प्रमुख समाचार

रवि लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश

कास्की जिल्ला अदालतले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । रविलाई ६५ लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको हो ।  न्यायाधीश नीतिज राईको इजलासमा भएको थुनछेक बहसपछि अदालतले बिहीबार उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।  सहकारीको बचत रकम अपचलन मुद्दामा  बहस आजै सकिएको थियो । न्यायाधीश राईको इजलासमा गत पुस १६ गतेदेखि उक्त मुद्दाका प्रतिवादीहरूको थुनछेक बहस चलेको थियो ।  लामिछानेसहित उक्त सहकारी ठगीको मुद्दामा जोडिएका पूर्वडिआइजी छविलाल जोशी, लीला पछाई,… पुरा पढौ

बिहुँकोट समाज जापानको १८ औँ साधारण सभा टोकियोमा सम्पन्न

बिहुँकोट समाज जापानको १८ औँ साधारण सभा आईतबार टोकियोमा सम्पन्न भएको छ । समाज जापानका अध्यक्ष दिपक कडेंलको सभापतित्व एनआरएनए जापानका अध्यक्ष नविन निउरेको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रमको सन्चालन महासचिब घनश्याम कंडेल ( अर्जुन ) ले गरेका थिए भने स्वागत उपाध्यक्ष रामु कंडेलले गरेका थिए। समाजको हालसम्मका गतिविधिका बारे उपाध्यक्ष द्वय फणिन्द्र शर्मा र टिकाराम कंडेलले जानकारी प्रस्तुत गरेका थिए। कोषाध्यक्ष नारायण कडेलद्वारा यस कार्यकालको आर्थिक विवरण प्रस्तुत गर्र्दै आय १ करोड़ ५९ लाख २९२ र कुल व्यय ४० लाख… पुरा पढौ

“मलामी” कमाउनु नै जीवनको सफलता रहेछ !

प्रकृतिको कठोर नियम नै छ उत्त्पति पछि विनाश वा जन्मपछि मृत्यु स्वाभाविक छ । बाग्लुङ जिल्लाको गलकोट मल्ममा वि.स. २०१२ भदौ १० गते जन्मिनु भएका गलकोट गलकोट नगरपालिका ०७ का संस्थापक वडा अध्यक्ष तथा वरिष्ठ समाजसेवी, हजुरबाबा सुवेदार टिका बहादुर थापाको महाप्रस्थानले गनपा ०७ मल्म भनौ सिंगो गलकोट शुन्यता छाएको छ, सन्नाटा छाएको छ, हामीलाई गहिरो घाऊ लागेको छ, समालेर नसकिने पिडा भएको छ तर सम्हालिनुपर्छ, दुखाई भुल्नुपर्छ । आफु बाँच्नुपर्छ, अनि सम्बन्ध बचाउनुपर्छ घाऊ त गहना हुन जीन्दगीका, जहाँ… पुरा पढौ

गलकोट समाज जापानद्वारा आयोजित ‘सॉंगीतिक धमाका-२०२५’ जापानका चार सहरमा सम्पन्न

जापानमा सबैले भन्ने चर्चित वाक्याश हो ‘जापान गलकोटेहरूले खाए ’।अंग्रेजी नयाँवर्षको स्वागतसँगै ‘समृद्ध राष्ट्र निर्माणका लागि जीवनोपयोगी शिक्षा स्वास्थ्य र खेलकूदमा लगानी' सहयोगार्थ ‘ जापानका मुख्य चार शहरमा आयोजना गरिएको ‘सॉंगीतिक धमाका-२०२५’ मा देखिएको देखियो उत्साहपूर्ण सहभागिताले यो वाक्याशलाई पुष्टि गरेको हो की भन्ने देखायो ।बागलुङको गलकोट क्षेत्रबाट जापानमा आई विभिन्न पेशा व्यवसाय अध्ययन लगायतका क्षेत्रमा क्रियाशिल रहेका गलकोटे नेपालीहरूको जापानमा बाक्लो उपस्थिति रहेको र तिनै गलकोटेहरूद्वारा सन् २००६ मा स्थापित संस्था गलकोट समाज जापानले सामाजिक उत्तरदायित्व अन्तर्गतका क्रियाकलाप गर्न… पुरा पढौ

साँगीतिक धमाका-२०२५ का लागि कलाकार जापान आइपुगे, आजदेखि कार्यक्रम सुरुवात, पहिलो दिन सिजुओकाबाट

'सालको पातको टपरी हुनी हे बरै नहुनी सल्लैको' नेपाली लोक संगीतलाई नै नौलो आयाम दिन सफल यो गीत डिसेम्बर ३० देखि जनवरी २ तारिखसम्म जापानका विभिन्न शहरहरूमा प्रत्यक्ष सुन्न र यसैसँग रम्न पाइने भएको छ । त्यो मात्र हैन लोकसंगीतमा पछिल्लो समयको चर्चित गीत १ लाई शुन्य १०' एक्लो सिमल, जलजला बोलको गीतमा पनि कम्मर मर्काई मर्काई नाचेर नाच्ने अवसर यो नयाँ वर्षमा पाइने भएको छ। त्यतिले मात्र साँगीतिक तृष्णा मेटाउन नपुगेमा मौलिक लोक संगीतका पारखीलाई सालैजो अनि गाउँले पारामा… पुरा पढौ

बागलुङमा बने १४ हजार आठ सय ‘एक घर, एक धारा’

ढोरपाटन (बागलुङ)। गण्डकी प्रदेश सरकारले ‘एक घर, एक धारा’को नीति लिएको छ । प्रदेश सरकारले लिएको नीति कार्यान्वयन हुँदै गएपछि बागलुङमा त्यसले सार्थकता पाउन थालेको छ । बागलुङमामा ९५ प्रतिशत नागरिकसम्म आधारभूत खानेपानीको पहुँच पुगेको छ । एउटा धाराबाट करिब दश परिवारले पानी उपभोग गर्नुपरे पनि कुवा र पोखरीको पानी पिउनु परेको छैन । आधा दशक अगाडिसम्म दुर्गम गाउँका नागरिकले कुवाकै पानी पिउने गर्थे ।पछिल्लो समय सरकारले खानेपानीको क्षेत्रमा लगानी बढाउँदै गएपछि अहिले कुवा र पोखरीको पानी खानुपर्ने बाध्यता हटेको… पुरा पढौ

गलकोट समाज जापानको “सांगीतिक धमाका-२०२५” मा कलाकार वसन्त, सुनिता, नविन सहित परदेशी गायक सुर्यले जापानमा तहल्का मच्चाउने

गलकोट समाज जापानले आयोजना गर्न लागेको “सांगीतिक धमाका-२०२५” मा नेपालमा पछिल्लो समयका बहुचर्चित कलाकारको उपस्थितिसहित प्रस्तुति हुने भएको छ ।गलकोट समाज जापानले अंग्रेज़ी नया वर्ष २०२५ मा जापानका चार वटा शहरमा "समृद्ध राष्ट्र निर्माणका लागि जीवनोपयोगी शिक्षा, स्वास्थ्य तथा खेलकूदमा लगानी" भन्ने नाराका साथ सांगीतिक धमाका-२०२५ को सहयोगार्थ हुन लागेको कार्यक्रमका लागि भर्सटाइल कलाकारको छवि बनाएका वसन्त थापा, छोटो समयमै नेपाली सांगीतिक क्षेत्रमा सर्वत्र छाएकी गायिका सुनिता बुढा क्षेत्री, मौलिक लोकगीतका सर्जक तथा गायक नविन राना र आफूलाई परदेशी गायकको… पुरा पढौ

अव घरमै बसेर अनलाईबाट नक्सा

शहरी विकास मन्त्रालयले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहयोगमा ‘सुरक्षित भवन निर्माणका लागि नेपाल राष्ट्रिय भवन संहिता पालना प्रवद्र्धन परियोजना’ सुरु गरेको छ । यस परियोजनाले घरधनी, निर्माण व्यवसायी तथा प्राविधिकहरुको ज्ञान र चेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ । नेपाल राष्ट्रिय भवन संहिता अनुरुप भवन निर्माण गर्दा हुनुपर्ने डिजाइन, निर्माण चरणमा हुने चेकजाँच, प्राविधिकहरुको सुपरिवेक्षण क्षमता, निर्माण व्यवसायीको गुणस्तर कायम गर्ने क्षमतामा अभिवृद्धि गरी अब बन्ने घर तथा भवनहरुमा अझ प्रभावकारी ढङ्गगले भवन संहिता लागू गराउन यस… पुरा पढौ

जापान: नयाँ वर्षको शुभकामना दिने तरिका र ओतोशिदामाका सम्बन्धमा चर्चा

चाइनाबाट अलि बढी cultural influences भएको भएता पनि आफ्नै मौलिक भाषा संस्कृति र परम्परा भएको देश हो जापान । यसले विश्व ब्रम्हाण्डमा पुरानो इतिहास बोकेको छ । जापान राजकीय वंश परम्परा भएको सम्राटको संरक्षकत्वमा रहेको मुलुक हो । आलंकारिक भएता पनि जापान नरेशको सम्प्रभुता कायम रहेको छ । तथापी इशा संवतलाई वार्षिक क्यालेण्डरको रूपमा प्रयोग गरेको पाइन्छ । जनवरी १ लाई चलनचल्तीमा नयाँ व र्षको प्रारम्भको दिनको रूपमा स्वीकार गर्छन् । लिखित रूपमा राज्यको राजस्व संकलन हुने गरी शुभकामना कार्ड… पुरा पढौ

जापान: कर्पोरेट करको दरमा चार प्रतिशत वृद्धि गर्ने

टोकियो । जापान सरकारले आफ्नो रक्षा खर्चलाई कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिब दोब्बर बनाउने योजनालाई अन्तिम रूप दिइरहेको छ । सरकारले अप्रिल सन् २०२६ मा कर्पोरेट कर दरमा चार प्रतिशत वृद्धि गर्ने लक्ष्य राखेको छ भने जनवरी सन् २०२७ देखि आयकर दर एक प्रतिशतले बढ्ने प्रतिवेदनमा उल्लेख छ ।  जापानमा अप्रिल सन् २०२६ देखि सुर्तीजन्य करहरू क्रमशः बढ्ने सम्भावना छ । प्रतिवेदनका अनुसार जापानले आर्थिक वर्ष सन् २०२७ देखि पाँच वर्षसम्म राष्ट्रिय रक्षामा कुल ४३ ट्रिलियन येन (लगभग २८४… पुरा पढौ