प्रमुख समाचार

धार्मिक पर्यटक तान्ने शालिग्राम संग्रहालय सुनसान

बागलुङ -नेपालको एकमात्र पवित्र नदि कालीगण्डकीमा पाइने शालिग्रामको संरक्षण गर्दै बागलुङ सदरमुकाममा शुरूङ निर्माण गरि निर्माण गरिएको शालिग्राम संग्रहालय कोरोना भाइरस लाई लक्षित गरि लगाएको निषेधाज्ञाको कारण प्रभावित बन्न पुगेको छ।आन्तरिक तथा बिश्व कै धार्मिक पर्यटकलाई समेत आकर्षित गर्ने गरि निर्माण भएकोसंग्रहालय यतिबेला सुनसान बन्न पुगेको छ । गण्डकी प्रदेशको दोस्रो ठूलो ब्यापारी केन्द्र बागलुङ नगरपालिका वडा नम्बर ४ कुडुलेमा सुविधा सम्पन्न सुरूङ निर्माण गरि हिन्दु धर्मावलम्बीले धार्मिक आस्थाको रूपमा पुज्ने पवित्र शालिग्राम एकीकृत गरि निर्माण गरिएको संग्राहलयले निषेधाज्ञाको कारण… पुरा पढौ

बागलुङमा थप एकसाता निषेधाज्ञा लम्बियो

बागलुङ-कोरोना भाइरस कोभिड १९ को जोखिम नघटेपछि बागलुङ जिल्लामा थप एक साता निषेधाज्ञा थप गरिएको छ । कोरोना संक्रमणको दर नघटेपछि कोरोना संकट व्यवस्थापन समिति (डिसिसिएसी)को आइतबार बसेको बैठकले थप एक साता लकडाउन थप्ने निर्णय गरेको हो । थपिएको निषेधाज्ञामा वैंक तथा वित्तिय संस्थाहरु साताको चार दिन बिहान खुल्ला गरिने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय बागलुङले जनाएको छ । डिसिसिएमसीको निर्णय अनुसार अब आगामी असार सात गतेसम्म बागलुङमा निषेधाज्ञा जारी रहने छ । जसमा हाल हप्तामा दुई दिन मात्र खुलेका… पुरा पढौ

गलकोट नगरपालिकाद्धारा कृषकलाई फलफूल तथा घाँसका बिरुवा बितरण

गलकोट नगरपालिकाले कृषकहरुलाई फलफूल तथा घाँसका बिरुवा बितरण गरेको छ । गलकोट नगरपालिकाको आर्थिक वर्ष २०७७÷७८ को वार्षिक स्वीकृत कार्यक्रम अन्र्तरगत नगरपालिकाको अनुदानमा नगरपालिका क्षेत्र भित्रका कृषक र विभिन्न फर्महरुलाई विभिन्न जातका फलफुल तथा घाँसको बिरुवा वितरण गरिएको हो । गलकोट नगरपालिका क्षेत्रलाई फलफुल तथा पशुपालनमा आत्मनिर्भर बनाउनको लागि नगरपालिकाले आफ्नो निति कार्यक्रममा फलफुल तथा घाँसका विरुवा वितरण कार्यक्रमलाई समावेश गरेको गलकोट नगरपालिकाका नगरउपप्रमुख रेनुका काउचाले बताउनुभयो । काउचाले गलकोट क्षेत्रका कृषकहरुलाई व्यवसायिक एवम् आत्मनिर्भर बनाउनुपर्ने भन्दै कृषकहरुलाई कृषि तथा… पुरा पढौ

औसत भन्दा बढि वर्षा हुने, बाढी–पहिरोसहितको जोखिम विगतको भन्दा उच्च

काठमाडौँ – पूर्वी क्षेत्र हुँदै प्रवेश गरेको यो वर्षको मनसुनी गतिविधि सक्रिय हुने क्रम जारी रहँदा देशभर बदली भएको छ । अहिले देशभर आंशिकदेखि सामान्य बदली भई थोरै स्थानमा वर्षा समेत भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।यो वर्षको मनसुन शुक्रबार दिउँसोदेखि नेपाल प्रवेश गरेको र अहिले देशभर फैलिने क्रममा रहेको मौसमविले बताएका छन् । देशको पूर्वी र मध्य भूभागमा उत्तर पश्चिम बंगालको खाडी र आसपास बनेको न्यून चापीय क्षेत्रको प्रभाव तथा पश्चिमी भू–भागमा पश्चिमी वायु र स्थानीय… पुरा पढौ

बागलुङका दिलिप शर्मा बने एनआरएनए कान्साईको संयोजक

जापान–गैर आवासीय नेपाली संघ जापान कान्साई क्षेत्रीय समितिको संयोजकमा बागलुङका गलकोटका दिलिप शर्मा सर्वसम्मत रुपमा चयन हुनुभएको छ ।हाल कान्साई क्षेत्रीय समितिको उप–संयोजक रहनुभएका शर्मा २०२१–२०२३ को लागि संयोजकमा सहमतिको आधारमा सर्वसम्मत चयन हुनुभएको हो । संयोजकको प्रत्यासी रहनु भएका नर बहादुर थापा उप–संयोजकमा रहन तयार भएपछि सर्वसम्मत कार्यसमिती चयन सम्भव भएको हो । थापा निवर्तमान कार्यसमितीमा मानार्थ सदस्यमा रहनुभएको थियो । बिहीवार ओसाकामा सम्पन्न भएको संस्थाको ८औ अधिबेशनबाट डिल्लीप्रसाद सापकोटालाई पनि उप–संयोजकमा चयन गरेको छ । यसैगरी महिला संयोजकमा… पुरा पढौ

शैक्षिक कल्याण कोष बागलुङले मृतक शिक्षकको परिवारलाई राहत रकम हस्तान्तरण

बागलुङ/ शैक्षिक कल्याण कोष बागलुङले मृतक शिक्षकको परिवारलाई एक कार्यक्रमका बिच आज राहत रकम हस्तान्तरण गरेको छ ।जेठ १९ गते अल्पायुमा निधन भएकी जनहित माध्यमिक विद्यालय गलकोट नगरपालिका वडा नं ७ का विद्यालय कर्मचारी तथा कम्प्युटर शिक्षक प्रतिमा रानाको परिवारलाई राहत रकम ५ हजार रुपियाँ हस्तान्तरण गरिएको हो ।स्वर्गीय शिक्षक रानाको गलकोट नगरपालिका वडा नं. ९ बास्खोलामा आयोजित कार्यक्रममारकम हस्तान्तरण गर्दै शैक्षिक कल्याण कोष बागलुङका अध्यक्ष मित्रदत्त ढकालले लगनशील, सिर्जनशिल र कर्तव्यनिष्ठ शिक्षक रानाको असामयिक निधनले शैक्षिक जगतमा अपुरणीय क्षती… पुरा पढौ

बागलुङ अक्सिजन राहत टोलीद्वारा ३ ओटा अक्सिजन सिलिन्डर प्रदान

बागलुङ अक्सिजन राहात टोलीले आज गलकोट नगरपालिकालाई ३ ओटा अक्सिजन सिलिन्डर सहयोग प्रदान गरेको छ ।  ढोरपाटन नगरपालिका वडा न १ निवासी राजु श्रेष्ठको सयोजकत्वमा दिपेन्द्र श्रेष्ठ, यामु पौवी, आकास युएसवि थापा, केशव बिक्रम सिह ,कमल भुसाल लगायतले गठन गरेको बागलुङ अक्सिजन राहात टोलीले अक्सिजन सिलिन्डर सहयोग गरेको हो । बागलुङ अक्सिजन राहात टोली गलकोटका संयोजक केशव विकम सिहले आज गलकोट नगरपालिकाको कार्यालयमा नगर प्रमुख भरत शर्मा गैरे  र उप प्रमुख रेनुका काउचालाइ अक्सिजन हस्तान्तरण गर्नुभएको थियो । ४८ केजीका… पुरा पढौ

सामाजिक अभियन्ता सविनले बाडे राहत

बागलुङ / कोभिड–१९ को महामारीको कारण अप्ठ्यारोमा रहेका बागलुङ नगरपालिका वाड नम्बर १२ अमलाचौरको माझी बस्तीमा त्यहाँका युवाहरूले खाद्यान्न वितरण गरेका छन ।त्यस टोलमा रहेका बिपन्न परिवारहरूलाई कोरोनाको महामारीका कारण दैनिक जीवन निर्वाह मै समस्या सृजना हुन पुगेकोले सारंगीका १९ घरधुरीलाई खाद्यान वितरण गरिएको सामाजिक अभियन्ता सविन पाठकले बताउनु भयो ।कोरोनाको संक्रमण रोक्नका लागि स्थानीय सरकारले निषेधाज्ञा जारी गरेका कारण दैनिक आम्दानी गरेर जीवन निर्वाह गर्ने परिवारलाई निकै समस्या सृजना भएकोले केही राहत पुगोस भनेर सामग्री वितरण गरिएको पाठकले बताउनु… पुरा पढौ

बागलुङमा जेठ ३१ गतेसम्म निषेधाज्ञा

कोरोना संक्रमण बढ्दै गएको भन्दै बागलुङ जिल्लामा निषेधाज्ञा थप भएको छ । शुक्रबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले बागलुङ जिल्लाभित्रका सबै वडामा लागू हुने गरी जेठ ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिए । बैठकले बैंक तथा वित्तिय संस्थाहरुलाई हप्तामा दुई दिन सञ्चालन गर्न दिने निर्णय गरेको छ । आईतबार र बुधबार बैंक तथा वित्तिय संस्थाहरु बिहान ७ देखि १० बजेसम्म खुल्न पाउने छन् । निषेधाज्ञामा अतिआवश्यक सेवा खाद्यन्न,… पुरा पढौ

ढोरपाटनमा लागु औषध र भरुवा बन्दुक सहित २ जना पक्राऊ

बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिकाबाट लागु औषध र भरुवा बन्दुक सहित २ युवा पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यलय बुर्तिबाङबाट खटिएको टोलीद्धारा, ढोरपाटन नगरपालिका वडा नं. ४ भागीँमा स्थानिय दुई युवाहरुले घरमा लुकाई छिपाई राखेको करिब साढेँ २ किलो च’रेस र ७ किलो गाजाँको धुलो र एक थान भरुवा बन्दुक सहित रङ्गेहात पक्राउ परेका हुन् । सुकाकीको आधारमा प्रहरीले खोजतलास गर्दा उनीहरुसँगबाट चरेश, गाँजाको धूलो र भरुवा ब’न्दुक जफत गरिएको ईलाका प्रहरी कार्यलय बुर्तिबाङ प्रहरी निरिक्षक जयराम वन्तले बताउनुभयो ।… पुरा पढौ