बागलुङ–काेराेना भाइरस काेभिड १९ काे जाेखिम माेल्दै आम उपभोक्ताकाे घर घरमा ग्यास ढुवानी गर्दै आएको एल ,पी ,ग्यास विक्रेता संघ बागलुङले काेराेना खाेपकाे माग गर्दै प्रमुख जिल्ला अधिकारी लाई ज्ञापनपत्र बुझाएको छ ।
बागलुङका प्रमुख अधिकारी शिव कुमार कार्की लाई एलपी ग्यास बिक्रेता संघका अध्यक्ष हरि प्रसाद आचार्यले तत्काल काेराेना भाइरस बिरूद्वकाे खाेप उपलब्ध गराउने ब्यबस्था गरि दिन माग गरेका छन् ।
काेराेना जाेखिम माेलेर काेराेना संक्रमित बिरामीको घरमा समेत एलपी ग्यास ढुवानी गर्दा आफुहरू प्रत्यक्ष रूपमा जाेखिममा परेको भन्दै काेराेना बिरूद्व खाेप लगाइ सुरक्षित रूपमा काम गर्ने वातावरण मिलाइ दिन माग गरेकाे संघले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी कार्कीले बागलुङ जिल्लामा काेराेना भाइस बिरूद्वकाे खाेप लगाउनु पर्ने प्राथमिकतामा ग्यास बिक्रेता पनि पर्ने हुदा आफ्नाे तर्फबाट सक्ने पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।
एलपी ग्यास बिक्रेता संघले प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापनपत्र बुझाइ बागलुङ नगरपालिका राष्ट्रिय उपभोक्ता मन्च ,बागलुङ उद्योग बाणिज्य संघ लाई बाेधार्थ दिएका छन् ।
राष्ट्रिय उपभोक्ता मन्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठले आम उपभोक्ताकाे घर घरमा चुल्हो सम्म एलपी ग्यास वितरण गर्दै आएको बिक्रेतालाइ काेराेना खाेप लगाएर सुरक्षित गर्न माग गरेका छन् । बागलुङ जिल्लामा एलपी ग्यास बिक्रीवितरण गर्ने २५ जना डिलर छन् भने ५० जना भन्दा बढी सह डिलर रहेका छन् ।