प्रमुख समाचार

एनआरएनए जापानमा कृष्णबहादुर थापाको केन्द्रीय सदस्य उम्मेद्दार

जापान - गैर आवासीय नेपाली संघ जापानको नयाँ नेतृत्व चयनको मिति नजिकिंदै गर्दा उम्मेद्दार घोषणा गर्ने क्रम बढेको छ । यहि क्रममा जापानको चिबामा व्यवसाय गर्दै आउनुभएका कृष्ण बहादुर थापाले केन्द्रिय सदस्यमा उम्मेद्दारी घोषणा गर्नुभएको छ । एनआरएनए जापानमा भएको राजनीतिकरण र संस्था भित्र देखिएको आर्थिक अनियमितता तथा विसंगतिको बिरुद्ध मैंले उम्मेद्दारी घोषणा गरेको हुँ केन्द्रीय सदस्य उम्मेद्दार थापाले भन्नुभयो । हामी युवाहरु जो यस्ता आरोपमा मुछिएका छैनौं र सबैलाई समेटेर संस्थाको छवि राम्रो बनाउन दत्तचित्त छौं , अब एनआरएनए… पुरा पढौ

नेपालमा अझै भारी वर्षा हुनेसक्ने

हाल देशैभरि मनसुन सक्रय भएको र भारी वर्षा हुनसक्ने अनुमान नेपाल जलवायु पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । टुइटरमार्फत सूचना जारी गर्दै महाशाखाले बाग्मती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशको धेरै स्थानहरुमा मध्यम खालको वर्षा भईरहेको छ र एक दुइ स्थानमा भारि बर्षाको पनि संभावना रहेको जनाएको छ । भने अन्य स्थानहरुमा पनि मध्यम वर्षा हुने संभावना देखिएको पनि जारी सूचनामा जनाइएको छ । हिजोदेखि परेको अविरल वर्षाका कारण देशका बिभिन्न स्थानमा ठूलो जनधानको क्षति भएको छ । पुरा पढौ

मेलम्ची बजार बन्यो बगर, घरका छतबाट गुहार माग्दै स्थानीय फोटो फिचरसहित

बाढी-पहिरोले हेलम्बु र मेलम्चीमा ठूलो क्षति पुर्‍याएको छ ।  मेलम्ची बसपार्कमा रहेका दर्जनौ होटल  बगाएकाे र केही घर डुबानमा परेकाले ठूलो मानविय क्षति भएको अनुमान गर्न सकिन्छ । यद्यपी, बाढी-पहिरोमा परेर मृत्यु भएका र बेपत्ता हुनेको यकिन संख्या अझै पत्ता लागेको छैन । मेलम्चीघ्याङ माथिको नामसाङसाङ डाँडो पहिरो बनेर आएपछि मेलम्ची खोला केहीबेर थुनिएको थियो । यही मेलम्ची खोलाले यहाँ विध्वंस गरेको हो । अबिरल वर्षाले गएको पहिरोसँगै आएको भीषण बाढीले सुरुमा नाकोतेको नवनिर्मित पुल बगायो । पुलसहित आएको बाढीले हेलम्बुदेखि… पुरा पढौ

गण्डकी प्रदेशमा बाढीको विवरण: मादीमा हाइड्रोको ५० करोडको निर्माण उपकरण बगायो, दर्जनौ घरबारविहीन

गण्डकी प्रदेशमा दुई दिनदेखि परेको अविरल वर्षाका कारण विभिन्न ठाउँमा बाढीपहिरोले वितण्डा मच्चाएको छ । सोमबारदेखि लगातार परेको वर्षाका कारण आएको बाढीले कास्कीको मादी गाउँपालिकामा निर्माण भइरहेका सुपर मादी हाइड्रो पावरमा ठुलो क्षति पुर्याएको छ ।  बाढीले हाइड्रो पावरका २ वटा जेसिबी, एउटा टिपर, हाइड्रोमा प्रयोग भएका पाइप, जेनेरेटर, रड, सिमेन्ट, एक्स्काभेटर, लोडर, आरएमसी सेट, क्रसरको ४ युनिट, ठुलो जेनरेटर, लगायत निमाणमा प्रयोग हुने विभिन्न उपकरणहरु बढीले बगाएको आयोजनाले जनाएको छ ।  सोमबारदेखि अविरल रुपमा परेको बर्षापछि आएको बाढीले करिब… पुरा पढौ

अबदेखि नेपाली युवतीले पनि भारतीय सेनामा भर्ती हुन पाउने, भारतद्वारा भर्तीको सूचना आह्वान

काठमाडौं - अबदेखि नेपाली युवतीले पनि भारतीय सेनामा भर्ती हुन पाउने भएका छन् । काठमाडौंस्थित भारतीय दूतावास अन्तर्गतको कल्याणकारी शाखाले सोमबार विज्ञप्ति जारी गर्दै महिला सैनिक प्रहरीका लागि भर्ती आह्वान गरेको हो । आगामी जुलाई २० सम्म इच्छुकले निवेदन दिन सक्ने जारी सूचनामा उल्लेख छ । भारतको अम्बाल, लखनऊ, जवलपुर, बेलगाव, पुने र सिलाङमा भर्ती छनौट हुने भएको छ । १७ वर्ष ६ महिनादेखि २१ वर्ष उमेर ननाघेका, न्युनतम १० कक्षा पास गरेका र १५२ सेन्टिमिटर उचाइ भएकाले आवेदन दिन… पुरा पढौ

रेशमा सडक भासिदा गएको पहिरोका कारण तीन घर विस्थापित

काठेखोला गाउँपालिकाको रेशमा सडक भासिदा गएको पहिरोका कारण तीन घर विस्थापित भएका छन् । बागलुङ जिल्ला सदरमुकाम हुँदै रेश जोड्ने सडकको जिरेदी भन्ने स्थानमा सडक भासिदा सडक माथि र सडक मुनीका तीन घर विस्थापित भएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक इकवाल हवारीका अनुसार रेश जोड्ने कच्ची सडक भासिएर तीनवटा घर उच्च जोखिममा परेको र अहिले सडकमा निरन्तर पहिरो खसिरहेको बताउनुभयो । सडक माथिका कृष्ण जिसी, बल बहादुर जिसी र सडक मुनीको चित्र बहादुर कार्कीको… पुरा पढौ

कोरोनाबाट जोगिन खानपान र व्यायामसंगै आत्मबल बढाऔ

बागलुङ-धौलागिरी आयुर्वेद औषधालय बागलुङका प्रमुख डा.सरोज राय यादवले कोरोना संक्रमणबाट जोगिनका लागि खानपान र व्यायाम तथा आत्मबल बढाउन ध्यान दिनु पर्नेमा जोड दिनुभएको छ । ​​आदर्श सञ्चार सहकारी संस्था लिमिटेड र धौलागिरी आयुर्वेद औषधालयको संयुक्त आयोजनामा सोमबार भर्चुअल रुपमा आयोजित कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि आयुर्वेद तथा योग चिकित्साको उपयोगिता विषयक कार्यक्रममा बोल्दै रायले यस्तो बताउनुभएको हो । ​​कोरोना भाइरसको अहिलेसम्म पनि औषधी पत्ता लागेको छैन, यसबाट बच्नका लागि शरिरमा रोक प्रतिरोधात्मक शक्ति बढाउनु पर्दछ, रायले भन्नुभयो–‘रोग प्रतिरोधात्मक शक्ति बढाउनका… पुरा पढौ

दुगड आइरन उद्योगका प्रबन्ध निर्देशक पक्राउ

दुगड आइरन उद्योग तथा कजरिया टायल्सका प्रवन्ध निर्देशक प्रकाश दुगड पक्राउ परेका छन्। दुगडलाई कालीमाटी क्षेत्रबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ। खातामा रकम नभएको चेक दिएपछि कमलपोखरी वृत्तमा उनीविरूद्ध जाहेरी परेको थियो। उनीमाथि बैंकिङ कसुर मुद्दामा थप अनुसन्धान भईरहेको जनाईएको छ । पुरा पढौ

गण्डकी प्रदेश सरकारले ल्यायो नीति तथा कार्यक्रम, विगतकै कार्यक्रमको निरन्तरता (पूर्ण पाठसहित)

पोखरा- गण्डकी प्रदेश सरकारले कोभिडका कारण जीवन गुमाएकाहरुलाई नगद राहतको घोषणा गरेको छ । प्रदेश प्रमुख सीताकुमारी पौडेलबाट सोमबार प्रस्तुत नीति तथा कार्यक्रममा नगद राहतको घोषणा गरिएको हो ।कोभिडविरुद्धको खोप व्यवस्थापन र स्वास्थ्य पूर्वाधार एवं व्यवस्थापनमा विशेष जोडसहित ल्याइएको आर्थिक वर्ष २०७८/०८९ को नीति तथा कार्यक्रममा अधिकांश कार्यक्रम चाहिँ पुरानै रहेका छन् ।‘कोभिड १९ का कारण बाबुआमा गुमाएका बालबालिकालाई नगद राहतको व्यवस्था गरिने छ, साथै कोभिडका कारण ज्यान गुमाएका स्वास्थ्यकर्मी सुरक्षाकर्मी साथै आम नागरिकलाई नगद राहत उपलब्ध गराइने छ’, नीति… पुरा पढौ

नरेठाँटीमा ट्याक्टर दुर्घटना !

गलकोट नगरपालिका वडा नम्वर २ मा आज ट्याक्टर दुर्घटना भएको छ ।  गलकोट नगरपालिका वडा नम्वर २ को मौरियाबाट हटिया तर्फ आउदै गरेको गरेको ध १ त ४१३ नम्वरको ट्याक्टर आज दिउसो करिब साढे २ बजेकोे समयमा दुर्घटना भएको प्रहरी चौकी नरेठाँटीले जनाएको छ ।  ट्याक्टर सडकको नालीमा पल्टीएको छ । ट्याक्टरमा रहेका चालक सुरक्षित रहेको प्रहरी चौकी हटियाका प्रमुख प्रहरी नायव निरिक्षक बाबुराम पुरीले जानकारी दिनुभयो । ओरालो बाटो ट्याक्टर अनियन्त्रीत भएर नालीमा पल्टीएको हो । सडकको नालीमा पल्टीएको… पुरा पढौ