प्रमुख समाचार

दशैं मान्न आष्ट्रेलियाबाट जापान आएको चार दिनमै सडक दुर्घटनाले ज्यान लियो नर्सिङ अध्ययनरत सुनिताको

दशैंमा सबै परिवार संगै भएर टिकाटालो गर्ने, दुःख सुख साटासट गरि रमाइलोसँग चाडवाड मान्न कै लागि देशविदेशमा रहेका परिवारका सदस्यहरूको जमघट हुन्छ । नेपालीहरूको महान पर्व विजया दशमी नजिकिदै गर्दा धेरैको परिवारका सदस्यहरूका बिचको मिलन पनि उत्तिकै बढिरहेको छ ।यस्तै मिलन भएको थियो जापानको साइतामा बस्ने सुनीताको घरमा पनि । चारदिन अघिमात्र अष्ट्रेलियादेखि बुवाआमा र परिवारसँग यस वर्षको दशैं मनाउन जापान आइपुगेकी सुनीताको लागि त्यो खुशी सहितको दशैं त कहिलै आएन आएन परिवारका सदस्यहरूका लागि पनि नमिठो पिडा र चोट… पुरा पढौ

गुञ्जिदैनन् ‘चाचाहुइय’, बाटिँदैनन् बाबियोका पिङ 

हावाले दशैं आयो भनेर सङ्केत गरिसक्यो । वातावरण विस्तारै दशैंको माहोलमा पुलकित हुँदैछ । दशैंको रमझम शुरु भएसँगै गाउँघरमा पिङ हाल्ने कुरा चल्नुपर्ने हो । चलिरहेको छ । तर, पहिलेभन्दा निकै कम । पिङ खेल्ने परम्परा आंशिक रुपमा ओझेलमा पर्दै गएको अनुभव गर्न सकिन्छ ।  नेपाली समाजमा पिङ र परम्परा अन्तरसम्बन्धित छन् । विशेषतः पहाडी तथा ग्रामीण भेगका मानिसहरुले हरेक महिना वा हरेक वर्ष विशेष अवसरहरुमा ‘मेला’ आयोजना गर्थे । त्यही मेलामा मनोरञ्जनको सबैभन्दा महत्त्वपूर्ण माध्यम थियो ‘पिङ’ । दशैंमा… पुरा पढौ

गाउँबाट हराउँदैछ ‘रोटे र लिङ्गे’ पिङ 

दशैँ सुरु भइसक्यो, वातावरण दशैँको माहोलमा रम्न थालिसक्यो । दशैँको रमझम सुरु भएसँगै गाउँघरमा ‘लिङ्गे पिङ’ खेल्दै रमाउन सुरु भइसक्थ्यो । तर कर्णाली प्रदेशका गाउँ–गाउँमा ‘लिङ्गे पिङ’ थापेको कहीँकतै देखिँदैन । दशैँमा पिङ खेल्ने परम्परा ओझेलमा परिसकेको छ । पहाडी तथा ग्रामीण भेगका मानिसले हरेक महिना वा हरेक वर्ष विशेष अवसरहरूमा ‘मेला’ आयोजना गर्थे । त्यही मेलामा मनोरञ्जनको सबैभन्दा महत्त्वपूर्ण माध्यम थियो ‘लिङ्गे पिङ’ । दशैँमा ‘लिङ्गे पिङ’ खेल्ने परम्परा पनि यसै अन्तर्गत सुरु भएको हुनसक्छ । जे होस् दशैँमा… पुरा पढौ

छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको छ । सल्यानको कपुरकोट गाउँपालिका–३ मूलपानीस्थित सडकमा रा.१ ज ५६३ नम्बरको जिप बुधबार विहान दुर्घटना हुँदा जिपमा सवार ८ जनाको मृत्यु भएको छ ।  दुर्घटनामा गम्भीर घाइते भएका सोही ठाउँ बस्ने ३५ वर्षीय तिलक ओलीको प्रादेशिक अस्पताल दाङमा उपचार भइरहेको छ ।  बाँकेको नेपालगन्जबाट सल्यानको रिमतर्फ जाँदै गरेको उक्त जिप दुर्घटना भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सल्यान, इलाका प्रहरी कार्यालय लुहाम र प्रहरी चौकी कपुरकोटबाट खटिएको प्रहरीले मृतक… पुरा पढौ

आबेको सैन्यवादी अन्त्येष्टिले जापानलाई तनावपूर्ण ‘मूड’लाई निम्ता दियो

पूर्व जापानी प्रधानमन्त्री शिन्जो आबेको विवादास्पद राजकीय अन्त्येष्टिको नेतृत्व तहमै कहिल्यै अन्त्य नहुने तातो बहसको रूपमा पक्ष र विपक्षमा शब्दहरूको आदानप्रदान जस्तो लाग्ने गरि मंगलबारको समारोहका दृश्यहरू देखिए । जसले अझै पनि गहिरो रूपमा विभाजित राष्ट्रको कथालाई स्पष्ट रूपमा बतायो। यसको आधुनिक इतिहासमा सायद सबैभन्दा ध्रुवीकरण गर्ने नेताको विरासतको रूपमा चिनायो । विवादास्पद राजकीय अन्त्येष्टिले किशिदाको लागि उल्टो यात्रा हुनसक्ने अनुमान समेत गरिएको छ । जुलाईमा आबेको हत्यापछि टोकियोका विभिन्न भागहरू विश्वको सबैभन्दा स्थिर राष्ट्रको राजधानीभन्दा पनि प्रहरी राज्य जस्तो… पुरा पढौ

एमाले नेतृत्वको महागठबन्धनमा को-को ?

काठमाडौं, १० असोज। सत्तारूढ राजनीतिक दलहरू नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबिच चुनावी गठबन्धन कायमै छ। स्थानीय निर्वाचनमा गठबन्धन बनाएर चुनाव लडेका ती दलहरू प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पनि संयुक्त उम्मेदवार उठाएर चुनाव लड्दैछन्।तर, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले गठबन्धन बनाएर चुनाव लडिरहेकोबारे खास चर्चा हुने गरेको छैन। सत्तारूढ दलले गठबन्धन बनाएर चुनावी प्रतिस्पर्धामा जाँदा एमालेले पनि आफूसँग मुद्दा र व्यवहार मिल्ने पार्टीसँग सहकार्य र गठबन्धनको प्रयत्न गरिरहेको छ। कतिपय साना दलहरू एमालेको चुनाव चिन्ह… पुरा पढौ

गलकोट चिनाउने वृत्तचित्र ‘गलकोट’ को जापानबाट प्रदर्शन सुरु, पर्यटक प्रवर्द्धनमा टेवा पुर्याउने दर्शकको प्रतिक्रिया

देश विदेशमा गलकोट चिनाउने ध्येयले निर्मित वृत्तचित्र ‘गलकोट’ को प्रदर्शन जापानबाट सुरु भएको छ । टोकियोबाट वृत्तचित्रको औपचारिक प्रदर्शन शुरु भै नागोयामा सोमबार प्रदर्शन भैसकेको र ओसाकामा अक्टोबर १३ मा प्रदर्शन गरिने वृत्तचित्र निर्माता कम्पनी ‘युएसबी’ सेवाले जनाएको छ । “जापानपछि बेलायत, हङकङलगायत देशमा च्यारिटीस्वरूप प्रदर्शन हुँदैछ”, कम्पनीका निर्देशक आकाश थापाले भने, “प्रदर्शनबाट बचेको पैसा नेपालमा शिक्षा र स्वास्थ्य सेवाका क्षेत्रमा खर्च गर्ने सोच छ ।” टिकट काटेर वृत्तचित्र हेर्न आएका दर्शकबाट राम्रो प्रतिक्रिया आइरहेको उनको भनाइ छ । अध्ययन… पुरा पढौ

मोबाइलको लतले विद्यार्थीको पढाइ रूची घट्दै, शिक्षक र अभिभावक चिन्तामा

राजविराज नगरपालिका वडा नं ४ मस्जिद टोलकी ३२ वर्षकी आशा परियारलाई पछिल्लो समय मोबाइलले तनाव थपिदिएको छ ।  विवाह भएदेखिनै श्रीमानको हिंसा सहदै आफूले छोराको शिक्षामा ध्यान दिएको बताउँने अहिले भने चिन्तित छिन् ।  सधैँजसो रक्सी खाएर श्रीमाले आफूमाथि हिंसा गर्ने गरेको उनी बताउँछिन् । जसोतसो छोरालाई पढाइरहेको उनले एक स्थानीय निजी विद्यालयमा शिक्षिकाको काम थालिन् । छोरा कक्षामा राम्रो विद्यार्थीमा गनिन्थ्यो । कक्षामा पहिलो वा दोस्रो हुन्थ्यो । जीवनमा खुसी आउने उनको सपना लामो समयसम्म टिक्न सकेन । कोरोनाको… पुरा पढौ

लोकमार्गले बदलियो बागलुङका दुर्गम गाउँको परिचय

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले यहाँको मालढुङ्गादेखि पातिहाल्नेसम्म जोडेको छ । करिब एक सय ४२ किलोमिटर बागलुङमा पर्ने लोकमार्गले जिल्लाका सुगमदेखि दुर्गमसम्मका दर्जनौँ गाउँलाई जोडेको छ । एकदशक अगाडिसम्म निकै दुर्गम मानिने निसीखोलाले अहिले स्वरुप बदलेको छ । पूर्वी रुकुमसँग जोडिएको निसीखोलामा आदिवासी जनजाति र दलित समुदायको बाक्लो बसोबास छ । शिक्षा, स्वास्थ्यलगायत विकासका पूर्वाधारले निकै पछाडि परेको निसीखोला लोकमार्गले जोडिएपछि थुप्रै सम्भावनाका ढोका खुलेका छन् । लोकमार्गका छेउछाउमा अहिले थुप्रै घर तथा भवन धमाधन निर्माण हुँदैछन् भने गाउँको स्वरुप… पुरा पढौ

कसैलाई काखा कसैलाई पाखा नगर्नु होला, राष्ट्रपतिज्यू विचार गरिदिनुहोला : कुल आचार्य

स्टकहोम (जीएनएन) -- गैर आवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय अध्यक्ष कुल आचार्यले संसारभरका नेपालीले प्रतिक्षा गरेको नागरिकता विधेयक प्रमाणीकरण नगरिंदा गैरआवासीय नेपालीहरु दुखी भएको बताएका छन्।स्वीडेनमा आयोजना भै रहेको एनआरएनए युरोप क्षेत्रको चौधौं बैठकको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष आचार्यले संविधान बनेको ७ वर्ष भैसक्दा पनि गैरआवासीय नेपाली नागरिकताको विषय सम्बोधन हुन नसकेको रहेको बताए । ‘ नागरिकता विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाले दुइ, दुइ पटक पारित गरिसकेका छन् । नेपालको राजनीतिमा कसैलाई काखा कसैलाई पाखा नगर्नु होला’, आचार्यले भने,… पुरा पढौ