“मलामी” कमाउनु नै जीवनको सफलता रहेछ !

-


     दिनेश थापा     
     पौष २० गते २०८१


प्रकृतिको कठोर नियम नै छ उत्त्पति पछि विनाश वा जन्मपछि मृत्यु स्वाभाविक छ । बाग्लुङ जिल्लाको गलकोट मल्ममा वि.स. २०१२ भदौ १० गते जन्मिनु भएका गलकोट गलकोट नगरपालिका ०७ का संस्थापक वडा अध्यक्ष तथा वरिष्ठ समाजसेवी, हजुरबाबा सुवेदार टिका बहादुर थापाको महाप्रस्थानले गनपा ०७ मल्म भनौ सिंगो गलकोट शुन्यता छाएको छ, सन्नाटा छाएको छ, हामीलाई गहिरो घाऊ लागेको छ, समालेर नसकिने पिडा भएको छ तर सम्हालिनुपर्छ, दुखाई भुल्नुपर्छ । आफु बाँच्नुपर्छ, अनि सम्बन्ध बचाउनुपर्छ घाऊ त गहना हुन जीन्दगीका, जहाँ नेर दुख्छ त्यहीं त महसुस हुन्छ जिन्दगी स्वर्गीय हजुरबाबाको अन्तिम श्रद्धञ्जली अर्पण गर्न उपस्थित जनसागर देखेर लाग्थ्यो कि, मृत्यु होस् त यस्तो सायदै मेरो पुस्ताले यो जनसागर पहिले देख्यो होला। मलामीको अर्थ बुझ्ने बच्चा देखि हिड्न सक्ने वृद्धसम्म, महिला, समय र भौगोलिक अवस्थाले साथ र सम्भव भएसम्म कोहि छुटेनन् अन्तिम संस्कारमा भाग लिन।
यो समाज रुपान्तरणका लागि निश्वार्थ भावानाले हरेक ठाऊमा अग्रपंक्तिमा रहेर परिवार भन्दा माथि समाजलाई राखेर खादै गर्दाको गास पनि चटक्कै छोडेर कुनै प्रचारको रहर बिना यो समाजका लागि लगाउनु भएको गुण हजुरको त्यो हक्की स्वभावले गर्दा नै होला हजुरको अन्तिम संस्कारमा यसरी भवबिह्योल हुदै उर्लेको यो जनसागर। हजुरले दिनुभएका मार्गदर्शक र देखाउनु भएको बाटोको पुर्णरुपमा आत्मसाथ गर्दै हाम्रो अन्तिम पनि उत्सव बनाउने कर्मको खाँचो हामी धेरैको जीवनमा छ।
परिवारले शीर गुमायो, अनुजले अग्रज गुमायो, समाजले नेतृत्व गुमायो, प्रयास गर्नेहरुले साहस गुमाए आशा र भरोसा गुमाए। उहाँका लागि हरेक वर्ष आउने नया वर्षको शुभकामना यो वर्षबाट पुर्णबिराम लाग्यो। हरेक चाडपर्व लगायत शुभकामनाका सन्देशहरु हजुरको सामाजिक संजालको पेजबाट हामी विदेशमा रहेकाहरुले पाउदै गर्दा यो मन खुसीका बेगहरुले भरिने गर्थो समाजमा भएका विकृतिलाई हजुरको खबरदारीले सच्चिन बाध्य पारेको थियो हजुरको त्यो स्वाबासी सगै मारेको धापले हामीलाई आट र भरोषा आउने गर्थ्यो । तपाईको एउटा आवाजको ध्वनि कानमा गुन्जाएर अफ्ठारा र जटिल घुम्तिहरु सजिलै पार गरिने आट र साहस आउथो अब यी सबै सम्झनामा भए। अब यियी टुहुरा भएका मनका टुक्राहरुलाई सम्हाल्नुको विकल्प रहेन। हेपाई र चेपाईमा परेकाहरुको लागि बोलिदिने त्यो आवाज सधैका लागि रोकियो। तर तपाईको अन्तिम संस्कारमा श्रदधाञ्जलीका लागि राखिएको तस्विर देख्दा लागेको थियो बोली हाल्नु हुन्छ जस्तो तर जुनकुरा सम्भव थिएन।
समय नया वर्ष २०२५ को थियो । नाताले काका तर हामी साथी कुलविर थापा कर्मथलो हाम्रो जापान सगै रहेको हुदा गलकोट समाज जापानको सांगीतिक कार्यक्रमका लागि २०२४-१२-३० तारिक देखि सिजुओकामा हामी सगै थियौ ३१ तारिक ओशाका पनि सगै भयौ र जनवरी २ तारिक टोकियो भेट हुने बाचा पनि गरियो तर १ तारिक नै काकाको परिवारमा बज्रपात भयो । म जनवरी १ तारिकको कार्यक्रम नागोया रहेको हुदा नागोया तर्फ लागे नागोया पुग्नासाथ यो दुखद खबरले विछिप्त बनायो। मैले कल गरेर सहानुभुति दिन समेत सकिन काका नागोया आएर बम काका र काकीहरु नेपाल जाने खबर प्राप्त भयो । तर म टोकियो तिर लागे फेरि पनि सिंगापुर पुगेको खबर काकाले गर्नु भयो काका आफु सम्हालिएर परिवार सम्हाल्नु हुनेछ।
अब हामीले आफ्नो मनस्थितिलाई बलियो बनायौ भने मात्र स्वर्गीय हजुरबाबा पनि हामीसँग खुसी हुनुहुनेछ । तपाईंले गरेका राम्रा कामको फलले आज हजुरको बास राम्रो ठाउँमा पक्कै छ हजुरको भौतिक शरिर हामी माझ नभए पनि तपाईंको माया स्नेह अभिवाकीय भूमिका, प्रेरणा र उपदेश सदा यो मानसपटल मा जिवित रहने छ । मृत्यु निश्चित छ जीवन अनिश्चित छ कमाउनु नै मलामी रहेछ जीवनमा कुनै पनि कुरा स्थायी हुँदैन । हाम्रो जीवन पनि अस्थायी हो । कति बेला के हुन्छ हामी आफैंलाई थाहा हुँदैन । हरेक रातपछि बिहान अवश्य आउँछ । हामीलाई परिस्थितिले भन्दा पनि मनस्थितिले कमजोर बनाउँछ । परिस्थिति गुज्रिसक्यो स्वर्गीय हजुरबाबाको मृतात्माको चिर शान्तिको कामना गर्दै सोकाकुल परिवार प्रति धैर्य धारण गर्ने शक्ति भगवानले प्रदान गरुन हार्दिक समवेदना।(लेखकको नितान्त निजी विचार यस सामग्रीमा समेटिएको छ । सम्पादक)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?