प्रमुख समाचार

जबराको पीएसओबाहेक सबै सुरक्षाकर्मी फिर्ता 

सरकारले निलम्बित प्रधानन्यायाधीस चोलेन्द्र सम्सेर जबराको सुरक्षामा तैनाथ सबै सुरक्षाकर्मी फिर्ता गरेको छ। गृह मन्त्रालयको निर्देशनमा प्रहरी प्रधान कार्यालय नक्सालले पीएसओबाहेक अगुवा पछुवा गाडीका सबै सुरक्षाकर्मी फिर्ता गरेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी दानबहादुर कार्कीले जानकारी दिए ।  प्रहरीले ‘भीभीआईपी’ कार पनि फिर्ता ल्याएको छ । निलम्बित भइसकेकाले प्रधानन्यायाधीशका रुपमा सुविधा नदिइएको एसएसपी कार्कीको भनाई छ ।  संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि जबरा निलम्बनमा परेका थिए । गएराति १२ बजेबाट संसदको कार्यकाल सकिएपछि महाअभियोग निस्क्रिय भएको जनाउँदै उनले आइतबारबाट काममा फर्कने… पुरा पढौ

जापानमा यसअघि कहिल्यै अनुभव नगरेको जस्तो खतरनाक ताइफु आउदै, ताइफुपूर्व नै सुरक्षितस्थलमा जान आग्रह

जापानको मौसम विज्ञान निकाय (जेएमए) ले शनिबार दक्षिणी क्युशु टापुतर्फ आउँदै गरेको ‘खतरनाक’ ताइफु आउने जोखिम रहेको बताएको छ। ताइफुबाट अकल्पनीय क्षति हुनसक्ने भन्दै त्यहाँका बासिन्दालाई ताइफुपूर्व नै सुरक्षितस्थलमा जान प्रशासनले आग्रह गरेको छ।  ‘नानमाडोल’ नाम दिइएको ताइफुले प्रतिघण्टा २७० किलोमिटरको गतिमा आउने भन्दै यसलाई ‘भयानक’ ताइफुका रूपमा वर्गीकृत गरिएको छ। दिउँसो अबेरसम्म आँधी ओकिनावा टापुबाट ४०० किलोमिटर पूर्वमा रहेको दुर्गम मिनामी दाइतो टापुनजिक आइपुगेको थियो।यो ताइफु आइतबार क्युशुको दक्षिणी कागोशिमा प्रान्तमा प्रवेश गर्ने र त्यसको अर्को दिन उत्तरतर्फ सर्ने र… पुरा पढौ

पहिरो र डुबानका कारण सुदूरपश्चिम प्रदेश नराम्ररी प्रभावित,हालसम्म १७ जनाको मृत्यु ६ जना बेपत्ता

लगातारको वर्षासँगै आएको पहिरो र डुबानका कारण सुदूरपश्चिम प्रदेश नराम्ररी प्रभावित बनेको छ। पहिराका कारण अछाममा ठूलो जनधनको क्षति भएको छ।  अछामका निमित्त प्रमुख जिल्ला अधिकारी दीपेश रिजालका अनुसार जिल्लाका विभिन्न पालिकामा पहिरोमा परी हालसम्म १७ जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता छन्। उनका अनुसार घाइते ११ जनाको उद्धार गरी नेपाली सेनाको हेलिकप्टरमा उपचारका लागि सुर्खेत लगिएको छ।  उपचारका लागि जिल्ला अस्पताल लगिएको छ।  हालसम्म तुर्माखाँद गाउँपालिका–५ मा चार, कमलबजार नगरपालिका–६ मा सात र वडा नं ८ मा पाँच… पुरा पढौ

असोज १ देखि बैंकको ब्याजदर बढ्दै,सबैभन्दा बढि प्रभुले १५ दशमलव १३ प्रतिशत ब्याजदर प्रदान गर्ने

असोज १ गतेदेखि बैंकको ब्याजदर वृद्धि हुने भएको छ। नेपाल बैंकर्स संघले नै ब्याजदर खुल्ला छोड्ने निर्णय गरेसँगै ब्याजदर बढाउने सूचना बैंकहरुले जारी गरेका छन्। वाणिज्य बैंकहरुको सीईओहरुको छाता संगठन नेपाल बैंकर्स संघको बिहीबार बसेको बैठकले यसअघिको भद्र सहमति खारेज गरेको थियो। गत फागुनदेखि एक अंककै दरमा निक्षेपको ब्याजदर कायम थियो। उक्त सहमति बैठकले तोडेको हो। योभन्दा अघि निक्षेपमा अधिकतम ११ दशमलव ०३ प्रतिशत ब्याज दिन पाउने सहमति थियो।  भद्र सहमति टुटे पनि बैंकहरुले धेरै ब्याज भने बढाउन पाउने छैनन्। सोही… पुरा पढौ

दशैंको अग्रिम टिकट बुकिङ शनिबारदेखि खुल्ला

दशैं-तिहारलगायतका चाडपर्वलाई लक्षित गर्दै शनिबारदेखि लामो तथा मध्यम दूरीका यात्रुवाहक बसको अग्रिम टिकट बुकिङ खुल्ने भएको छ । यसका लागि सम्पूर्ण तयारी पूरा भएको यातायात व्यवस्था विभागले जनाएको छ ।  यातायात व्यवसायीहरूको संस्था राष्ट्रिय यातायात व्यवसायी महासंघका अनुसार शनिबारदेखि अग्रिम टिकट बुकिङ खोलिने छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, सडक विभाग, ट्राफिक विभाग र यातायात व्यवसायीहरूको यही भदौ २२ गतेको बैठकले असोज १ गतेदेखि चाडपर्वका लागि अग्रिम टिकट बुकिङ गर्ने निर्णय गरेको थियो ।  बैठकले अग्रिम… पुरा पढौ

महिला र किशोरी होशियार !परिवार नियोजनका साधन र समस्या

परिवार नियोजनका साधनहरूको प्रयोग गर्दा यदि जानकारीको अभाव भयो भने प्रजनन स्वास्थ्यमा प्रभाव पर्ने सम्भावना पनि हुन्छ ।आजभन्दा ३२ वर्षअघि म वीर अस्पतालको ‘परिवार नियोजन शाखामा’ अस्थायी कर्मचारी थिएँ । त्यहाँ हामीलाई सात वर्षसम्म प्रयोग गर्न सकिने नरप्लान्टको सुई राख्ने तालिम दिइयो । ६ महिनामा मैले झन्डै ४०० महिलाको पाखुरामा नरप्लान्ट राखेको थिएँ ।तर ६० जना महिलालाई नरप्लान्ट राखेको दुई महिनामै निकाल्नुपरेको थियो । तीमध्ये कसैको धेरै तौल बढेको थियो, कसैलाई लगातार योनीबाट रगत बग्ने समस्या देखिएको थियो । कसैलाई… पुरा पढौ

प्रेस चौतारी चितवनका पूर्वसचिव सापकोटाले गरे पत्रकार कल्याणकारी कोषमा १० हजार सहयोग

टोकियो – प्रेस चौतारी चितवनका पूर्व सचिव विनोदकुमार सापकोटाले आफ्नो जन्मदिनको अवसरमा पत्रकार कल्याणकारी कोषमा १० हजार सहयोग गरेका छन् । प्रेस चौतारी नेपाल जिल्ला शाखा चितवनले स्थापना गरेको पत्रकार कल्याणकारी कोषमा चौतारी चितवनका पूर्व सचिव सापकोटाले दश हजार नगद सहयोग गरेका हुन् । पत्रकार सापकोटाले चौतारी चितवनले समस्यामा पर्न सक्ने पत्रकारलाई सहयोग जुटाउने उद्देश्यले कोषको स्थापना गरेकोले आफ्नो तर्फबाट सानो भए पनि सहयोग गरेको प्रतिक्रिया दिए । गरेको चौतारी चितवनका अध्यक्ष सुवास पण्डितकाअनुसार पत्रकारिता पेसामा निरन्तर लागिरहेका पत्रकारहरूलाई असहज… पुरा पढौ

आगामी निर्वाचनको लागि बागलुङको क्षेत्र नम्बर २ इपी सेण्टर बन्दै, माओवादीका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री पत्नी राणा उम्मेदवारको लागि सिफारिस

आगामी मंसिर ४ गते हुने निर्वाचन बागलुङको क्षेत्र नम्बर २ को लागि उम्मेदवार सिफारिसले छुट्टै रौनक दिएको छ । नेकपा माओवादी केन्द्र बागलुङले प्रतिनिधिसभा निर्वाचनका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित ४ जनाको नाम सिफारिस गरेको छ भने नेपाली काँग्रेसले केन्द्रीय सदस्य एवं प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवाको समेत उम्मेदवारी दर्ता भएपछि बागलुङको राजनीतिमा हलचल मच्चिएको हो।सत्ता साझेदार दलहरुबीचको पाँच दलीय गठबन्धनलाई आगामी निर्वाचनसम्मै संगै लैजाने निर्णय गरेर केन्द्रमा सिट भागबन्डामा दलहरु व्यस्त छन्। बागलुङ क्षेत्र नम्बर २ बाट… पुरा पढौ

जापानको नागोयामा दुई दिने नेपाल फेस्टिवल भब्यताका साथ सम्पन्न

जापानको नागोया शहरमा नेपाल र नेपाली चिनाउने अभियान सहित आयोजना गरिएको दुई दिने नेपाल फेष्टिवल सम्पन्न भएको छ। सेप्टेम्बर ३ तारिक शनिबार र ४ तारिक आइतबार सम्पन्न नेपाल फेष्टिबल सोचे भन्दा पनि सफलता पूर्वक सम्पन्न भएको एनआरएनए नागोयाका उप -संयोजक भेषनाथ गौतमले बताए । फेस्टिवलमा पानी पर्ने चिन्ताले आयोजकलाईं चिन्तित बनाए पनि मौसमले साथ दिए पछि फेष्टिवलमा दर्शकहरुको घुईचो लागेको थियो। फेस्टिवलमा १ करोड दश लाख येनको हाराहारीमा आर्थिक संकलन भएको र छिटैं हिसाब सार्वजनिक गरिने बताइएको छ। नागोयामा भएको… पुरा पढौ

‘हाम्रा लागि पनि सरकार रहेछ । म बसेको ठाउँको जग्गा मेरै भयो ।’

पोखरा- पोखरा १५ का शुकराम परियार आइतबार निकै खुसी थिए । एक हातमा रातो लालपुर्जा समाएर अर्को हातले पसिना पुछ्दै उनले भन्दै थिए, ‘हाम्रा लागि पनि सरकार रहेछ । म बसेको ठाउँको जग्गा मेरै भयो ।’ सेतीदोभान टोलमा बस्दै आएका उनी उमेरले ६० टेके । परियार भूमिहीन भएर बसेको आधा सतक हुन लाग्यो । विसं २०३२ सालदेखि सार्वजनिक जग्गामा बसेका उनले धेरै दु:ख पाए । आफ्नै जग्गा नहुँदा धेरै सुविधाबाट बञ्चित थिए । २०५२ सालमा सेतो पुर्जा पाए तर त्यो आफ्नै… पुरा पढौ