धार्मिक पर्यटक तान्ने शालिग्राम संग्रहालय सुनसान

-


     राजेशचन्द्र राजभण्डारी    
     जेठ ३१ गते २०७८


बागलुङ -नेपालको एकमात्र पवित्र नदि कालीगण्डकीमा पाइने शालिग्रामको संरक्षण गर्दै बागलुङ सदरमुकाममा शुरूङ निर्माण गरि निर्माण गरिएको शालिग्राम संग्रहालय कोरोना भाइरस लाई लक्षित गरि लगाएको निषेधाज्ञाको कारण प्रभावित बन्न पुगेको छ।आन्तरिक तथा बिश्व कै धार्मिक पर्यटकलाई समेत आकर्षित गर्ने गरि निर्माण भएको
संग्रहालय यतिबेला सुनसान बन्न पुगेको छ ।

गण्डकी प्रदेशको दोस्रो ठूलो ब्यापारी केन्द्र बागलुङ नगरपालिका वडा नम्बर ४ कुडुलेमा सुविधा सम्पन्न सुरूङ निर्माण गरि हिन्दु धर्मावलम्बीले धार्मिक आस्थाको रूपमा पुज्ने पवित्र शालिग्राम एकीकृत गरि निर्माण गरिएको संग्राहलयले निषेधाज्ञाको कारण सबैलाई आकर्षित गर्ने संग्रहालय सुनसान बन्न पुगेको छ ।

भगवान् शिवको प्रिय अस्त्रका रूपमा मानिने त्रिशूल आकारमा भू–गर्भभित्र ७६ मिटर लामो सुरुङमा धार्मिक दृष्टिले अति नै महत्वपूर्ण मानिने शालिग्राम शिलालाई सङ्ग्रहालयमा व्यवस्थित रूपमा निर्माण गरिएको छ । संग्रहालयमा तिरुपती बालाजीधाममा २४ हजार शालिग्रामलाइ पहिलो चरणमा राखिएको छ ।

करिब ६ करोड लगानीमा बनेको सुरूङ मार्ग सहितको संग्राहलयमा १ चक्रे देखि २२ चक्रे सम्मको शालिग्राम रहेको तिरुपति बालाजीधाम मन्दिरका अध्यक्ष स्वामी ऋषि प्रपन्नाचार्यले बताए ।
कुँडुले फेदीस्थित श्री रङ्गवेकटेश मुक्तिनारायण मन्दिर, मुक्तिनाथ वेदविद्याश्रम तिरुपति बालाजीधाममा स्वामी श्रीधरचार्यको नामबाट २०७५ भदौ १ गते शालिग्राम सङ्ग्रहालयको शिलान्यास गरिएको थियोे । अहिले बनेको शालिग्राम संग्रहालय बागलुङमा धार्मिक र आन्तरिक पर्यटक भित्र्याउन महत्त्वपूर्ण भुमिका खेल्ने बागलुङ होटल ब्यबसायी संघका अध्यक्ष निलेश राजभण्डारीले बताए ।

“कालीगण्डकी नदीमा मात्र पाइने शालिग्राम चोरी पैठारी हुदा भविष्यमा शालिग्राम हराउँदै जाने भन्दै शालग्राम संरक्षणमा जुटेर संग्रहालय बनाउनु ठूलो उपलब्धि भएको अधिकारकर्मि राम शर्माले बताए ।शालिग्राम संग्रहा बागलुङ आउने पर्यटकलाई धौलागिरिको ४ जिल्ला बागलुङ ,पर्वत ,म्याग्दी र मुस्ताङ लाई समेत चिनाउन महत्त्वपूर्ण हुने स्थानीयको भनाइ छ ।

शालिग्राम नेपालको एकमात्र पवित्र कालीगण्डकी नदीमा मात्रै पाइन्छ । बैष्णव र सनातनीहरुले शालिग्रामलाई साक्षात् विष्णुको अवतारका रुपमा लिन्छन ।अहिले बनेको शालिग्राम संग्रहालय हिन्दु धर्मावलम्बीको लागि मात्रै नभएर धार्मिक पर्यटक तान्ने आकर्षणको केन्द्र बनेको छ ।

कोरोना समुदायस्तरमा फैलिएको भन्दै स्थानीय प्रशासनले धार्मिक मठ मन्दिर ,संग्रहालय सबै ठाउँमा निषेधाज्ञा लागू गरेपछि त्यसको प्रत्यक्ष प्रभाव शालिग्राम संग्रहालयमा पनि परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?