनुहुन्छ भने उहाँसहित तीनजना कम्प्युटर अपरेटर, दुईजना प्रेस अपरेटर, एकजना बजार व्यवस्थापक, एकजना काउण्टर, एकजना स्कृन प्रिन्ट र एकजना फ्रेम निर्माणमा गरी… पुरा पढौ

बलात्कारकाे झुटो जाहेरी दिने एक महिला पक्राउ

बलात्कारकाे झुटो जाहेरी दिने एक महिला पक्राउ परेकी छन् । नवलपरासी वर्दघाट चिसापानी घर भई हाल काठमाडौं जडिबुटी डेरा गरी बस्ने ३४ वर्षीया महिलालाई प्रहरी पक्राउ गरेको हो। ती महिलाले आफूलाई भक्तपुर जिल्लाको लोकन्थलीमा ल्याई अचेत बनाई एक पुरुषले जबरजस्ती करणी गरेको भनी प्रहरी वृत्त ठिमीमा जाहेरी दरखास्त दिएका थिएकी थिइन्। जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत राजु पाण्डेका अनुसार उक्त जाहेरीउपर अनुसन्धान गर्दा त्यस्ताे प्रकृतिको कुनै पनि घटना भएकाे छैन् । उहाँले भन्नुभयाे,’पुरुषलाई फसाउने नियतले कपोलकल्पित घटना बनाई झुठाे… पुरा पढौ

अघिपछि शुन्य गाउँमा दसैँले चहलपहल बढ्दो : छोरानाती आएपछि खुसी फर्किएको छ

रोजगारी, बसाइसराइ तथा बढ्दो शहरीकरणका कारण अहिले धेरै गाउँ उजाडिएका छन्। गाउँका प्रायः घरमा झार पलाएका छन् भने परिवार भएको घरमासमेत वृद्धवृद्धामात्रै देखिन्छन्। दश वर्षअघि बागलुङ नगरपालिका–८ स्थित मैनाकुमारी कार्कीको परिवार गाउँमै ठूलो थियो। एघार जनाको परिवार रहेकोमा श्रीमान् मृत्यु भयो। छोरा छोरी र नातनातीना बजार झरेपछि मैनाकुमारी एक्लै भइन्। उनीमात्रै हैन अहिले सोही गाउँका अधिकांश घरमा वृद्धवृद्धा मात्रै छन्। तर उक्त गाउँको खुशी दशैसंगै फर्किएको छ। अहिले गाउँमा दशैको रमझमले कार्कीसहित अन्य गाउँले औधी खुशी भएका छन्। दसैं शुरु… पुरा पढौ

अमेरिकी राजदूत बेरी फिर्ता, नवनियुक्त राजदूत थम्पसनले लिए शपथ

काठमाडौँ । नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरी आफ्नो चार वर्षे कार्यकाल पूरा गरेर स्वदेश फर्किएका छन् । अमेरिकाले नामिबियाका लागि राजदूत नियुक्त गरेसँगै उनी आइतबार स्वदेश फर्किएका हुन् । ‘मेरो जीवनकथामा एउटा अध्याय नेपाली र अमेरिकीहरूको सम्बन्धको इतिहासको बारेमा पनि समावेश हुने सौभाग्य प्राप्त गरेकोमा अत्यन्तै कृतज्ञ छु,’ बेरीले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘मैले यहाँहरूबाट व्यक्तिगत रूपमै अनुभव गर्न पाएको अनेकौँ माया, सदभाव र सत्कारका क्षणहरूका लागि सदैव आभारी रहनेछु ।’ उनले नेपालको भविष्यका विषयमा अत्यन्तै आशावादी रहेको भन्दै… पुरा पढौ

बागलुङका बाढीपीडितलाई न दसैँ, न तिहार 

 दसैँ सुरु भयो । विदेश भएका र बजार झरेका पनि गाउँ फर्किरहेका छन् । सहरदेखि गाउँसम्म दसैँको रौनक निकै बढेको छ । बागलुङको ढोरपाटनका बाढीपीडितलाई भने दसैँको रौनकले कत्ति पनि छुन सकेको छैन । उनीहरुलाई आफन्त गुमाएको पीडा र घर बनाउँदाको ऋणले सताइरहेको छ । विसं २०७७ भदौ १७ गते राति भूजी खोलामा आएको भीषण बाढीले सयौँलाई घरबारविहीन बनाएको थियो भने कैयनलाई आफन्तविहीन बनाएको थियो । बाढीमा परी ३८ बढीले ज्यान गुमाउनुपरेको थियो । त्यो कहालीलाग्दो घटनाले बाढीपीडितलाई अहिले पनि… पुरा पढौ