
चाइनाबाट अलि बढी cultural influences भएको भएता पनि आफ्नै मौलिक भाषा संस्कृति र परम्परा भएको देश हो जापान । यसले विश्व ब्रम्हाण्डमा पुरानो इतिहास बोकेको छ । जापान राजकीय वंश परम्परा भएको सम्राटको संरक्षकत्वमा रहेको मुलुक हो । आलंकारिक भएता पनि जापान नरेशको सम्प्रभुता कायम रहेको छ । तथापी इशा संवतलाई वार्षिक क्यालेण्डरको रूपमा प्रयोग गरेको पाइन्छ ।
जनवरी १ लाई चलनचल्तीमा नयाँ व र्षको प्रारम्भको दिनको रूपमा स्वीकार गर्छन् । लिखित रूपमा राज्यको राजस्व संकलन हुने गरी शुभकामना कार्ड छपाई गरेर औपचारिक रूपमा शुभकामना आदान-प्रदान गर्ने प्रचलन छ । भेटघाटमा प्रत्यक्ष रूपमा शुभकामना दिने गरिन्छ । राज्यले निर्धारित गरेको विभिन्न मूल्यको करमूल्य तिरेर बजारका पसलहरू र जापान पोस्ट अफिसबाट समेत शुभकामना कार्डहरू खरिद गर्न सकिन्छ र आफ्ना सहकर्मी, साझेदार वा ग्राहकहरूलाई शुभकामना पठाउने प्रचलन रहि आएको छ । विशेष गरी स्थापित कम्पनीहरूले वर्षान्तको मसान्तको बोनस वितरण गर्ने पनि प्रचलन छ ।
नयाँ वर्ष प्रारम्भ पूर्व डिसेम्वर मसान्त अगावै र जनवरी १ मा दुई भिन्न तरिकाले शुभकामना दिने गरेको जापान बसाईको समयको अनुभव रहेको छ । निकै आनन्दको एउटा मिठो अनुभव- नयाँ बर्षको अवसरमा शुभकामना मात्र नभएर मान्यजनहरूबाट ओतोषी दामा (お年玉🧧) गिफ्ट, उपहार 🎁 वा खामबन्दी गरेर नगदमा दक्षिणा दिने प्रचलन पनि रहेको पाइन्छ ।
जापानमा आधा शरिर झुकेर शुभकामना, बधाई एवं धन्यवाद ज्ञापन गर्ने प्रचलन छ । जापानी भाषामा नयाँ वर्षको शुभकामना व्यक्त गर्न प्रयोग गरिने प्रचलित विशेष तौर तरिकाको चर्चा गरौं । सामान्यतया यी वाक्यांशहरू नयाँ वर्षको स्वागत र खुशीको कामना गर्न प्रयोग गरिन्छ। जसले आपसमा आत्मीय सम्बन्धलाई प्रगाढ बनाउँछ ।
हामी कसरी शुभकामना आदान-प्रदान गर्ने त !
Pre-New Year Greetings नयाँ वर्षअघि (डिसेम्बरको अन्त्यतिर) शुभकामना दिने वाक्यांशहरू:
१. 良いお年をお迎えください (Yoi otoshi wo omukae kudasai)
㊗️“तपाईंको नयाँ वर्ष राम्रो रहोस्।”
२. 良いお年を (Yoi otoshi wo)
㊗️ “तपाईंको नयाँ वर्ष राम्रो रहोस्।”
नयाँ वर्षको दिन (जनवरी १) शुभकामना दिने वाक्यांशहरू:
Regular Greetings
१. 明けましておめでとうございます (Akemashite omedetou gozaimasu)
㊗️नयाँ वर्षको शुभकामना
२. 本年もよろしくお願いいたします (Honnen mo yoroshiku onegai itashimasu)
㊗️ “यस वर्ष पनि कृपया सहयोग गर्नुहोस्।”
३. 明けましておめでとうございます。今年もよろしくお願いします (Akemashite omedetou gozaimasu. Kotoshi mo yoroshiku onegaishimasu)
㊗️“नयाँ वर्षको शुभकामना। यस वर्ष पनि कृपया सहयोग गर्नुहोस्।”
Casually Said (Greetings)
१. 明けましておめでとう (Akemashite omedetou)
㊗️“नयाँ वर्षको शुभकामना।”
२. 今年もよろしくね (Kotoshi mo yoroshiku ne)
㊗️“यस वर्ष पनि साथ दिनुहोला।”
Official or Business motive Greetings :
१. 新年明けましておめでとうございます。皆様のご健康とご多幸をお祈り申し上げます (Shinnen akemashite omedetou gozaimasu. Minasama no gokenkou to gotakou wo oinori moushiagemasu)
㊗️ “नयाँ वर्षको शुभकामना! तपाईंको स्वास्थ्य र खुशीको कामना गर्दछु।”
२. 素晴らしい一年になりますように (Subarashii ichinen ni narimasu you ni)
㊗️ “यो वर्ष पनि तपाईको उत्कृष्ट बर्ष बनोस्।”
३. 旧年中は大変お世話になりました。本年もどうぞよろしくお願いいたします (Kyuunenchuu wa taihen osewa ni narimashita. Honnen mo douzo yoroshiku onegai itashimasu)
㊗️ “पछिल्लो वर्ष तपाईंको सहयोगका लागि आभारी छु। यो वर्ष पनि कृपया सहयोग गरिरहनुहुनेछ भन्ने अपेक्षा गरेको छु ।”
Courteously Greeting
新年が幸多き年でありますように (Shinnen ga sachi ooki toshi de arimasu you ni)
㊗️ “नयाँ वर्ष खुशीले भरिपूर्ण रहोस्।”
ご家族とともに素敵な一年をお過ごしください (Gokazoku to tomoni suteki na ichinen wo osugoshi kudasai)
㊗️ “तपाईं र तपाईंको परिवारका लागि नयाँ बर्ष विशेष वर्षको रूपमा शुभकामना।”
ओतोषी दामा (お年玉🧧)
नयाँ बर्षको विशेष अवसरमा मान्यजनहरूबाट विशेष उपहार 🎁 को रूपमा सामाग्री वा दक्षिणा उपहार-खामबन्दी नगद 💸 प्राप्त हुदाँ जोकोही पनि खुशी हुनु स्वभाविक हो । उपहार प्राप्त गरे पछि हामी खुशी मनले धन्यवाद 🙏 पनि ज्ञापन गर्छौ । 📫 मेल, म्यासेज वा टेलिफोन सम्पर्क गरी शिष्ट भई धन्यवाद ज्ञापन गर्ने जापानीज वाक्यांशको पनि थोरै चर्चा गरौं ।
🎊本当にありがとうございます!
(Hontou ni arigatou gozaimasu) साँच्चै धेरै धेरै धन्यवाद !
🎊大切にします。
(Taisetsu ni shimasu)यसलाई म सधैं माया गरेर राख्छु।
🎊とても嬉しいです!
(Totemo tanoshīdesu!) म धेरै खुशी छु !
🎊こんな素敵なものをいただけるなんて、感激です。
(Kon’na sutekina mono o itadakeru nante, kangekidesu.)
यस्तो सुन्दर उपहार पाउँदा म अत्यन्तै प्रभावित भएको छु ।
🎊心から感謝申し上げます。
(Kokorokara kansha mōshiagemasu.)
म मनदेखि नै धन्यवाद दिन चाहन्छु।
🎊一生忘れません。
(Isshou wasuremasen.)
म यो कहिल्यै बिर्सने छैन, सदा सम्झनामा रहनेछ ।”
🎊これからもどうぞよろしくお願いいたします。
(Korekara mo douzo yoroshikuonegaītashimasu.)
आगामी दिनहरूमा पनि तपाईंको सहयोगको अपेक्षा गरेको छु ।
🎊いつもご親切にしていただき、いつも暖かい心よりありがとうございます。
(Itsumo go shinsetsu ni shite itadaki, itsumo atatakai kokoro yori arigatougozaimasu.)
सधैं तपाईंले देखाउनुभएको मायाका लागि न्यानो मनले अन्तर हृदय देखि हार्दिक धन्यवाद।
हामी पनि यस्तो अभ्यास गरौं । विद्यालय, कलेज र कार्यक्षेत्रमा सहकर्मी, सहपाठी, गुरूजन र मान्यवर्ग सँग खुलेर शुभकामना आदेश प्रदान गरौं । मान्यजनबाट ओतोषीदामा प्राप्त गर्ने अवसर बन्यो भने अत्यन्त खुलेर धन्यवाद ज्ञापन गरौं । सम्बन्धलाई प्रगाढ़ र आत्मीय बनाऔ ।