बागलुङका दिलिप शर्मा बने एनआरएनए कान्साईको संयोजक

-


     दिनेश थापा    
     जेठ २८ गते २०७८


जापान–गैर आवासीय नेपाली संघ जापान कान्साई क्षेत्रीय समितिको संयोजकमा बागलुङका गलकोटका दिलिप शर्मा सर्वसम्मत रुपमा चयन हुनुभएको छ ।
हाल कान्साई क्षेत्रीय समितिको उप–संयोजक रहनुभएका शर्मा २०२१–२०२३ को लागि संयोजकमा सहमतिको आधारमा सर्वसम्मत चयन हुनुभएको हो । संयोजकको प्रत्यासी रहनु भएका नर बहादुर थापा उप–संयोजकमा रहन तयार भएपछि सर्वसम्मत कार्यसमिती चयन सम्भव भएको हो । थापा निवर्तमान कार्यसमितीमा मानार्थ सदस्यमा रहनुभएको थियो । बिहीवार ओसाकामा सम्पन्न भएको संस्थाको ८औ अधिबेशनबाट डिल्लीप्रसाद सापकोटालाई पनि उप–संयोजकमा चयन गरेको छ ।


यसैगरी महिला संयोजकमा बिन्दु ढकाल सचिवमा तेज प्रकाश गुरुगं, कोषाध्यक्षमा डेनिश पुन निर्विरोध चयन हुनुभएको छ । सहसचिवमा बिकास अधिकारी र लक्ष्मण गैरे चयन हुनुभएको छ भने सह–कोषाध्यक्ष तिलक केसी निर्वाचित हुनुभएको छ ।
अधिवेशनबाट सदस्यहरुमा सिमला केसी महिला र संजय कार्की विद्यार्थी सदस्यमा चयन हुनुभएको छ । खुल्लातर्फ सदस्यहरुमा टी आर गौडेल, शंकर भुषाल, सुरज जिसी र अशोक गुरुगं चयन हुनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?