सामाजिक अभियन्ता सविनले बाडे राहत

-


     जनहित न्युज    
     जेठ २२ गते २०७८


बागलुङ / कोभिड–१९ को महामारीको कारण अप्ठ्यारोमा रहेका बागलुङ नगरपालिका वाड नम्बर १२ अमलाचौरको माझी बस्तीमा त्यहाँका युवाहरूले खाद्यान्न वितरण गरेका छन ।
त्यस टोलमा रहेका बिपन्न परिवारहरूलाई कोरोनाको महामारीका कारण दैनिक जीवन निर्वाह मै समस्या सृजना हुन पुगेकोले सारंगीका १९ घरधुरीलाई खाद्यान वितरण गरिएको सामाजिक अभियन्ता सविन पाठकले बताउनु भयो ।
कोरोनाको संक्रमण रोक्नका लागि स्थानीय सरकारले निषेधाज्ञा जारी गरेका कारण दैनिक आम्दानी गरेर जीवन निर्वाह गर्ने परिवारलाई निकै समस्या सृजना भएकोले केही राहत पुगोस भनेर सामग्री वितरण गरिएको पाठकले बताउनु भयो ।
आमलाचौरका युवाहरुले कोरोनाबाट समस्यामा परेका विपन्न परिवारलाई सहयोग संकलन गरि दैनिक उपभोग्य सामान प्रदान गर्ने अभियान संचालन गरिरहेकोले सो अभियानलाई सहयोग गर्नका निम्ति सबैमा अनुरोध गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?