बाढीका कारण हरिचौर ठुलाथर जोखिममा अविरल वर्षाका कारण गलकोट नगरपालिका वडा नम्वर ६ ठुलाथर उच्च जोखिममा परेको छ ।
दरमखोलामा आएको वाढिले जमिन कटान गर्दा गलकोट नगरपालिका वडा नम्वर ६ को ठुलाथर जोखिममा परेको हो । खोलामा आएको वाढीले जमिन कटान गर्दा गलकोट नगरपालिका वडा नम्वर ६ का करिव ३२ घर जोखिममा रहेको योगेश भण्डारीले जानकारी दिनुभयो ।
गलकोट नगरपालिका वडा नम्वर ६ को शिलाखोला र दरमखोलाको संगम स्थान नजिक रहेको ठुलाथरमा बाढीले जमिन कटान गरेपछि उच्च जोखीममा परेको हो । त्यस्तै वाढीका कारण करिव ७५ रोपनि खेतियोग्य जमिन समेत जोखिममा परेको भण्डारीले वताउनुभयो ।
अहिले प्रहरीसंग मुचुल्का उठाई क्षतिको विवरण अनसार खोला क्षेत्रमा तटवन्धनका लागि माग गर्ने वडा कार्यालयले निर्णय गरेको गलकोट नगरपालिका वडा नम्वर ६ का वडा सदस्य भिम विकले जानकारी दिनुभयो ।