प्रमुख समाचार

सम्पत्ति शुद्धीकरण: नेपाल अप्ठ्यारो अवस्थामा – के हुन् कमजोरी? ‘ग्रे लिस्ट’ मा परे कस्ता जटिलता आइपर्लान्?

यदि नेपालका ब्याङ्कहरूको अन्तर्राष्ट्रिय ब्याङ्कहरूसँग सम्पर्क भङ्ग भयो भने के होला? अथवा नेपालको वित्तीय प्रणाली अन्तर्राष्ट्रिय समुदायको सूक्ष्म निगरानीमा पर्‍यो भने? यी त्यत्तिकै उठाइएका प्रश्न होइनन्। आगामी महिनाहरूमा नेपालले आवश्यक सतर्कताका साथ केही काम नगरे यी प्रश्नले आउने कैयौँ वर्ष देशलाई सताउन सक्छन्। सम्पत्ति शुद्धीकरण: पेचिलो विषय गत चैत २५ गते सरकारले नेपाल राष्ट्र ब्याङ्कका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने पत्र पठायो। त्यसविरुद्ध सर्वोच्च अदालतमा मुद्दा हालेका गभर्नरको रिट निवेदनमा एउटा गम्भीर प्रसङ्ग थियो। गभर्नर अधिकारीले आफ्नो रिट निवेदनमा कसैको… पुरा पढौ

मेरो सङ्कल्प भनेकै देशको विकास र सम्वृद्धि हो : प्रचण्ड

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको विकास र सम्वृद्धि नै आफ्नो सङ्कल्प रहेको बताएका छन् । नेपाल विद्युत् प्राधिकरणले भरतपुरमा सुरु गर्न लागेको वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण कार्यको आज शिलान्यास गर्दै प्रचण्डलेसङ्कल्पमा जनताको निरन्तर सहयोग रहने कुरामा आफू विश्वस्त रहेको बताए । उनले भने, जनताको चाहना विकास र समृद्धि भएकोले शिक्षा, स्वास्थ्य, रोजगारी र सुरक्षा जनताको चाहना हो । भूमिगत विद्युतीकरणलेजनताको सुरक्षा र नगरको सौन्दर्यता बढाउने उनले बताए।  भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले महानगरपालिकाको प्रयास र समन्वयका कारण छिटो काम सुरु भएको भन्दै ठेकेदार कम्पनीलाई समयमा काम सम्पन्न गर्न आग्रह गरेकी छन् । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले परियोजनाको काम दुई वर्षमा… पुरा पढौ

सम्झनामा गोर्भाचभ : सोभियत संघ विघटन गराउने त्यो भूल र युक्रेन युद्धसँग साइनो

सोभियत संघका अन्तिम राष्ट्रपति मिखाइल गोर्भाचभको ९१ वर्षको उमेरमा देहान्त भएपछि विश्वभरिबाट उनीप्रति शब्दश्रद्धा व्यक्त गरिँदैछ ।  अमेरिका र सोभियत संघबीच चलेको चार दशक लामो शीतयुद्ध अन्त्य गर्नका लागि गोर्भाचभले खेलेको भूमिकाको प्रशंसा हुने गरेको छ । तर आर्थिक सुदृढीकरणअगावै राजनीतिक खुलापनको नीति अपनाएर सोभियत संघ विघटनको बाटो खोलेको भनी रुसमा उनको निन्दा हुने गरेको छ ।  गोर्भाचभले चालेका कदमहरूको कुरा झिक्दा जनकल्याणकारी कार्यक्रम भन्दा पनि रक्षामा बढी खर्च गरी सोभियत संघले आफ्नो पतनको बाटो आफैं खनेको यथार्थलाई बिर्सन मिल्दैन… पुरा पढौ

नेपाल सरकारकाे ढिलासुस्ती र लापरबाहीले कामदार जापान जान पाएनन्

सन् २०१९ मै नेपालले जापानसँग दक्ष कामदार पठाउनका लागि श्रम सम्झौता‌ एमओसी  (मेमोरेडम अफ कोअप्रेशन) गरेकाे थियो । तर, नेपालले गर्नुपर्ने काम गर्न नसक्दा कामदार पठाउनमा ढिलाइ भएको छ । कोअप्रेशन भनेपछि सरकारी निकायबीच समन्वय हुने भएकाेले दुवै पक्षले गर्नुपर्ने कामका विषयमा एमओसीमा नै तोकिएको थियो । कस्तो खालको योग्यता र सीप चाहिने भन्ने पाटो जापानले हेर्ने भन्ने थियो ।  त्यही अनुसार जापानले अहिलेसम्म ५५ सय भन्दा बढी नेपाली कामदारको भाषा र सीप परीक्षण गराइसकेको छ । तर, नेपालले गर्नुपर्ने काम… पुरा पढौ

गलकोट समाज जापानको सातौ अधिवेशन सेप्टेम्बर १३ तारिक नागोयामा हुने

गलकोट समाज जापानको सातौ अधिवेशन सेप्टेम्बर १३ तारिकका दिन जापानको नागोयाका हुने भएको छ ।“हाम्रो गाउ“ हाम्रो ठाउ, हातेमालो गरी सम्वृद्ध गराऔ” भन्ने भावनाका साथ सामाजिक सेवाको उच्च भावलाई कायम राखी लागि गलकोट क्षेत्रको सामाजिक ,आर्थिक,सास्कृतिक, शैक्षिक, स्वास्थ्य, पर्यटकीय, पर्यावरणीय विकासमा हातेमालो गरि गलकोट क्षेत्रको साथै राष्ट्रको विकासमा टेवा पुरयाउने उदेश्यले सन् २००६ मा स्थापना भएको सो समाजको सातौ अधिवेशन नागोयाको 〒४६०–००१५ 愛知県名古屋市中区大井町 ७–२५ हुन लागेको समाजका महासचिव नविन निउरेले जानकारी दिए ।अधिवेशनका लागि समाज अन्र्तगत रहेका ६ वटा क्षेत्रीय… पुरा पढौ

जापानको भिसा रोकियो, अनि गायक बने बब्लू

२०७० सालमा बागलुङको धम्जाबाट काठमाडौं टेक्दा कुनै सपना बोकेर आएका थिएनन् देवेन्द्र बब्लु । अनौठो शहरमा के बन्छु, के गर्छु थाहा थिएन उनलाई ।   केवल थाहा थियो- अब मैले पनि काम गर्नुपर्छ ।   तर कहाँ ? दाइ प्रकाश सपूत केही वर्षअघि नै काठमाडौंमा संघर्षरत थिए । सङ्घर्षका क्रममा उनी रेस्टुरेन्टको दोहोरी साँझमा गीत गाउँथे । आफूले काम गर्ने रेस्टुरेन्टमा प्रकाशले भाइलाई पनि जागिर लगाइदिए । देवेन्द्र बिहान प्लस टु पढ्दै साँझ रेस्टुरेन्टमा काम गर्थे ।   उनी वेटर… पुरा पढौ

अभिनेता पल शाहको मुद्दा फैसलाको चरणमा

बलात्कार अभियोग लागेका अभिनेता पल शाहको मुद्दा तनहुँ जिल्ला अदालतले आज पेसी तोकेकोसँगै फैसलाको चरणमा पुगेको छ। शाहका कानुन व्यवसायी अधिवक्ता कमला मोहन वाग्लेका अनुसार मंगलबार तनहुँ अदालतमा पेसी रहेको छ । नवलपुर अदालतले भने २१ भदौका लागि पेसी तोकेको छ । यसअघि अदालतले साक्षी बुझ्ने तथा वादी र प्रतिवादीको बकपत्र गराउने कार्य गरिसकेको छ। दुवै अदालतमा ६ दिनको फरकमा पेशी तोकिएको छ। आउँदो पेशीमै अदालतले फैसला गर्न सक्ने अधिवक्ता वाग्लेले बताए।  ‘अदालतको काममा अनुमान गर्ने कुरा त भएन तर अब… पुरा पढौ

मिचाहा वर्गलाई कानून मिची रहन र अझ मोटाई रहन दिने अवस्थाको अन्त्य गर्छौ-प्रमुख बालेन्द्र शाह

अनधिकृत निर्माण तथा प्रयोजन परिवर्तनको रोकथाम तथा नियन्त्रणको कार्य निरन्तर संचालन हुने र मिचाहा बर्गलाई कानून मिची रहन र अझ मोटाई रहन दिने अवस्थाको अन्त्य गर्दै आवश्यकता र औचित्यको आधारमा काठमाडौं महानगरपालिकाले कार्यकारिणी शक्तिको प्रयोग गर्ने बताएको छ ।आइतबार महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले एक विज्ञप्ति प्रकाशित गर्दै सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी भएको अनधिकृत निर्माण कार्य तथा नक्सा स्वीकृती गर्दा भूइ तला वा बेसमेन्टलाई पार्किङ्गको प्रयोजन देखाएकोमा पछि अन्य व्यापारिक प्रयोजनमा लगाएको कार्य स्वतः गैरकानूनी भएको स्पष्ट पारेका छन… पुरा पढौ

भगवान् भेट्न ‘स्वर्ग जाने बाटो’ 

आफन्तजन ८४ वर्ष पुग्दा खुसियालीमा भोज खुवाउन वा पितृको सम्झनामा धार्मिक अनुष्ठान गर्न खर्च गरिने रकम पदमार्ग निर्माणमा लगानी गर्ने चलन उदाहरणीय बनेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५, पाउद्वार र आसपासका गाउँलेले आफन्त ८४ वर्ष पुगेपछि भगवान् भेट्न जाने बाटो निर्माण गरिदिने अनौठो चलन चलाएका छन् ।  निजी खर्चमा कालीगण्डकीको तीरदेखि अन्नपूर्णको फेदीमा रहेको धार्मिकस्थल खयरभारानी थानसम्म पुग्ने पदमार्ग निर्माणको अभियान आठ वर्षदेखि कायम छ । सामाजिक सेवाको भावले गाउँलेले स्वतस्फूर्त रूपमा पदमार्ग निर्माण गर्दै आएका छन् ।  सुरुवातमा पाउद्वारवासीले… पुरा पढौ

आमाको धर्मले जीवन नष्ट गरेको आबे हत्याका अभियुक्त भनाई, अभियोजकीय उदारताको अनुरोध गर्ने निवेदनमा हस्ताक्षर गर्नेको संख्या बढ्दै 

आमाले धार्मिक संस्थालाई सम्पत्ति चन्दा दिएर आफ़्नो जीवन नष्ट गरेको भनेर जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको हत्याका अभियुक्तले भनेसंगै अभियोजकीय उदारताको अनुरोध गर्ने निवेदनमा हस्ताक्षर गर्नेको संख्या बढ्दै जान थालेक़ो छ ।घरेलु निर्माण गरिएको बन्दुकको प्रयोग गरि जुलाई ८ तारिकका दिन ४१ वर्षीय तेत्सुया यामागामीले पूर्व प्रधान मन्त्री आबेको हत्यापछि खुलेका रहस्यबाट निजकी आमाले सम्पूर्ण सम्पत्ति विवादास्पद युनिफिकेशन चर्चलाई चन्दा स्वरूप प्रदान गरेपछि आक्रोशित भै हत्या गरेको बुझाईले उनीप्रति सहानुभूति सहित अभियोजकीय उदारताको अनुरोध गर्ने निवेदनमा हस्ताक्षर गर्नेको संख्या बढ्दै… पुरा पढौ