
दशैंमा सबै परिवार संगै भएर टिकाटालो गर्ने, दुःख सुख साटासट गरि रमाइलोसँग चाडवाड मान्न कै लागि देशविदेशमा रहेका परिवारका सदस्यहरूको जमघट हुन्छ । नेपालीहरूको महान पर्व विजया दशमी नजिकिदै गर्दा धेरैको परिवारका सदस्यहरूका बिचको मिलन पनि उत्तिकै बढिरहेको छ ।
यस्तै मिलन भएको थियो जापानको साइतामा बस्ने सुनीताको घरमा पनि । चारदिन अघिमात्र अष्ट्रेलियादेखि बुवाआमा र परिवारसँग यस वर्षको दशैं मनाउन जापान आइपुगेकी सुनीताको लागि त्यो खुशी सहितको दशैं त कहिलै आएन आएन परिवारका सदस्यहरूका लागि पनि नमिठो पिडा र चोट थपेर २९ वर्षको कलकलाउदो उमेरमा यस घर्तीबाट बिदा भईन ।

दुई छोरी र एक छोरासहित जापानको साईतामा याचुका भन्ने स्थानमा बस्ने सुनिताका बुबा मिन बहादुर केसीले उच्च शिक्षाका अध्ययनका लागि दुई छोरी आष्ट्रेलियामा पठाएका थिए भने छोरा र श्रीमती आफूसंगै जापानमा नै राखेका थिए ।
यहि सानो र सुखी परिवारले हर्षोल्लासका साथ यस वर्षका महान चाडवाड मान्नका लागि आष्ट्रेलियामा नर्सिङ अध्ययनका गरिरहेकी सुनितालाई पनि बोलाएर आफ़्नो दैनिक कार्यसंगै विजया दशमीको तयारीमा गरिरहेको बेला बुधाबार राती उनको परिवारमा सड़क दुर्घटनामा छोरीलाई गुमाउदा ठुलो वज्रपात पर्यो ।

जापानमा आएदेखि नै सांझमा ईभिनिङ वाकका लागि घर नजिकको बाटोमा हिडने गरेकी सुनितालाई बुधवार राती १० बजे भने दुर्भाग्यवश ट्रिपरले ठक्कर दियो र ख़ुशियालीसहित परिवारसँग रमाउने सपना र भविष्यमा दक्ष नर्स भै नर्सिङ पेशाबाट सामाजिक सेवा गर्ने उनले कल्पना यस घर्तीबाट बिदा लिएसंगै तुहिएनै परिवारमा जीवन भर नै चाडवाडमा चोट र पिडा थपियो ।
असल र नर्सिङ क्षेत्रमा कुशल छोरी भएको हेर्ने बुवा मिनबहादुरसहित त्यो परिवारका आशा र भरोसाको केन्द्र टुटेसंगै १ महिना बिदामा आएकी छोरीलाई सदाका लागि बिदा गर्नुपर्दा गहभरि आशु पर्दै भने- नर्सिङ अध्ययनका लागि केहि महिना अघि आष्ट्रेलिया गएकी छोरी सुनिता दशै बिदामा परिवारसग एक महिना जापान बस्नेगरी ४ दिन आएकी थिइन, दैवको कुदृष्टि लागेर चुडेर लग्यो ।
सड़क दुर्घटना भएकोले जापानको क़ानून अनुसार आवश्यक प्रक्रिया पुरा गरेर परिवारसँगको छलफलमा अन्तिम संस्कार गरिने कास्की पोखरा समाज जापानका अध्यक्ष विश्व सुवेदीले बताए । उनका अनुसार प्रहरीले परिवारलाई छलफलको लागि बोलाएकोले यस घटनामा के कसरी अगाडी बढने भन्ने कुरा परिवारसग आवश्यक सल्लाह गरेपछि तय गरिने जानकारी दिए ।



