धौलागिरि अस्पताल बागलुङमा ,बिना बजेट अक्सिजन प्लान्ट निर्माणकार्यकाको ठेक्का सम्झौता

-


     राजेशचन्द्र राजभण्डारी     
     असार ८ गते २०७८



बागलुङ-सरकारले गण्डकी प्रदेशको पहिलो काेभिड अस्पताल बागलुङमा काेराेना संक्रमित बिरामीकाे 
उपचार सहज बनाउन धाैलागिरि अस्पताल बागलुङमा अक्सिजन प्लान्ट बनाउनकाे लागि  घाेषणा गरेकाे बजेट नपठाएपछि काम अलपत्र परेको छ ।सरकारले बजेट दिने घाेषणा गरेपछि अस्पतालले बिज्ञापन प्रकाशित गरि ठेकेदार कम्पनी समेत छनाैट गरिसक्दा समेत बजेटकाे अत्तोपत्तो छैन ।
सरकारले धाैलागिरि अस्पताल बागलुङमा सुविधा सम्पन्न अक्सिजन प्लान्ट निर्माण गर्नकाे लागि
ठेकेदार कम्पनी संग सम्झौता गरेर प्रक्रिया अगाडि 
बढाएपनि बजेट विनियोजन नहुदा काम अगाडि बढ्न सकेको छैन ।

काेराेना भाइरस काेभिडकाे नयाँ भेरियन्ट समुदाय स्तरमा फैलिएर काेभिडका बिरामी बढेसंगै अक्सिजनकाे माग अत्यधिक बढेपछि त्यसको आपूर्ति सहजरूपमा पुर्‍याउने उदेश्यले  सरकारले २ करोड ५० लाख बजेट दिने घाेषणा गरेपनि अहिलेसम्म बजेट नआएपछि काम अगाडि बढ्न नसकेको अस्पताल ब्यबस्थापन समितिका सदस्य  शालिकराम शर्माले बताए । 

गण्डकी प्रदेशकाे पहिलो काेभिड अस्पताल धाैलागिरि अस्पताल बागलुङमा भर्ना हुने  काेराेना संक्रमित बिरामी लाइ चाहिने अक्सिजन अस्पतालमा अपुग भएपछि पाेखरा देखि सिलिन्डरमा भरेर ल्याउनुपर्दा बाध्यताकाे अन्त्य गर्न 
सरकारले  अस्पताल भित्रै अक्सिजन प्लान्ट बनाउने निति बनाएपनि भनेको समयमा बजेट नआउदा समस्या भएको अस्पतालले जनाएको छ ।

उपचारको लागि आउने बिरामीको लागि आवश्यक पर्ने अक्सिजन अस्पताल कै प्लान्ट बाट बिरामीको बेड सम्म पुर्‍याइएकाे भएपनि काेराेना संक्रमित बिरामी लाई अक्सिजन बढी मात्रामा चाहिने अवस्था सृजना भएको अस्पतालका टेक्निसियन  झलक शर्माले बताए ।

अक्सिजन प्लान्ट निर्माण गर्नकाे लागि आराेज्ञ मेडिटेट प्रालि काठमाडौले २ करोड ३८ लाख रूपैयाँमा ठेक्का सम्झौता गरि काम अगाडि बढाउने 
भनिएपनि अस्पतालमा सरकारले भनेको बजेट नआउदा काम अगाडि बढ्न सकेको छैन ।

सरकारले काेराेना संक्रमित बिरामीको अस्पतालमा उपचार गर्न अक्सिजनकाे समस्या नहाेस भनी जिल्लामै प्लान्ट बनाउन केन्द्र बाट बजेट घाेषणा गरेपनि त्यो कार्यनयन नहुदा अक्सिजन प्लान्ट अलपत्र पर्ने हाे कि भन्ने आशंका छाएको छ । 
जिल्लामा काेराेना संक्रमित बिरामी नघटेकाे कारण 
अक्सिजनकाे माग धेरै नै रहेको छ ।
अहिले पनि दैनिक रूपमा अक्सिजन सिलिन्डर भर्न पाेखरा जानुपर्ने बाध्यता कायमै रहेको छ ।अस्पतालमा दैनिक रूपमा १०० वटा भन्दा बढी अक्सिजन सिलिन्डर खपत हुने गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?