
प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२१ भित्र सबैलाई नागरिकलाई खोप लगाइने बताउनुभएको छ ।
नेपाल बाल संगठनको केन्द्रीय सभाको अधिवेशनलाई भर्चुअल माध्यममार्फत सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले खोपको अभाव क्रमशः सुल्झँदै गएकोले सन् २०२१ भित्र सबै नागरिलाई खोप लगाइने बताउनुभयो । यस अगाडि प्रधानमन्त्रीले आफूले घोषणा गरेको मंसिरको निर्वाचन अगाडि नै सबैलाई खोप लगाइसक्ने बताउनुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले बालबालिका नै देशको भविष्य भए पनि विगतमा राजनीतिक र सामाजिक व्यवस्थाका कारण सबै बालबालिकाले उपयुक्त लालनपालन, शिक्षा र खेलकुद जस्ता पाउनै पर्ने हक समेत नपाएको बताउनुभयो।
यसतर्फ विगतका प्रायः सबै सरकारको ध्यान नगएको र कहिले काहीँ बालमन्दिर जस्ता संस्था निजी स्वार्थका माध्यम हुन पुगेको समेत प्रधानमन्त्री ओलीले बताउनुभयो।