प्रमुख समाचार

एनआरएनए एसिया क्षेत्रीय प्यासिफिक सम्मेलन मिलाप आजबाट सुरु, भेलाले एनआरएनए एकतामा थप सुदृढ पार्ने विश्वास

गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया क्षेत्रीय प्यासिफिक सम्मेलन मिलाप, ‘टुगेदर वी स्ट्याण्ड’ भन्ने नाराका साथ शुक्रवारदेखि ३ दिनसम्म हुदै छ । सम्मेलनमा ३० देशका ३ सय प्रतिनिधि सहभागी हुने आयोजक एनआरएनए थाइल्याण्डले जनाएको छ । बैंककको मिलिनियम हिल्टन होटलमा हुने सम्मेलनलाई श्रममन्त्री शेरबहादुर कुँवर, नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वमन्त्री गगन थापा, एमाले सांसद डा. सूर्य पाठक, नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधि, गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्वअध्यक्षहरू जीवा लामिछाने, भवन भट्ट, व्यवसायी राजेन्द्र खेतानलगायतले सम्बोधन गर्ने एशिया… पुरा पढौ

शिन्जो आबेको राजकीय अन्त्येष्टिमा करिब २५० मिलियन येन खर्च हुने 

पूर्व प्रधानमन्त्री शिन्जो आबेको राजकीय अन्त्येष्टिमा करिब २५० मिलियन येन खर्च हुने अपेक्षा गरिएको छ । करिब ६ हजार ४ सय जनाको सहभागी हुने गरि गरिन लागेको व्यवस्थाका लागि सरकारले आगामी मन्त्रिपरिषद् बैठकमा सो खर्चको निर्णय गर्ने बताईएको छ । समारोह सेप्टेम्बर २७ मा टोकियोको निप्पोन बुदोकान हलमा आयोजना हुने तय भएको छ । राज्यले राष्ट्रिय अन्त्येष्टिको लागि स्थल शुल्क र तापमान जाँच, कीटाणुशोधन र कोरोनाभाइरसको फैलावट कम गर्न लगायत अन्य खर्च सहित सम्पूर्णको लागि उक्त रकम खर्च हुने र… पुरा पढौ

अमेरिकाबाट डाक्टर सन्तोष र नर्स अनिताको नेपाल बसाइँसराइ : ‘टिकटक सेलिब्रिटी’ जसले हाँक्दैछन् आविष्कार केन्द्र 

ब्राह्मण परिवारका डाक्टर सन्तोष सापकोटा र नेवार परिवारकी नर्स अमिता श्रेष्ठबीच प्रेम पलाउँछ।  तर घरमा के भन्लान् र लोकले के भन्ला भन्ने पिरलोमा पर्छन्।  'स्वप्नदेश' अमेरिका समाधानको मार्ग बन्ला कि भन्ने लाग्छ।  छुट्टाछुट्टै आवेदन गरे पनि संयोगवस दुवैले भिसा पाउँछन्, अमेरिका पुग्छन्। यो झण्डै दुई दशक अघिको कुरा हो। उनीहरू उतै बिहे गर्छन्। उतै सन्तान जन्माउँछन्। स्वास्थ्यकर्मीको तुलनात्मक रूपमा आकर्षक कमाइ र विकसित देशको स्वतन्त्र बसाइ थियो उनीहरूको। र पनि स्वदेश र बाबुआमाको मायाको रन्कोले छोडेन। नेपाल हुँदा अमेरिका जाने उत्कट चाहना, अमेरिकामा… पुरा पढौ

नेपालको श्रमयुक्त जनशक्ति जापानमा भित्राउनका लागि सरकारी क्षेत्रबाट व्यवस्थित रूपमा पहल गरिनुपर्ने

नेपालको श्रमयुक्त जनशक्ति जापानमा भित्राउनका लागि सरकारी क्षेत्रबाट व्यवस्थित रूपमा पहल गरिनुपर्ने बताइएको छ ।जापान स्थित नेपाली राजदुतावास, गैर आवासीय नेपाली संघ जापान र जापान लिडिङ एज फाउन्डेसन (JLEF)को संयुक्त आयोजनामा मंगलबार भएको “जापानी व्यवसायहरुको लागी नेपाली दक्ष-जनशक्तिको संभावना” विषयक वेबिनारमा सहभागी प्यानलिष्टहरूले हाल जापानमा नेपालबाट मुख्य गरेर कृषि, खाद्य र नर्सिंग लगायतका क्षेत्रमा कामदारहरू आउने गरेकोमा नेपाल सरकारले कूटनीतिक रूपमा थप आवश्यक पहल गरेमा अन्य १२ क्षेत्रमा पनि धेरै श्रमयुक्त र दक्ष जनशक्ति भित्राउन सकिने विचार व्यक्त गरेका हुन… पुरा पढौ

आईफोनसहित आफ्ना उत्पादनमा गम्भीर सुरक्षा कमजोरीहरू फेला परेको एप्पलले खुलासा

आईफोनसहित आफ्ना विभिन्न उत्पादनमा गम्भीर सुरक्षा कमजोरीहरू फेला परेको एप्पलले खुलासा गरेको छ । यी सुरक्षा कमजोरीका कारण ह्याकरले प्रयोगकर्ताको उपकरणलाई पूर्णरुपमा नियन्त्रणमा लिनसक्ने चेतावनी दिँदै कम्पनीले प्रयोगकर्तालाई सचेत रहन आग्रह गरेको छ । एप्पलले कम्पनीको सुरक्षा रिपोर्ट जारी गर्दै ह्याकरले डिभाइसमा पूर्ण नियन्त्रण गर्नसक्ने र डिभाइसमा प्रयोगकर्ताको नाममा कुनै पनि सफ्टवेयर चलाउन अनुमति दिने उल्लेख गरेको छ । योसँगै कम्पनीले डिभाइसलाई नयाँ अपडेट दिइसकेको छ र प्रयोगकर्तालाई आफ्ना डिभाइस अपडेट गर्न आग्रह गरेको छ । आईफोन सिक्स एसभन्दा पछिका मोडलहरू, आईप्याडको पाँचौं जेनेरेसनभन्दा… पुरा पढौ

ताइवानको विषयमा चीनसँग सम्बन्ध बिग्रिदै जादा जापानले १ हजार लामो दुरीसम्म मार हान्न सक्ने क्रुज क्षेप्यास्त्र तैनाथ

चीनको सम्भावित आक्रमणको जवाफका लागि जापानले लामो दुरीको क्रुज क्षेप्यास्त्र तैनाथ गर्नेबारे तयारी गरिरहेको खुलासा भएको छ । जापानको योमिउरी अखबारले आइतबार जनाएअनुसार जापानले १ हजार लामो दुरीसम्म मार हान्न सक्ने क्रुज क्षेप्यास्त्र तैनाथ गर्न लागेको हो । सरकारी स्रोतलाई उद्धृत गर्दै उक्त अखबारले दिएका जानकारीअनुसार जापानले हाल प्रयोग गर्दै आएका क्षेप्यास्त्रलाई नै सुधार गरी लामो दुरीको क्रुज क्षेप्यास्त्रमा परिणत गरिनेछ । यसअनुसार १ सय किलोमिटरसम्म मार हान्न सक्ने क्षेप्यास्त्रलाई १ हजार किलोमिटरसम्म मार हान्न सक्ने गरी सुधार गरिने समाचारमा… पुरा पढौ

घरभरि अशक्त, मनभरि आँधी

दुःखको चक्र कस्तो हुन्छ ? खगेश्वर उपाध्यायले जति अरू कस्ले झेले होला र ! छोरी शान्तिको बिहे भइसक्यो । घरमा भएका श्रीमती र दुई छोरा अशक्त छन् । बौद्धिक अपाङ्गताबाट गु्रजिरहेका उनीहरुको सुसार र लालनपालनको अभिभारा ६७ वर्षीय उपाध्यायको काँधमा छ । विसं २०५६ तिर उहाँकी श्रीमती जमुना लडेर गम्भीर घाइते हुनुभयो । उपचारले केही वर्ष थामे पनि टाउकाको भित्री चोट बल्झिँदै गएर पछि बौद्धिक अपाङ्गताको स्थितिमा पुर्यायो । छोराहरु मित्रप्रसाद र लोकनाथ जन्मजात अशक्त छन । जेठो छोरा २८… पुरा पढौ

“म मृत्युदण्ड पाउन चाहन्थें, त्यसैले मैले दुई महिलालाई मार्ने प्रयास गरें“ भन्दै किशोरीले गरिन चक्कु प्रहार

जापानको शिबुयामा एक किशोरीले मृत्युदण्ड पाउने चाहना राखेर आफूले भेटेका दुई व्यक्तिलाई अन्धाधुन्ध रूपमा चक्कुले आक्रमण गरेको बताएकी छन ।चक्कु आक्रमण गरि हत्या प्रयासको आशंकामा शनिबार साईतामाको तोडामा बस्ने १५ वर्षीय पक्राउ परेकी जुनियर हाईस्कूलकी ती किशोरीले "म मृत्युदण्ड पाउन चाहन्थें, त्यसैले मैले दुई महिलालाई मार्ने प्रयास गरें“ भनेर छुरा हानेको प्रहरीले जनाएको छ । नाबालिग भएकाले उनको नाम गोप्य राखिएको छ ।५३ वर्षीया महिला र उनकी १९ वर्षीया छोरीमाथि शनिबार बेलुका ७ः२० बजे पछाडिबाट चक्कु प्रहार गरेकी ती किशोरीलाई… पुरा पढौ

५ बुँदे सहमतिले पनि पार लागेन एनआरएनए जापानको विवाद, बहुसंख्यक सदस्य र क्षेत्रीय समितिले स्वीकारेनन सहमतिलाई

गैर आवासीय नेपाली संघ राष्ट्रिय परिषद जापानको गत वर्षको जुलाई ३० मा सम्पन्न निर्वाचनमा भएको भनिएको धाँधलीलाई लिएर मच्चिएको रडागो गत मंगलबार भएको सहमतिले पनि पार नलाग्ने देखिएको छ । निर्वाचनबाट निर्वाचित शिवप्रसाद पौडेल नेतृत्वको समिति र निवर्तमान कार्यवाहक अध्यक्ष रहेकी अनिता गुरुङ नेतृत्वको असन्तुष्ट पक्षका बिचमा लामो कसरत पछि एनआरएनएका अभियन्ता र अन्तराष्ट्रिय समन्वय समितिका पदाधिकारी सहितको उपस्थितिमा ५ बुदे सहमति त दुई पक्षका बिचमा भयो तर पौडेल नेतृत्वको कार्यसमितिका बहुमत सदस्य र १२ वटै क्षेत्रीय समितिले सो सहमतिमा… पुरा पढौ

नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरिको निधन

नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरिको निधन भएको छ। ७५ वर्षका नेता गिरिको उपचारको क्रममा ललितपुरको नख्खु स्थित मेडिसिटी अस्पतालमा शनिबार राति ९ः३६ मा निधन भएको अस्पताल स्रोतले देश संचारले आफ़नो समाचारमा लेखेको छ । उनको विगत तीन सातादेखि मेडिसिटीमा उपचार हुँदै आएको थियो । परिवारको आग्रहमा शुक्रबार उनलाई भेन्टिलेटरबाट निकालेर आइसियूमा राखिएको थियो । पुरा पढौ