प्रमुख समाचार

सन् २०२१ भित्र सबै नागरिकलाई खोप लगाइने प्रधानमन्त्री ओलीको भनाई

प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२१ भित्र सबैलाई नागरिकलाई खोप लगाइने बताउनुभएको छ । नेपाल बाल संगठनको केन्द्रीय सभाको अधिवेशनलाई भर्चुअल माध्यममार्फत सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले खोपको अभाव क्रमशः सुल्झँदै गएकोले सन् २०२१ भित्र सबै नागरिलाई खोप लगाइने बताउनुभयो । यस अगाडि प्रधानमन्त्रीले आफूले घोषणा गरेको मंसिरको निर्वाचन अगाडि नै सबैलाई खोप लगाइसक्ने बताउनुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले बालबालिका नै देशको भविष्य भए पनि विगतमा राजनीतिक र सामाजिक व्यवस्थाका कारण सबै बालबालिकाले उपयुक्त लालनपालन, शिक्षा र… पुरा पढौ

जापानी दूतावासले भिसा सम्बन्धि कामहरु आशिंक रुपमा सूचारु

जापान–काठमाडौं स्थित जापानी राजदूतावासले भिसा सम्वन्धि कामहरु आशिंक रुपमा पुन सुरु गरेको जनाएको छ ।जुन २१ तारिख सोमबार महत्वपूर्ण सूचना भन्दै एक विज्ञप्ति जारी गर्दै दूतावासले काठमाडौंमा लगाइएको निषेधाज्ञापछि बन्द रहेको भिसा सेवा आशिंक सुचारु गरेको जनाएको हो । नेपाल सरकारले काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा खुकुलो बनाएसँगै दूतावासले आफ्नो सेवाहरु आशिंक रुपमा सूचारु गरेको हो ।आशिंक रुपमा खुल्ला गरिएको भिसा सम्बन्धि सेवा राजदूतावासको कार्यालयमा र भिसा सम्वन्धि अख्तियारी पाएको भिएफएस ग्लोबलले सुरु गरेको दूतावासले जनाएको छ । दूतावासले भिसा सम्वन्धि… पुरा पढौ

बाढीका कारण हरिचौर ठुलाथर जोखिममा

बाढीका कारण हरिचौर ठुलाथर जोखिममा अविरल वर्षाका कारण गलकोट नगरपालिका वडा नम्वर ६ ठुलाथर उच्च जोखिममा परेको छ । दरमखोलामा आएको वाढिले जमिन कटान गर्दा गलकोट नगरपालिका वडा नम्वर ६ को ठुलाथर जोखिममा परेको हो । खोलामा आएको वाढीले जमिन कटान गर्दा गलकोट नगरपालिका वडा नम्वर ६ का करिव ३२ घर जोखिममा रहेको योगेश भण्डारीले जानकारी दिनुभयो । गलकोट नगरपालिका वडा नम्वर ६ को शिलाखोला र दरमखोलाको संगम स्थान नजिक रहेको ठुलाथरमा बाढीले जमिन कटान गरेपछि उच्च जोखीममा परेको हो… पुरा पढौ

बागलुङ नगरपालिकाको निति तथा कार्यक्रम सार्वजनिक

बागलुङ –बागलुङ नगरपालिकाले  कोरोना महामारी नियन्त्रण र बहुबर्षे कार्यक्रमलाई प्राथमिकतामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बागलुङ सदरमुकाममा आयाेजित  नवौं नगरसभामा नगरप्रमुख जनकराज पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि आवश्यक बजेटको व्यवस्था गरिने उल्लेख छ । आधारभूत स्वास्थ्यको जिम्मेबारी लागु गर्ने, स्वास्थ्यकर्मीको लागि आवश्यक व्यवस्था गर्ने, कालोढुसीको नियन्त्रण तथा रोकथामका लागि आवश्यक तयारी थाल्ने नगरप्रमुख पौडेलले बताए । ‘गरिबसँग मेयर ऋषिराम’ कार्यक्रम सञ्चालनमा ल्याएर कोरोना महामारीका कारण आयआर्जन गुमाएकालाई सहुलियत… पुरा पढौ

काेराेनाकाे खाेप लगाइदिन माग गर्दै ग्यास बिक्रेता

बागलुङ–काेराेना भाइरस काेभिड १९ काे जाेखिम माेल्दै आम उपभोक्ताकाे घर घरमा ग्यास ढुवानी गर्दै आएको एल ,पी ,ग्यास विक्रेता संघ बागलुङले काेराेना खाेपकाे माग गर्दै प्रमुख जिल्ला अधिकारी लाई ज्ञापनपत्र बुझाएको छ । बागलुङका प्रमुख अधिकारी शिव कुमार कार्की लाई एलपी ग्यास बिक्रेता संघका अध्यक्ष हरि प्रसाद आचार्यले तत्काल काेराेना भाइरस बिरूद्वकाे खाेप उपलब्ध गराउने ब्यबस्था गरि दिन माग गरेका छन्  ।काेराेना जाेखिम माेलेर काेराेना संक्रमित बिरामीको घरमा समेत एलपी ग्यास ढुवानी गर्दा आफुहरू प्रत्यक्ष रूपमा जाेखिममा परेको भन्दै काेराेना… पुरा पढौ

प्रेस सङ्गठनद्वारा पत्रकारलाई स्वास्थ्य सामग्री प्रदान

बागलुङ–प्रेस सङ्गठन नेपाल, बागलुङ शाखाले जिल्लामा क्रियाशील पत्रकार÷सञ्चारकर्मीलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । कोरोना महामारीका बेला अग्रपंक्तिमा खटिएर समाचार सङ्कलन तथा सम्प्रेषण गर्ने पत्रकारको स्वास्थ्य सुरक्षाका लागि मास्क, सेनिटाइजर र सिटामल वितरण गरिएको हो । शाखा संयोजक थम्मन थापा, सदस्य बिमल खड्का र नेपाल पत्रकार महासंघ, बागलुङ शाखाका उपाध्यक्ष एवं सङ्गठनका सदस्य सरीता खत्रीले आज गलकोट नगरपालिका, ढोरपाटन नगरपालिका र बडिगाड गाउँपालिकाबाट सञ्चालित सञ्चार संस्थामै पुगेर स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको हो । पाँच वटा रेडियोसहित पत्रिका र अनलाइन माध्यममा… पुरा पढौ

आजदेखि प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि सुनुवाइ हुने

यसअघि गएको जेठ २६ गते बसेको संवैधानिक इजलासले आजदेखि निरन्तर सुनुवाइ हुने आदेश दिएको थियो । ‘फास्ट ट्रयाक’मा हुन लागेको सुनुवाइका लागि निवेदक र विपक्षीले भोलिसम्म इजलासमा बहस नोट बुझाइसक्नुपर्नेछ । बहसका लागि दुवै पक्षलाई १५/१५ घण्टा समय छुट्याइएको छ । एमिकस क्युरीमा रहेका चार जनाले आधा/आधा घण्टामा बहस सक्नुपर्नेछ । एमिकस क्युरीमा नेपाल बार एसोसिएशनका तर्फबाट वरिष्ठ अधिवक्ताहरू राघवलाल वैद्य र उषा मल्ल पाठक तथा सर्वोच्च अदालत बार एसोसिएशनका तर्फबाट वरिष्ठ अधिवक्ताद्वय कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसी हुनुहुन्छ ।… पुरा पढौ

बागलुङमा थप दुई कोरोना सङ्क्रमितको मृत्यु

कोरोना सङ्क्रमणबाट यहाँका थप दुई व्यक्तिको ज्यान गएको छ । बडिगाड गाउँपालिका–२ का ६८ वर्षीय र बागलुङ नगरपालिका–३ का ८२ वर्षीय पुरुषको उपचारका क्रममा धवलागिरि अस्पतालमा मृत्यु भएको हो ।  ६८ वर्षीयको आज बिहान र ८२ वर्षीयको सोमबार साँझ मुत्यु भएको स्वास्थ्य कार्यालयका कोभिड–१९ स्रोत व्यक्ति देवप्रकाश घिमिरेले जानकारी दिए । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि गत जेठ १९ गते अस्पताल भर्ना भएका बडिगाड–२ का पुरुषमा सोही दिन कोरोना पुष्टि भएको थियो । यस्तै उपचारकै क्रममा ज्यान गुमाएका बागलुङ–२ का पुरुषमा… पुरा पढौ

बागलुङमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

बागलुङ -बागलुङ नगरपालिका वडा नम्बर ३ रात्माटामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मंगलबार विहान ध १ च ८३ नम्बरको ट्याक्टर रात्माटामा दुर्घटना हुँदा ट्याक्टरका सहचालक बागलुङ नगरपालिका–१२ का १८ बर्षिय सरोज भन्ने टिका भेटवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । दुर्घटनामा घाईते भएका भेटवालको धौलगिरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक कृष्ण बहादुर पल्ली मगरले बताए ।  दुर्घटना पछि ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ… पुरा पढौ

धौलागिरि अस्पताल बागलुङमा ,बिना बजेट अक्सिजन प्लान्ट निर्माणकार्यकाको ठेक्का सम्झौता

बागलुङ-सरकारले गण्डकी प्रदेशको पहिलो काेभिड अस्पताल बागलुङमा काेराेना संक्रमित बिरामीकाे उपचार सहज बनाउन धाैलागिरि अस्पताल बागलुङमा अक्सिजन प्लान्ट बनाउनकाे लागि  घाेषणा गरेकाे बजेट नपठाएपछि काम अलपत्र परेको छ ।सरकारले बजेट दिने घाेषणा गरेपछि अस्पतालले बिज्ञापन प्रकाशित गरि ठेकेदार कम्पनी समेत छनाैट गरिसक्दा समेत बजेटकाे अत्तोपत्तो छैन ।सरकारले धाैलागिरि अस्पताल बागलुङमा सुविधा सम्पन्न अक्सिजन प्लान्ट निर्माण गर्नकाे लागिठेकेदार कम्पनी संग सम्झौता गरेर प्रक्रिया अगाडि बढाएपनि बजेट विनियोजन नहुदा काम अगाडि बढ्न सकेको छैन । काेराेना भाइरस काेभिडकाे नयाँ भेरियन्ट समुदाय स्तरमा फैलिएर काेभिडका… पुरा पढौ