बागलुङ नगरपालिकाको निति तथा कार्यक्रम सार्वजनिक

-


     राजेशचन्द्र राजभण्डारी    
     असार ९ गते २०७८


बागलुङ –बागलुङ नगरपालिकाले  कोरोना महामारी नियन्त्रण र बहुबर्षे कार्यक्रमलाई प्राथमिकतामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

बागलुङ सदरमुकाममा आयाेजित  नवौं नगरसभामा नगरप्रमुख जनकराज पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि आवश्यक बजेटको व्यवस्था गरिने उल्लेख छ ।

आधारभूत स्वास्थ्यको जिम्मेबारी लागु गर्ने, स्वास्थ्यकर्मीको लागि आवश्यक व्यवस्था गर्ने, कालोढुसीको नियन्त्रण तथा रोकथामका लागि आवश्यक तयारी थाल्ने नगरप्रमुख पौडेलले बताए ।

‘गरिबसँग मेयर ऋषिराम’ कार्यक्रम सञ्चालनमा ल्याएर कोरोना महामारीका कारण आयआर्जन गुमाएकालाई सहुलियत ऋण उपलव्ध गराउने नीति अगाडि सारेको छ । जोखिमपूर्ण काम गर्ने मजदुरको लागि जोखिम भत्ता, टेलिमेडिसिन सेवा र बलेवामा १५ शैयाको नगर अस्पताल बनाउने कार्यक्रम सार्वजनिक भएको छ ।

नगरस्तरका ९ सडक र वडा स्तरीय सडकलाई स्तारेन्नती गरि पक्कि सडकहरु मर्मत गर्ने कार्यक्रमले यो बर्ष पनि निरन्तरता पाएको छ । बागलुङ बजारका चोक सुधार, सडक मापदण्ड कायम गर्ने, व्यवस्थित पार्किङको व्यवस्था गर्ने, चिप्लेटी बस पार्कलाई जीप पार्कमा परिणत गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

कला सहित्य, सूचना प्रबिधि, युवा खेलकुद र छाडा कुकुर नियन्त्रण सम्मका कार्यक्रम नीति तथा कार्यक्रमको प्राथमिकतामा परेका छन् ।

खरको छानो विस्थापन र घरबिहिनलाई घर निर्माण गर्ने कार्यक्रमले यसबर्ष पनि निरन्तरता पाएको छ । स्थानीय पाठ्यक्रम निर्माण, भाषा संस्कृतिको संरक्षण र प्रबर्धन, पर्यटन प्रबद्र्धनका कार्यक्रमले  छ । भगत सर्वजीत सिप रोजगार प्रबद्र्धन कार्यक्रम आउँदो आर्थिक बर्षमा प्राथमिकताका साथ अघि बढाइने नीतिमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?